Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको विश्व यात्राले आठौं बर्ष पुरागरी नबौं बर्षमा प्रबेश PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Friday, 30 December 2011 23:58

युगाण्डा- नेपालको पासाङल्हामु फाउण्डेशनबाट २००३ डिसेम्बर २५ तारिकबाट विश्व साइकल यात्रा शुरु गरेका विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको विश्व यात्राले आठौं बर्ष पुरागरी नबौं बर्षमा प्रबेश गरेकोछ।

World Tour Cyclist Furtemba Sherpa in Nairobi. Photos: Furtemba Foundation

उत्तर अमेरिका हुँदै दक्षिण अमेरिकाको यात्रा पुरा गरी ५ महिना अगाडी अफ्रिका महादेश यात्रामा निस्केका शेर्पा संसारकै अग्लो पिरामिड रहेको देश इजिप्टबाट अफ्रिका महादेशमा प्रवेश गरेका हुन् । इजिप्टपछि क्रमशः उत्तर सुडान, इथोपिया, केन्या हुँदै २९ नवम्बरमा युगान्डामा प्रवेश गरेका हुन् । ११ डिसम्बरमा दक्षिण सुडानकालागि रवाना भएका शेर्पा १७ तारिक जुबा शहर पुगेर नेपाली दाजुभाइहरुसंगको भेटघाटमा ब्यस्त भएका थिए।



दक्षिण सुडानमा शिद्यार्थ श्रेष्ठको आयोजनामा शेर्पालाई सम्मान गरिएको थियो भने आबासकोलागि रामप्रशाद पाध्याले सहयोग पुर्याएका थिए। त्यस्तै गरि. अर्पना प्रधान द्वारा ५०० डलर तथा उपस्थीत अन्य नेपालीहरुबाट सहयोग राशी संकलन गरी शेर्पालाइ हस्तान्त्रण गरिएको थियो ।

World Tour Cyclist Furtemba Sherpa in Nairobi. Photos: Furtemba Foundation

उतर सुडानपछि २२ तारिक युगाण्डा फर्किदा उनको यात्राले ९ औं वर्षमा प्रवेश गरेको हो । सो वाषिकोत्सवमना उनकोलागी ट्वरिष्ट होटल प्रबन्धक पंचम लामा, सचिन राज भण्डारी तथा राकेश प्रसाइलगायतका नेपालीहरुले व्यवस्था मिलाएका थिए। उतर सुडान सफल यात्रा पश्चात उनको यात्रा ७७ देश पुरा भएको छ । अफ्रिका महादेशमा उनी ३ वर्ष बस्ने र १५१ देशको यात्रा गर्ने उनको योजना रहेको छ ।

केहि समय अगाडि अमेरिकाको यात्राको क्रममा फुर्तेम्बा फाउण्डेशनमार्फत नेपालमा रहेका अपाँगहरुकोलागी १० थान व्हिल चियर प्रदान गरिएको थियो । सो १० थान व्हिल चियर अमेरिकामाको मिनीसोटाका मणी राना मगरले आपनो छोरा तेज राना मगरको नामबाट फुर्तेम्बा फाउण्डेशन (www.furtemba.org) मार्फत नेपालीमा रहेका अपाँगहरुकोलागी प्रदान गरिएको थियो ।

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?