Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

साइप्रसमा नेपाली नयाँ वर्ष २०६८ भव्य रुपमा मनाइयो PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Sanjeeb Poudel   
Thursday, 28 April 2011 12:22

साइप्रस- नेपाली स्टुडेण्ट एसोसियसन यूरोपियन युनिभसिर्टी साइप्रस तथा साईप्रस कलेजको आयोजनामा मिगुत्सो क्वीक स्पोट रेष्टुरेण्टमा १७ अप्रिलका दिन नेपाली नयाँ वर्ष २०६८ भव्य रुपमा मनाइएको छ ।


Nepalese celebrated Nepali New Year 2068 in Cyprus. Photo courtesy: Sanjeeb


उल्लेख्य रुपमा विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल स्टुडेण्ट एसोसियशन युरोपियन युनिभसिर्टीका सभापति संजिव पौडेलको सभापतित्व, सचिव बलमाया गुरुङको स्वागत मन्तव्य र  नरायण घिमीरेको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रम नेपाली राष्ट्रिय गान गाएर उद्घघाटन गरिएको थियो।

सो कार्यक्रममा संस्थाका कोषाध्यक्ष नारायण घिमिरेले कोषको बारेमा जानकारी राख्नु भएको थियो भने यस्तै यशोसियसनका पुर्व अध्यक्ष महेश लामा, गणेश उप्रेती, रामहरि गिरी तथा NFSCY का अध्यक्ष राजी थापाले कार्यक्रमको शोभा बढाउनु भएको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा सभापति संजीव पौडेलले उत्साह देखाइ कार्यक्रममा पाल्नु हुने सम्पूर्ण विद्यार्थी तथा अतिथि महानुभावहरुलाई नयाँवर्ष २०६८ को शुभकामना व्यक्त गर्दे संस्थाले गरेका कार्यहरुकोबारेमा जानकारी गराउनु भएको थियो । उहाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै पदाधिकारी सहित प्रमोद श्रेष्ठलाई धन्यवाद दिदै औपचारिक कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो ।

औपचारिक कार्यक्रमपछि रात्री भोजको आयोजना गरिएको थियो भने संस्थाका उपाध्यक्ष खड्ग राईले गिटार बजाई गीत गाएर कार्यक्रमलाई संगीतमय बनाउनु भएको थियो । कार्यक्रममा संगीत, चिठ्ठा, नाच पनि रहेको थियो ।

संजिव पौडेल
(सभापति)
नेपाली स्टुडेण्ट एसोसियसन
यूरोपियन युनिभसिर्टी साइप्रस/तथा साईप्रस कलेज

Sanjeeb Poudel
(President)
Nepal student Association
European University/Cyprus

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?