Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पोर्चुगलमा हरितालिका तीज कार्यक्रम २८ अगस्तमा भब्यतापुर्बक मनाइने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nirdosh KC   
Friday, 26 August 2011 13:52

लिस्वन- गैर आवाशीय नेपाली संघ पोर्चुगलको आयोजनामा महिलाहरुको महान पर्ब हरितालिका तीज २०६८ कार्यक्रम २८ अगस्त आइतवारका दिन दिनको १ बजे देखि मार्केस पोम्बाल स्थित होटल फेनिक्समा दर खाने, तीज गीत र नाचगान सहित भब्यतापुर्बक मनाइने भएको छ ।

Teej festival being celebrated in Lisbon, Portugal. Photos courtesy: Nirdosh

नेपाली सस्कार, रितीरिवाज र परम्परालाई उजागर गर्ने उद्देश्यले विगतमा पनि विभिन्न चाड पर्व, कला तथा संस्कृती झल्काउने कार्यक्रम गरे जस्तै यस पटक पनि महिलाहरुको पर्व तिज मनाउने निर्णय संघले गरेको हो ।

नेपाली क्यालेण्डर अनुसार तीज अगष्ट ३१ बुधवारका दिन परे पनि धेरै नेपालीको विदा र अनुकुलता हेरेर २८ अगस्त आइतवारका दिन तीज विशेष कार्यक्रम गरिने भएको हो । कार्यक्रमलाई सफल बनाउनकालागि संघले यस अघि नै एक समिति गठन गरिसकेको छ । सो समितिको संयोजकमा सिता बराल एबम् सदस्यहरुमा बिमला सेडाई, लक्ष्मी रेग्मी, गीता तिमिल्सिना, रिता गौतम, सबित्रा बस्नेत, राधा गौतम ढकाल, भगबती बस्नेत, बिमला पौडेल, लक्ष्मी पुन मगर, इन्दिरा पुरी, इशा शर्मा, जगकुमारी गुरुङ, उमा गुरुङ, अनिता श्रेष्ठ, राजकुमारी घर्ति मगर, सन्तु राई, दीपा गौतम र रेखा पौडेल रहेका छन् ।



यस अघि सेप्टेम्बर ४ तारिखमा कार्यक्रम निश्चित भएकोमा हलको उपलब्धता र तीज पछाडी कार्यक्रम गर्दा कार्यक्रमको सान्दर्भिकता कम हुने सुझाब दिदिबहिनीहरुबाट आएकोले २८ तारिख सारिएको जानकारी अध्यक्ष रमेश गुरुङले दिनु भएको छ।

नेपाली महिलाहरुको यस पर्बलाइ भब्य एबम् आकर्षकरुपमा सफल पार्न पोर्चुगलबासी सम्पुर्ण महिला दिदिबहिनीहरुलाइ तीजको पहिरनमा तिज गीत समेत तयार गरी उपस्थित हुनु हुन संघले अनुरोध गरेको छ।

-Nirdosh KC in Lisbon

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?