Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकाले अब नेपाललाई भारतको आँखाले हेर्ने भो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 14 August 2011 09:32

काठमाडौ- अघिल्लो महिना भारत भ्रमणमा आएकी अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले अब यस क्षेत्रको नेतृत्व भारतले लिनुपर्छ भनेलगत्तै गत हप्ता नेपाल तथा भारतमा कार्यरत अमेरिकी तथा भारतीय उच्च कुटनीतिक तथा सुरक्षा अधिकारीहरुबीच नेपाल बारे रणनीति तय गर्न बैठक भएको जानकारी प्राप्त भएको छ ।

अमेरिकी राजदूत स्कटएच डेलिसी नयाँदिल्ली हुँदै अमेरिका जानुअघि नयाँदिल्लीमा यस्तो उच्चस्तरीय बैठक आयोजना गरिएको हो । सो बैठकमा डेलिसीका अलवा नवनियुक्त भारतीय राजदूत जयन्त प्रसाद, भारतका लागि अमेरिकी राजदूत र भारतीय प्रमका सुरक्षा सल्लाहकार शिवशंकर मेनन सहभागी थिए ।

यस क्षेत्रको संवेदनशील देश नेपालमा संविधानसभाको म्याद सकिन लागेको, प्रधानमन्त्री झलनाथ खनाल राजीनामा दिने योजनामा रहेका, कसको नेतृत्वमा नयाँ सरकार बन्ने भन्ने टुंगो नलागिसकेको र अमेरिकी विदेशमन्त्री क्लिन्टनको यस क्षेत्रको नेतृत्व भारतले लिनुपर्छ भन्ने भनाइका सन्दर्भमा नेपाल नीति तय गर्न बैठक भएको हो ।

अमेरिकाले नेपाललाई भारतीय आँखाले हेर्दैै आएकोमा नयाँ राजदूत डेलिसी भारतीय आँखाले होइन,आफ्नै अमेरिकी आँखाले हेर्नुपर्ने कुराको पक्षपाती भएपनि क्लिन्टनको सो भनाइपछि नेपालसम्बन्धी नीति भारतीय सल्लाहबमोजिम तय गर्न उनी नयाँदिल्लीतर्फ लागेका थिए ।

माओवादी नेतृत्वमा सरकार बनाउने विषयमा भारत अहिले पनि सकरात्मक छैन । तर सरकारको नेतृत्वको सम्बन्धमा अमेरिका अर्थात् राजदूत डेलिसीको धारणाचाहिँ भारतको भन्दा केही पृथक छ ।

शान्ति ....प्रकि्रयाका सम्बन्धमा माओवादीले गर्नुपर्ने कार्य समयमै पूरा नगरेकाले माओवादीप्रति राजदूत डेलिसी केही खिन्न भएपनि, यदि अन्य दल माओवादी नेतृत्वमा सरकार बनाउने कुरा मान्न तयार हुन्छन् भने कूटनीतिक समुदायले त्यसलाई स्वीकार गर्नुपर्ने उनको मान्यता रहेको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?