Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अफगानिस्तानको राष्ट्र संघीय कार्यालयमा मारिएका नेपालीप्रति महासचिब मुनद्वारा समबेदना ब्यक्त, प्रधानमन्त्री खनालसंग वार्तालाप PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 02 April 2011 16:20

काठमाडौं- अफगानिस्तानमा भएको बम हमलामा चार जना नेपालीहरुकोपनि मृत्यु भएकोमा संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले गहिरो दुख प्रकट गरेका छन् ।

महासचिवमुनले मृतक नेपालीहरुप्रति समवेदनापनि प्रकट गरेका छन् । शनिवार अपरान्ह प्रधानमन्त्री झलनाथ खनाललाई टेलिफोन गरी उनले दुख र समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, मजार-ए-सरिफास्थित राष्ट्र संघीय कार्यालयमा भएको उक्त आक्रमणको निन्दा गर्दै महासचिव मुनले संयुक्त राष्ट्र संघको झण्डामुनि रहेर नेपालले विश्व शान्तिकालागि पुर्याएको योगदानको त्यस क्रममा उच्च प्रशंसासमेत गरेका थिए । उनले भनेका थिए- 'यो र यस्ता क्षतिका बावजुद नेपालले राष्ट्र संघीय शान्ति मिशनमा आफ्नो सहभागितालाई निरन्तरता दिनेछ भन्ने आशा हामीले लिएका छौं ।'

प्रधानमन्त्री खनालले शोक र समवेदना व्यक्त गरेकोमा महासचिव मुनलाई धन्यवाद ज्ञापन गरेका थिए । 'यस घटनाका बावजुद नेपालले राष्ट्र संघको आह्वानमा शान्ति स्थापनाको कार्यलाई निरन्तरता दिनेछ' खनालको भनाई थियो- 'घटनाको छानबिन गरी अपराधीहरुमाथि कडा कारबाही हुने विश्वास लिएको छु ।' सम्बादका क्रममा महासचिव मुनले नेपालको शान्ति र संविधान निर्माणको प्रक्रियामा भइरहेको प्रगतिकाबारे पनि जिज्ञासा राखेका थिए ।

'तपाईको नेतृत्वको सरकारकै कार्यकालमा यी काम पूरा होउन् मेरो हार्दिक शुभकामना स्वीकार गर्नुहोस्' महासचिव मुनले भनेका थिए । मुनले आफू चाँडै नेपाल भ्रमणमा आउने इच्छासमेत गरेका थिए । नेपालको शान्ति प्रक्रियालाई सफल बनाउन राष्ट्र संघ हरप्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको बचनबद्धतापनि महासचिव मुनले दिएका थिए । प्रधानमन्त्री खनालले मुलुकमा शान्ति र संविधान निर्माणमा सकारात्मक प्रगति हासिल भइरहेको जानकारी दिएका थिए ।

अफगानिस्तानस्थित राष्ट्र संघीय कार्यालयमा भएको आक्रमणलाई बर्बर र हिँसात्मक भन्दै प्रधानमन्त्री खनालले त्यसको निन्दा र भर्त्सना गरेका छन् । सो घटनामा त्यहाँ कार्यरत पाँच नेपालीहरुले ज्यान गुमाएकोमा मृतकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रधानमन्त्री खनालले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकटपनि गरेका छन् । प्रधानमन्त्रीले मृतकका परिवारहरुलाई संयुक्त राष्ट्र संघले उचित राहत प्रदान गरी यस दुःखबाट पार पाउन आवश्यक मद्दत गर्ने अपेक्षासमेत गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलको सुदूर उत्तरी भेगमा अवस्थित मस्जिद नजिकै रहेको राष्ट्र संघीय कार्यालयमा शुक्रबार आक्रमण भएको थियो । सो आक्रमणमा परी ५ नेपालीसहित १३ जनाले ज्यान गुमाएका थिए । यसअघि बेलायती सेनामा खटिएका गोर्खालीहरुलेपनि अफगानिस्तानमा ज्यान गुमाएका छन् ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?