Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बेल्जियमको ब्रुजमा उभौली पर्व भब्यताकासाथ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kejin Rai   
Saturday, 04 June 2011 17:07

Special: 4 photos: ब्रुज, बेल्जियम- किरात साकेला पर्बको अबसरमा जोस, जागर र हर्षोल्लासकासाथ किरात नर्तक-नर्तकीहरू युरोपको राजधानी बेल्जियममा गीत गाउदै उभौली पर्वमा भरपुर मनोरन्जन लिई रहेका थिए:



Sakela celebration in Belgium. Photos: Kejin

'धान हुन्छ धेरै धन्सारमा
हलो जोत्नु पर्छ असारमा …
ढोल झ्याम्टा गज्जा पूजा है
ट्याम्के र साल्पा बुझ है…
अरुणै तमोर तरेर
केलानु छ र मरेर …
सै.. सै.. ला हौ, सै सै..ला, ऐ सिम्मा… ऐ नाना …'


यो रमाईलो क्षण हिजो संयुक्त किरात समाज वेल्जियमको आयोजनामा किरातहरुको महान पर्व उभौलीमा वेल्जियमको व्रुजस्थित सामुदायिक सभा हलमा देखिएको हो।

समाजको वार्षिक कार्यक्रमअनुसार आयोजित उक्त कार्यक्रमको प्रमुख उद्देस्य किरात समुदायले आफनो पुर्खा र भुमि पुजाको सम्मान गर्दै मनाउने परंपरा रहि आएको छ ।

नेपालको विभिन्न भागमा तथा प्रवासका विभिन्न देशमा समेत वुद्द पुर्णिमा देखी प्रारंम्भ गरि १५ दिन संम्म मनाइने प्रचलन चल्दै आएकोमा संयुक्त किरात समाज वेल्जियमले पनि मनाउन थालेको हुन  र यसै पर्वलाइ किरातिहरुले उभौली  भन्ने गरेका छन्।

कार्यक्रमको प्रारम्भमा समाजका सदस्य माकुना सुव्वा राइले लिम्वु भाषामा कार्यक्र संन्चालन गर्दै लिम्वु समुदायले गर्ने स्वागत गर्नुभए पश्चात कार्यक्रमको उद्घोषणको जिम्मा समाजका सचिव मुना राईलाई  दिनुभएको थियो ।


Sakela celebration in Belgium. Photos: Kejin

उभौली कार्यक्रमको आतिथ्य स्विकार गरि पाल्नुभएका तमु समाज वेल्जियमका अर्जुन गुरुङ्ग, एनआरएन वेल्जियका दुर्गा सुवेदी, एभेरेस्ट सोसाइटि व्रुजका कुलवहादुर केसी, तामाङ्ग समाजका सोनाम तामाङ्ग, शेर्पा समाजका जिन्ग्मे शेर्पा र एफएमडिओ सस्था वेष्ट फान्डरेनका  निर्देशक बेल्जियम नागरिक आइभी गौदस्मिथ, डिभोर्सिटेट सस्थाका  निर्देशक आन्य टिमरमानको उपस्थिति रहेको थियो ।

कार्यक्रमा उपस्थित सवैलाइ समाजकोतर्फवाट समाजका सल्लाहकार केजिन राईले स्वागत गर्नुभएको थियो भने समाजका अर्का सल्लाहकार मणिकुमार राईले किरात पर्व के हो र किन मनाइन्छ ? भन्ने वारेमा प्रकाश पार्नु भएको थियो ।



कार्यक्रममा किरात समुदायका अग्रज डम्वरकुमार राईले समाजमा नवदाम्पत्य जिवन प्रारंम्भ गर्नुहुने समाजका सदस्यहरु निरज राई- योगमाया राइ तथा भिम थेवे र कमल कुमारी लिम्वुलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

यसैगरि, समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति डिल्ली सुव्वाले समाजको उद्देस्य, प्रगति, भाइचारा संम्वन्धकोवारेमा प्रकाश पार्दै कार्यक्रमको पहिलो चरणको अन्त्य गर्नुभएको थियो ।

पहिलो चरणको कार्यक्रम पश्चात समाजका कलाकारहरुले किराति समुदायको संकृति तथा भेषभुषाको प्रस्तुति गरेका थिए साथै किराति समुदायका मुख्य गरि धान नाच, साकेला, पालाम, च्याब्रुङलगाएयतका नेपाली, पाश्चात्य, पप अत्यन्तै रोचक नृत्य प्रस्तुत गरेका थिए ।


Sakela celebration in Belgium. Photos: Kejin

उक्त कार्यक्रममा स्थानिय वालकलाकारहरुको नृत्य पनि अत्यन्तै रोचकताका साथ उपस्थित दर्शकहरुले भरपुर मनोरंजन लिइरहेका थिए । च्याब्रुङ नाच, साकेला नाचमा उत्कृष्ट न्रित्य प्रदर्शन गर्नेहरूमा खगेन लिम्बु, शोभा लिम्बु, सुरेश किरात, लक्ष्मी राई, डम्बर सुब्बा, सुनिता सुब्बा, भिम राई, श्रद्दा राई, देब किरात, मेनुका राई, राजेश किरात, राम राई, लोकेन लिम्बु, अशोक सुब्बा, मणि राई, पूर्ण किरात, मेनुका राई, देब किरात, लोकेन लिम्बु, मणि राई, लक्ष्मी राई, सुनिता सुब्बा, सुरेश किरात,  राम राई, डम्बर सुब्बा, पुपुसा सुब्बा, उमेश राई, दुर्गाप्रसाद राई, इन्द्रमाया लिम्बु, देवमान सुब्बा र इन्दिरा लिम्बु, योगेस राई, सुम्निमा, मेलिना, मयुमा राई हुनुहुन्थ्ह्यो। एभरेस्ट समाज ब्रुजकोतर्फबाट रिया राई, महिमा थापा, प्रमिषा गुरुङ र सुस्मिता अधिकारी थिए ।

छोटो समयको अन्तरालमा आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुको दर्शक दिर्घाबाट ब्यापक प्रशसाकासाथै फेरि पनि भन्दै हुटिङसमेत गरेका थिए।

समाज स्थापना भएको छोटो समयको अन्तरालमा नै भब्य प्रस्तुती पस्कन सकेकोमा समाजका पदाधिकारीहरु धन्यवादका पात्र थिए। औपचारिक  कार्यक्रम चार बजे आरम्भ भएपनि बिहानको खाजा सेलरोटी र आलुदम र साझ बिश्राम गर्दै नेपाली परिकारसहितको रात्रीभोजसमेत समाजले दिएकोमा कार्यक्रम उत्क्ष्ठ रहेको उपस्थित पाहुनाहरुले प्रशसा गर्दै गरेकोसमेत सुनिन्थ्यो।

-Kejin Rai in Belgium

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?