Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकी पर्यटक अपहरण गर्ने समूहका एक युवक पक्राउ PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 01 June 2011 17:45

काठमाडौं- अमेरिकी पर्यटक जोनलाई चार दिन अघि राजधानीको ठमेलबाट अपहरण गर्ने समूहका एक युवकलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।



श्रोतकाअनुसार जोनलाई अपहरण गरिएपछि हायात होटलमा राखेर १७ घण्टापछि फिरौती लिएर छोडेका थिए ।

रातिको समयमा अपहरणमा परेका जोनको साथमा रहेको मोवाइल र क्यामरापनि प्रहरीले अपहरणकारीबाट बरामद गरेको छ ।

धुम्बाराहीका महेशजङ कार्कीलाई जोन अपहरणको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाको हिरासतमा राखिएको छ । उनको समूहले आफूहरु नेपाली सेना रहेको बताउँदै अपहरण गरेको थियो ।

जोनको अपहरणमा नेपाली सेनाका एक बहालवाला उपसेनानीको पनि संलग्नता रहेको प्रहरी श्रोतले बताएको छ । तर प्रहरीले ती सैनिक अधिकृतको नाम भने सार्वजनिक गरेको छैन। जोनलाई सो समूहले ठमेलस्थित होटल ड्रीमबाट जेठ १४ गते राति अपहरण गरेको थियो ।

आफूलाई नेपाली सेनाको विशेष अनुसन्धान व्यूरोका सदस्य रहेको बताउँदै लागू औषध कारोबारीको आरोपमा उनको अपहरण भएको थियो ।

-Sitaram Baral in Kathmandu

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?