Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

यूएईमा तीजको रमाइलो र सम्मान कार्यक्रम सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Umakanta Pandey “Gaule”   
Wednesday, 31 August 2011 16:33

यूएई, दुबई- संयुक्त अरब एमिरेट्स (यूएई) को दुबइमा बिबिध साँस्कृतिक कार्यक्रमकाबिच हरीतालिका तीज मनाइएको छ।

Teej celebration n Dubai. Photos courtesy: Umakanta Pandey “Gaule”

नेपाली महिला समिती यूएईको आयोजनामा नेपाली हिन्दू नारिहरुको महानपर्वलाई गत साल जस्तै यस् वर्ष पनि मनाइएको हो। दुबइ वल्ड ट्रेड सेन्टरको अल अविरस्थित बिशेष हलमा गत २६ अगस्ट शुक्रबारका दिन यहाँका स्थानिय कलाकारकासाथमा महिला दिदी-बहिनी भेला भई तीज मनाएका हुन्।

झलक्क हेर्दा नेपालका गाउंघर, शहर बजारमा हुने तीज कार्यक्रमको झल्को मेटाउने सो कार्यक्रममा दिदीबहिनीले तीजका भाका मात्र गाएनन्, रातो साडी, लरक्क तीलहरी-हातभरी रातै चुरा, ढप्पक्क गहना पहीरिएर कम्मर मर्काइ मर्काइ नाचे। खास गरी यूएईमा हुने प्राय: सास्कृतिक कार्यक्रममा प्रवेश शुल्क तीर्नु पर्ने ब्यबस्था हुन्थ्यो । यधपी यसपालीको तीज कार्यक्रममा महिला-पुरुष सबैलाई निशुल्क प्रवेश मात्र होइन पेटभरी दर खाने ब्यबस्थासमेत आयोजकले गरेको थियो। नेपाली खानाका बिभिन्न परीकारसगै सबै दर्शकले दिदी बहिनीहरुसगैं बसेर दरसमेत खाए।



यूएईमा कार्यरत नेपालका लोक गायक चुमान काउछा, जन-सास्कृतिक (रत्तिम) परिवारका कलाकार सुर्य केसी, चिरन केसी, बिष्णुप्रशाद आचार्य, साबित्री एमसी, तुलसा थापा, सिता ठकुरीलगायतले तीजका गीत गाएका थिए। उनीहरुले लामो समय यूएईमा कार्यरत हाल बहराइनमा रहेका लोक गायक एवम सर्जक अशिम महतका शब्दलाई आफ्नै लयमा गाएका थिए। गायक महतले बहराइनबाट कार्यक्रम सफलताको शुभकामना दिएका थिए।

तीजी भाका निर जाले हो, लरक्कै रातो साडीमा, यसपालीको तीज बबाल बरिलै, तथा आधुनिक तीज डिस्कोमा तीजलगायतका सागींतिक प्रस्तुतीमा न्रित्यकार ममता बिष्ट, शान्ती, लीला, शोभा, सीता लगायतका कलाकार धित फेरी नाचे भने 'श्रीमान नेपालमा आफुत बिदेशमा हामीलाई फ्री छ' भन्दै हाँस्यास्पद प्रस्तुतीसमेत देखाए।

कार्यक्रमको प्रस्तुती देखेर आयोजकलाई बिभिन्न संघसस्थाका प्रतिनिधि एवम दर्शक तथा समाजसेवीले आर्थिक सहयोगसमेत गरेका थिए।

कार्यक्रममा यूएईमा रही बिभिन्न पेशा ब्यवसायमा आबद्द भई नेपाली समुदायका बिभिन्न क्षेत्रमा योगदान दिने ब्यात्तित्वहरुलाई सम्मानसमेत गरियो। नेपाल बायुसेवा निगम यूएई शाखाका प्रबन्धक राजुलाल श्रेष्ठ, समाजसेवी मानबहादुर थापा, महिला समाजसेवी एवम ब्यबसायी माधुरी श्रेष्ठ, शिला गुरुङ तथा संचारकर्मी द्वय लालबहादुर ढेगां र उमाकान्त पाण्डे "गाउंले" लाई खादा एवम सम्मान पत्र द्वारा सम्मान गरिएको हो।

महिला समिती यूएईकी अध्यक्ष राधा ढकालको सभापतित्व, महासचिव साबित्री एमसीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा अतिथीहरु नेपाली समाज यूएईका अध्यक्ष कृष्ण ढकाल, एनआरएन यूएईका अध्यक्ष सिएम ढकाल, नेपाली समाचार पाक्षिकका प्रधान सम्पादक लालबहादुर ढेगां, नागरिक सेवा समाज यूएईका अध्यक्ष हिरालाल श्रेष्ठ, एनआरएन यूएईका उपाध्यक्ष एवम समाजसेवी चन्द्र रोकाह, यूएई नेपाली एकता समाजका अध्यक्ष मानबहादुर थापा, प्रवासी नेपाली संघ यूएईका अध्यक्ष यमलाल शर्मा पगेंनी, जन संपर्क समिती यूएईका प्रतिनिधि गोपाल कडेल तथा हल ब्यबस्थापक दयाराम खडकालगायत बिभिन्न संघसस्थाका प्रतिनिधि-पत्रकार तथा अत्यधिक दिदी-बहिनीको उपस्थिती रहेको थियो।

उपस्थित सम्पूर्ण अतिथीले हरितालिका तीजको अवसरमा शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन पत्रकार उमाकान्त पाण्डे "गाउंले" ले गरेका थिए।

मुस्लिमहरुको पवित्र महिना रमाजान र तीज पर्व एउटै समयमा परेकोले कार्यक्रमलाई ब्यबस्थापन गर्न आयोजकलाई अफ्ठ्यारो भएपनि बिभिन्न संघसस्था तथा सामाजिक ब्यत्तित्वहरुको सहयोगमा कार्यक्रम भब्यरुपमा मनाउन आयोजक सफल भयो। स्मरण होश, गत साल पनि महिला समिती यूएईले डेरा दुबईस्थित होटल कार्लटनमा भब्यरुपमा कार्यक्रम गरेको थियो।

-Umakanta Pandey “Gaule”

[G.Secretary]
Nepali News Centre U.A.E.
United Arab Emirates (UAE)

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?