Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अटेरी राजदूतहरुलाई फिर्ता बोलाउने तयारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Monday, 20 June 2011 20:51

काठमाडौं- भारतकालागि नेपाली राजदूत रुक्म शमशेर राणलाई फिर्ता गर्ने निर्णयसँगै अमेरिकाकालागि नेपाली राजदूत डा. शंकर शर्मालाईपनि फिर्ता बोलाइने सम्भावना बढेको छ ।

हाल बेलायतमा राजदूतको जिम्मेवारी सम्हालिरहेका डा. सुरेश चालिसेपनि सरकारले फिर्ता बोलाउने राजदूतहरुको सूचिमा परेका छन् । डा. चालिसे अमेरिकाकालागि राजदूत छँदापनि फिर्ता बोलाइएका थिए । परराष्ट्रमन्त्री उपेन्द्र यादवले सरकारको निर्देशन नमान्ने अरु राजदूतहरुलाई पनि फिर्ता बोलाइने बताएका छन् ।

सरकारले आइतबारमात्र भारतकालागि नेपाली राजदूत रुक्म शमशेर राणालाई फिर्ता हुन पत्र पठाइसकेको छ । राणा, डा. शर्मा र डा. चालिसे माधब नेपाल प्रधानमन्त्री छँदा नेपाली कांग्रेसको कोटामा राजदूत बनेका हुन् । नयाँ परराष्ट्र मन्त्री उपेन्द्र यादव उनीहरुलाई तत्काल हटाउने पक्षमा देखिएका छन् । प्रधानमन्त्री झलनाथ खनालको भारत भ्रमणको माहौल बनाउन नसकेको आरोप लगाउँदै उनलाई फिर्ता हुन पत्र पठाइएको हो ।

'सरकारको निर्देशनअनुसार चल्ने चल्ने राजदुतलाई फिर्ता बोलाउने सरकारको कुनै योजना छैन, तर पहिलेको सरकारले नियुक्त गरेका बेलायत र अमेरिकाका राजदूतहरुले सरकारको निर्देशनको बेवास्ता गरिरहे उनीहरुलाई पनि फिर्ता बोलाउन सरकार बाध्य हुनेछ' सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री यादवले भने- 'समयावधि पुगिसकेका राजदूहरुको हकमा भने नियमित प्रक्रिया अन्र्तगत नै फिर्ता गरिनेछ ।'

चार बर्षे समयावधि पुग्न लागेका विभिन्न १२ देशका राजदूतहरुलाई फिर्ताका लागि तैयार हुन परराष्ट्र मन्त्रालयले यही जेठ ३१ गते पत्र पठाइसकेको छ । यस्तो पत्र पाउनेहरुमा गुण्ँलक्ष्मी शर्मा विश्वकर्मा (बर्मा), कमल कोइराला (कोरिया), डा. सूर्यनाथ मिश्र (कतार), टङक कार्की (चीन), प्रदीप खतिवडा (बंगलादेश), गणेश योन्जन (जापान), अर्जुन थापा (कतार), बैजनाथ थपलिया (इजरायल), सूर्यकिरण् गुरुङ (रुस), नवीनप्रकाश जंग शाह (थाइलैण्ड), दिनेश भट्टराई (जेनेभा) र प्रमेश हमाल (बेल्जियम) छन् ।

महा वाणिज्यदूतहरु ङइन्द्रप्रसाद उपाध्याय (ल्हासा) र सुरेशमान श्रेष्ठ कोलकातालाई पनि फिर्तिको पत्र पठाइसकिएको छ ।

मन्त्री यादवले सरकारको निर्देशन नमान्ने राजदूतलाई फिर्ता गर्ने कार्यको सुरुवात भारतकालागि नेपाली राजदूत रुक्म समसेर राणालाई फिर्ता बोलाएर गरिएको बताए । 'राणाले सरकारको निर्देशनको अवज्ञा गरेका छन्, उनी सरकारको होइन आफूलाई नियुक्त गर्ने नेपाली कांग्रेसको चल्ने गरेका छन्' उनले भने- 'भारतीय विदेशमन्त्री एसएम कृष्णाको नेपाल भ्रमणको क्रममा समेत नेपाल नआएर नेपाल र भारतको सम्बन्ध बिगार्ने खोज्ने काम उनीबाट भयो, त्यसैले उनलाई फिर्ता बोलाउने निर्णय गर्नु परेको हो ।'

रावदूत राणाले भारतमा बसेर सरकार विरोधी गतिविधि गरेको प्रधानमन्त्री झलनाथ खनालको भारत भ्रमणको चाँजोपाँजो नमिलाएको, अहिलेको गठबन्धन सरकारको विरुद्धमा लविङग गरेको आरोप लगाउँदै मन्त्री यादवले भारतकालागि आगामी राजदूत तय गर्दा सहमतिमा गरिने जानकारी दिए । 'तर ब्यूरोक्रेसी वा राजनीतिक कस्तो नियुक्ति गर्ने भन्ने विषय टुङगो लागिसकेको छैन' उनले भने- 'भारत नजिकको मित्र राष्ट्र भएको कारण राजदुत पठाउन ढिलाई गरिने छैन ।' नेपाल-भारत सम्बन्ध एकदमै सुमधुर भएकालेसम्बन्धलाई अझै उचाईमा पुर्याउने गरी सरकारले राजदुत नियुक्त गर्ने दावी गरे ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?