Inside

All Time Top 50 News

तेरियाले सिडनीबासी नेपालीहरुको मन जितिन्, अमेरिका आउँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Ram Kumar Shrestha   
Tuesday, 05 August 2014 18:58

Special: 1 video, 4 photos: सिडनी, अस्ट्रेलिया- सिडनीको हर्सभिलको मराना औडिटोरियममा आयोजित तेरिया साँझ कार्यक्रममा जिटिभीको डिआइडि लिटिल मास्टर्स २०१४ तेरिया फौजा मगरले आफ्नो बेजोड प्रस्तुतिका कारण सिडनीबासी नेपालीहरुको मन जित्न सफल भएकी छिन् ।

Zee TV DID Little Master Teriya Magar performing in Sydney, Australia on August 3, 2014. Photos courtesy: Ram Kumar Shrestha

अगस्त ३ तारिख आयोजित 'तेरिया साँझ' मा आफ्नो जादुमय नृत्य प्रस्तुत गर्नु अघि मन्तब्य ब्यक्त गर्ने क्रममा तेरियाले आफू आफ्नो कला प्रस्तुत गर्न मात्रै आएको नभएर संसारभरी छरिएर रहनु भएका नेपालीहरुले आफूलाई डिआइडि लिटिल मास्टर्स २०१४ उपाधी हात पार्न देखाउनु भएको माया र सहयोगकोलागि धन्यवाद दिन पनि आएको भन्दै आफू सबैको छोरी भएकीले सबैको यसरी नै माया र सहयोग पाएको खण्डमा नेपालको नाम आगामी दिनमा संसारभरी अझ चिनाउन सक्ने बताइन् ।

Zee TV DID Little Master Teriya Magar performing in Sydney, Australia on August 3, 2014. Photos courtesy: Ram Kumar Shrestha

लुम्बिनी-कपिलवस्तु दिवस अभियानका 'लुम्बिनी वालिका शान्तिदूत' समेत रहेकी तेरियाले मन्तब्य ब्यक्त गर्ने क्रममा बुद्ध नेपालमा जन्मनु भएकोले आफूलाई नेपाली भन्न पाउनुमा गर्ब लाग्छ भनेर दर्शकको ठुलो समर्थन प्राप्त गरिन् । स्मरण रहोस, १५ आषाढमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानद्धारा आयोजित डिआइडि लिटिल मास्टर्स सेसन ३ का बिजेता तेरिया फौजा मगरको स्वागत र सम्मान कार्यक्रममा अभियानद्धारा प्रदान गरिएको 'लुम्बिनी वालिका शान्तिदूत' उपाधी कार्यक्रमका प्रमुख अतिथि उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले हस्तान्तरण गर्नु भएको थियो ।



अधिकांश नृत्य हिन्दी गीतमा प्रस्तुत गरेकी 'तेरियाले नेपालकी छोरी हूँ म' नेपाली गीतमा पनि आफ्नो नृत्य प्रदर्शन गरेकी थिइन् । कार्यक्रममा न्यू साउथ वेल्सका अबैतनिक महाबाणिज्यदूत दीपक खड्का र मेघराज श्रेष्ठले जनही १-१ लाख र दिवाकर काफ्लेले १०,००० तेरियालाई प्रसंशा र सम्मान स्वरुप प्रदान गरे ।

Zee TV DID Little Master Teriya Magar performing in Sydney, Australia on August 3, 2014. Photos courtesy: Ram Kumar Shrestha

कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) र गायक रामजी खाँड र केही स्थानीय कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गरेका थिए ।

कनेक्ट नेपाल अस्ट्रेलियाको आयोजनामा भएको उक्त कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठ 'च्याम्पियन अफ नेपालीज नेशनालिज्म', तेरिया मगर 'वर्ल्ड पिस एम्बासाडर्', जि टिभिका ब्यापारिक उपाध्यक्ष निनान्ड राइकर 'कल्टिभेटिङ दि ट्यालेण्ट आउट', भरत नेपाल 'अनसंग हिरो' र तेरियाकी मुमा अनिता फौजा मगर 'आइडियल मदर' कोरुपमा सम्मानित गरियो । नेपाली समुदायलाई उल्लेख्य सहयोग पुर्‍याउनु भएबापत अबैतनिक महाबाणिज्यदूत त्रय दीपक खडका, चन्द्र योन्जन र दिपक धमलालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम सन्चालन दीपा भट्टराई र बिष्णु प्रभातले गरेका थिए ।

तेरिया मगरको अमेरिकामा पनि सांगितिक यात्रा तय हुन लागेको खबर छ ।

-Ram Kumar Shrestha in Australia

Read related news:

-नेपाली छोरी ११ बर्शिय तेरिया मगर भारतका ४० हजार प्रतिस्पर्धीलाई उछिन्दै 'डान्स ईन्डिया डान्स लिटल मास्टर' उपाधी जित्न सफल भईन्

-भारतलाई नचाउने नेपाली छोरी तेरिया मगरको आफ्नो गाउँमा भब्य स्वागत

-नेपालकि प्रतिभाशाली ११ बर्शिय बालिका तेरिया मगर भारतीय Zee TV को टप टेन डान्स ईन्डिया डान्स लिटल मास्टरमा छनौट, भोट दिने होईन?

-अमेरिकि राजनीतिमा अर्को नेपाली छोरो एचबी भण्डारी यसरी भिड्दैछन्, सहयोगको अपिल

--अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी

-अमेरिकाको कङ्ग्रेसम्यानमा उम्मेद्वारी दिने पहिलो नेपाली बने दर्शन रौनियार

--अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

-A Son of a Priest, now Hero in a World's Best University

-Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music

-"हामी सबै जना मिलेर माया बाटौं"- Prashant Tamang, Indian Idol-III 2007 winner

-Indian Idol winner Prashant Tamang Idolized by His fans in New York

-Prashant Tamang & Other Nepalese Indian Heroes Who Made us Proud

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.