Inside

All Time Top 50 News

समाजवादी नेता अशोक राईलाई युरोपमा नागरिक अभिनन्दन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kejin Rai and Manikumar Rai   
Friday, 08 March 2013 12:04

"पहिचान बिनाको मान्छे भनेको मातृत्व-पितृत्वबिहीन ठेगान नभएको टुहुरालाई बुझिन्छ, २१ औं शताब्दीमा पनि टुहुरो बनेर बस्न सकिन्न"- समाजवादी नेता अशोक राई
Special; 2 photos;
ब्रसेल्स, बेल्जियम- आफ्नो नयाँ पार्टी बिस्तारकालागि युरोप भ्रमणमा निस्केका "संघीय समाजबादी पार्टी नेपाल" का अध्यक्ष अशोककुमार राईले अब आफ्नो भाग्य निर्माण गर्न अरूको भर पर्ने दिन गएको र आफ्नो भाग्य आफैले निर्माण गर्ने दिन आएको कुरा बताउनु भएएकाछन्।

Socialist leader Ashok K Rai visiting in Europe. Photos: Kejin Rai

उक्त कुरा गत ५ मार्च तारिख बेल्जियमको लुभेन शहरमा संयुक्त किरात समाज बेल्जियमद्वारा वर्तमान नेपाली राजनीतिका चर्चित राजनीतिक हस्ति अशोक कुमार राईको नागरिक अभिनन्दन कार्यक्रमको सन्दर्भमा उनले उक्त कुरा बताएका हुन्।

"पहिचान बिनाको मान्छे भनेको मातृत्व-पितृत्वबिहीन ठेगान नभएको टुहुरालाई बुझिन्छ, २१ औं शताब्दीमा पनि टुहुरो बनेर बस्न सकिन्न" अध्यक्ष राईको कथन थियो। आफ्नो पार्टीलाई मार्क्सबादीको आरोपलागि रहेको सन्दर्भमा अब आफू कम्युनिष्ट नरहेको बताउदै पूँजिबाद, समाजबाद, मार्क्सबाद सबैबाट चाहिने कुरा, असल बिचारहरू केलाएर लिनु पर्ने बताउदै आफ्नै माटोमा बनेको सिद्धान्त सङ्घीय समाजबादीमा रहेको जिकिर गर्दै अध्यक्ष राईले अगाडि बताए- "बिरालो सेतो होस् वा कालो, मुसा मार्ने महान लक्ष्य प्राप्ति गरे भई हाल्यो।"

कार्यक्रममा नेता राईले करीब एक घण्टा आफ्नो धारणाहरु राख्ने क्रममा नेपालका ठूला राजनैतिक दलहरुले जनता र राष्ट्रलाई सहि निकास दिन नसकेको हुंदा नयाँ पार्टीको जन्म भएको हो भने। हामीले कुनै लहडमा वा क्षणिक फाइदा हेरेर पार्टी खोलेका होइनौं, धेरै अध्ययन, पूरै छलफल गरि सुझाबहरु लिएर वर्तमान बस्तुस्थितिहरुलाई मध्यनजर गरेर पार्टी खोलेका हौं।

Socialist leader Ashok K Rai visiting in Europe. Photos: Kejin Rai

उनले भने "पार्टीले लिएका नीति सिद्दान्त ठीक छैन भन्ने कोही छ भने उनीहरुसंग जुनसुकैबेला खुल्ला छलफल र बहस गरि हामी सहि छौं भन्ने कुरा सिद्द गर्न तयार छौं। यदि कसैले हामी गलत छौं भनि सिद्द गर्न सक्दछ भने हामी अबिलम्ब सच्चिन तयार पनि छौं ।"

अध्यक्ष राईले पार्टी खोल्नुपर्ने औचित्यमाथि प्रकाश पार्दै "हाम्रा देशका ठूला पार्टीहरुले पहिचान सहितको संघीयताको मुद्दालाई अगाडि बढाउन नसकेको हुंदा देशमा भएका सबै खाले शोषण अन्याय, अत्याचार र उत्पीडन, विभेदहरु समाप्त गरि नया समृद्द नेपाल बनाउन बर्गीय मुक्तिकोलागि समाजबाद, जातीय मुक्तिकोलागि संघीयता र पहिचान सहितको संघीयता, संघीयता सहितको संबिधान बनाउन हाम्रो पार्टी अगाडि आएकोछ भन्दै संघीय समाजबादी पार्टीमा आवद्ध हुन तमाम तप्कालाई आब्हान गरे।

किरात समाज बेल्जियमका कार्यबाहक अध्यक्ष पूर्ण कांगबांग लिम्बूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम समाजकै महासचिब मुना राईले संचालन र समाजका सल्लाहकार बदन योङ्गहाङ्ग लिम्बुले स्वागत मन्तब्य दिएका थिए।

कार्यक्रममा किरात सदस्यहरुकासाथ अन्य सहकर्मी नेपाली सामाजिक संघसंगठनहरु आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा, बिश्व मगर संघ बेल्जियमका अध्यक्ष मार्के मगर, शेर्पा समाज बेल्जियमका अध्यक्ष सोनाम शेर्पा र नेपालबाट आएका कलाकार ज्योति मगरलगायतको सहभागिता रहेको थियो।

उक्त एतिहासिक कार्यक्रममा आआफ्नो परिचय दिने क्रममा धेरै सहभागीहरुले सम्मानित नेता अशोक कुमार राईका अनुभबि खारिएका राजनैतिक नीति बिचारको प्रसंशा गर्दै उहाको पार्टीमा समाबेश भएर हुन्छ वा बाहिर रहेर हुन्छ आआफ्नो प्रकारको सहयोग पुर्याउने बचन दिएका थिए भने अन्य पार्टीमा रहेका व्यक्तिहरुलेसमेत पहिचान र संघीयतासहित जनजीविकाको सवालमा संयुक्तरुपमा अगाडि बढ्न सकिने विचार ब्यक्त गर्दै अध्यक्ष राईका सारगर्भित, शानदार, शालिन सभ्य बक्तब्यको सबैले सराहना गरे।

त्यसैगरी, समाजका बिषयमा जानकारी गराउदै मणि कु राईले संयुक्त किरात समाज कुनै राजनैतिक पार्टीसंग आवद्द नभै बिशुद्ध सामाजिक संगठन भएको हुंदा राष्ट्रसेवक नेता राईलाई राजनैतिक पार्टी बिशेषको नाताले नभै चारदशक अगाडिबाट राजनैतिक पार्टीमा रहेरपनि इमान्दारपूर्बक निरन्तर नेपाली जनता र राष्ट्रको सेवामा निस्वार्थ समर्पित संघर्षरत कर्मठ, अनुभबि किरात राष्ट्रसेवक नेपाली राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न सफल नेपाल राष्ट्रकै बौद्धिध किरात व्यक्तित्व भएकोमा नागरिक अभिनन्दन गरेको बताए।

नागरिक अभिनन्दन कार्यक्रममा नेता राईलाई संस्थाका काबा अध्यक्ष पूर्ण कांगबाँग लिम्बुले फूलको गुच्छा र खादा ओढाई कार्यसमितिका पदाधिकारीहरु कांगबाँग लिम्बू, मुना राई, बिमल सुब्बा, बदन योङ्गहांग लिम्बू, पपुषा लिम्बू, माकुना लिम्बू, कर्ण सुब्बा, राजेश लिम्बू, मणि राई एवैछा, अमित चेम्जोङ्ग र केजिन राईबाट संस्थाकोतर्फबाट अभिनन्दन पत्र प्रदान गरिएको थियो। कार्यक्रम बिसर्जनपछि रात्रि भोजको आयोजना गरिएको थियो।

-Kejin Rai and Manikumar Rai in Belgium

www.euronepalonline.com
"The News ,views and Literature basis none bias E - magazine"

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.