Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

Anniversary
Reporting on USNepalOnline.com's Anniversary celebrations PDF Print E-mail
Share
Written by Administrator   
न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ५ अमेरिकि नेपालीहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Pradeep Thapa Magar
Sunday, 11 December 2011 12:29
Article Index
न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सब भब्यतापूर्वक सम्पन्न, ५ अमेरिकि नेपालीहरु सम्मानित
Photos of Artists at 4th Anniversary
Photos of Guest speakers at 4th Anniversary
Photos of Life Members at 4th Anniversary
Group photos at 4th Anniversary
All Pages
Page 1 of 5

५ अमेरिकि नेपालीहरु नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङ सम्मानित
Updated; Exclusive: 121 photos: 2 videos:
न्यू योर्क- युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले आफ्नो चौंथो वार्षिकोत्सब न्यू योर्क निवासी ५ अमेरिकि नेपालीहरु नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङको सम्मान गर्दै बिबिध साँस्कृतिक कार्यक्रमकासाथ भब्यतापूर्वक मनाएको छ।

 

The Honorees: Guests of Honor 2011 Narbada Chhetri (4th from R), Sapana Shree (4th from L), Karma G. Sherpa (2nd from L), Arjun P. Mainali (3rd from L) and Youth Recognition Award honoree Siddarth Tamang (3rd from R) with the Chief Guest Minister Consular Amrit Rai (2nd from R) and Guests of Honor 2010 Subarna Chhetri (1st from L) and Bishnu Maya Pariyar (1st from R) & US Nepal Media Center president Dawa Sherpa Hyolmo (center). Photo: Ang Kami Sherpa (PhotoHera.com)

कार्यक्रम विश्व मानव अधिकार दिवसको अबसर पारेर अर्थात डिसेम्बर १० तारिख शनिबार न्यू योर्क शहरको कुइन्सस्थित ज्याक्सन हाइट्सको हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरिएको थियो। सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका बिशिस्ठ अतिथी मिनिस्टर काउन्सिलर अमृत राईले परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरेका थिए।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

4th Anniversary of USNepalOnline.com, New York, December 10, 2011: Part-I

4th Anniversary of USNepalOnline.com, New York, December 10, 2011: Part-II


कार्यक्रममा स्वागत मन्तब्य युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले गरेका थिए भने धन्यवाद ज्ञापन साहित्य सम्पादक नगेन्द्र इङ्नाम 'आठराईली'ले दिएका थिए। कार्यक्रम युएस नेपाल मिडिया सेन्टरका प्रेसिडेन्ट दावा शेर्पा ह्योल्मोको सभापतित्वमा सम्पन्न भएको थियो।

The guests at the 4th Anniversary celebration of USNepalOnline.com in New York on December 10, 2011. Photo: Ang Kami Sherpa (PhotoHera.com)

सन् २०११ का सम्मानित ब्यक्तित्वहरु

यसपाली 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट सम्मानित हुनेहरुमा मानवअधिकारकर्मी 'अधिकार' संस्थाकि बरिस्ठ कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री (NY), गायन क्षेत्रकि युबा हस्ती गायिका सपनाश्री (NY), नेपाली अमेरिकि आदिबासी आन्दोलनका अगुवा कर्मा ग्याल्जेन शेर्पा (NY), रक्तदान र समाजसेवामा समर्पित ब्यक्तित्व अर्जुनप्रशाद मैनाली (NY) छन् भने शिक्षा, खेलकूद र संस्क्रिती संरक्षण क्षेत्रका युबा प्रतिभा सिद्धार्थ तामाङ (NY) लाई 'युवा चिनारी पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मानित गरिएको छ।

The Honorees: Guests of Honor 2011: Narbada Chhetri, Sapana Shree, Karma G. Sherpa, Arjun P. Mainali and Youth Recognition Award 2011 honoree: Siddarth Tamang. Photos: USNepalOnline file


>>Read more & view more photos>>

युएस नेपाल अनलाइन चौंथो बर्ष पुरा गरी पाँचौं बर्षमा प्रबेश, वार्षिकोत्सब डिसेम्बर १० तारिख न्यू योर्कमा हुँदै PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator
Saturday, 03 December 2011 22:11

५ अमेरिकि नेपालीहरु: नर्बदा छेत्री, सपनाश्री, कर्मा जि शेर्पा, अर्जुनप्रशाद मैनाली र सिद्दार्थ तामाङलाई सम्मान गरिदै
Exclusive: 44 photos:
न्यू योर्क- सन् २००७ को डिसेम्बर ३ तारिख अर्थात आज कै दिन अनलाइन प्रकाशन शुरु गरिएको युएस नेपाल अनलाइन डट कम (www.usnepalonline.com) ले चौंथो बर्ष बर्ष पुरा गरी पाँचौं बर्षमा प्रबेश गरेको छ। वार्षिकोत्सब डिसेम्बर १० तारिख न्यू योर्कमा सम्मान र साँस्कृतिक कार्यक्रमसहित मनाइदैछ।


The Honorees: Guests of Honor: Narbada Chhetri, Sapana Shree, Karma G. Sherpa, Arjun P. Mainali and Youth Recognition Award honoree: Siddarth Tamang. Photos: USNepalOnline file

यसपाली को को सम्मानित हुँदैछन् ?

यसपाली 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट सम्मानित हुनेहरुमा मानवाधिकारकर्मी 'अधिकार' संस्थाकि बरिस्ठ कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री (NY), गायिका क्षेत्रकि युबा हस्ती सपनाश्री (NY), नेपाली अमेरिकि आदिबासी आन्दोलनका अगुवा कर्मा ग्याल्जेन शेर्पा (NY), रक्तदान र समाजसेवामा समर्पित ब्यक्तित्व अर्जुनप्रशाद मैनाली (NY) छन् भने शिक्षा, खेलकूद र संस्क्रिती संरक्षण क्षेत्रका युबा प्रतिभा सिद्धार्थ तामाङ (NY) लाई 'युवा चिनारी पुरस्कार' (Youth Recognition Award) द्वारा सम्मानित गरिने छ।

बिगतमा को को सम्मानित भए ?

पोहर साल (सन् २०१० मा) 'अतिथी सत्कार सम्मान' (Guest of Honor) पुरस्कारबाट तीन नेपाली नारी ब्यक्तित्वहरु: नायिकाद्वय गौरी मल्ल (NY), सुबर्णा छेत्री (NY) र सामाजिक अगुवा नेत्री बिष्णुमाया परियार (MA) लाई सम्मान गरिएको थियो भने सन् २००९ मा नेपाली चलचित्र जगतकि कलाकार हाँस्य साम्राग्यी बसुन्धारा भुसाललाई सम्मान गरिएको थियो।

Our Guests of Honor 2010: Actress Gauri Malla, Actress Subarna Chhetri & Social entrepreneur Bishnu Maya Pariyar and our Guests of Honor 2009: Senior Nepalese actress Basundhara Bhusal. Photos: eEyeCam.com

युएस नेपाल अनलाइनले यस अघी सन् २००८ मा प्रथम (पढ्नुहोस्), सन् २००९ मा दोश्रो (पढ्नुहोस्) र सन् २०१० मा तेश्रो (पढ्नुहोस्) वार्षिकोत्सब मनाइसकेको छ। Read more>>

न्यू योर्कमा युएस नेपाल अनलाइनको चौंथो वार्षिकोत्सबको तयारी

Exclusive: न्यू योर्क- सन् २००७ को डिसेम्बर ३ तारिखदेखि प्रकाशन आरम्भ भएको युएस नेपाल अनलाइन डट कमको चौंथो वार्षिकोत्सब आगामी डिसेम्बर १० तारिख दिउँसो २-५ बजे न्यू योर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा मनाउने तयारी भएको छ।

This year, again, we are preparing a gala anniversary celebration of www.USNepalOnline.Com on Saturday December 10, 2011 at the Himalayan Yak Restaurant, 72-20, Roosevelt Ave., Jackson Heights, Queens, NY 11372 from 2:00 pm to 5:00 pm.

>>Read more>>

 

न्यू योर्कमा युएस नेपाल अनलाइनको तेश्रो वार्षिकोत्सब सम्पन्न

PDF Print E-mail

Share
User Rating: / 0
PoorBest 
Written by Administrator
Monday, 06 December 2010 06:46

तीन नेपाली नारी ब्यक्तित्वहरु नायिकाद्वय गौरी मल्ल, सुबर्णा छेत्री र सामाजिक अगुवा नेत्री बिष्णु माया परियार सम्मानित

डेढ दर्जनबेशी कलाकारहरुको रमाइलो साँस्कृतिक प्रस्तुतीमा पाहुनाहरु खुब नाँचे
Updated on December 8: Exclusive: 2 live videos, 3 exclusively prepared videos, 1 audio & 82 photos:
न्यू योर्क- विश्वको राजधानी मानिने न्यू योर्क शहरबाट प्रकासित अमेरिकि नेपाली अनलाइन न्यूज पोर्टल www.usnepalonline.com ले आफ्नो तेश्रो वार्षिकोत्सब आइतबार बेलुकी भब्यतापूर्वक सम्पन्न गरेको छ।



The guests, artists and organizers at the 3rd Anniversary of USNepalOnline.com in New York on December 5, 2010. Photos: Ang Kami Sherpa (PhotoHera.com) exclusively for USNepalOnline.com


डिसेम्बर ५ तारिख बेलुकी ३ देखी पौने आठ बजेसम्म न्यू योर्कको कुइन्स, ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा मनाइएको उक्त कार्यक्रममा १३६ जना पाहुनाहरु (हाजिरी पुस्तिकामा सङ्कलित नामअनुसार) उपस्थित हुनुभएको थियो। युएस नेपाल अनलाइनको होम पेजमा लाइभ प्रसारण गरिएको थियो।

>>Read more>>

न्यू योर्कमा युएस नेपाल अनलाइनको दोश्रो वार्षिकोत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 4
PoorBest 
Written by Prathaa Magar
Monday, 07 December 2009 13:30

"तिमी माग मात्र मसंग मन मात्र हैन
माया र मुटु पनि दिन्छु संगै
नरोज्नु रोजेपछि तिमीलाई
बोल मात्र धरोधर्म
ज्यु ज्यानै दिन्छु तिमीलाई..."

Special photo feature (73 photos) न्यू योर्क- बाहिर चिसो जाडो, भित्र मायाको न्यानो बान्की! हिजो साँझ मायाको यस्तै समर्पण देखियो। प्रसंग, विश्वको राजधानी भनेर चिनिने न्यू योर्क शहरबाट बिगत दुई बर्षदेखी सन्चालित USNepalOnline ले आफ्नो दुई बर्ष पुरा गरेको अबसरमा आयोजित कार्यक्रमको हो।


The guests and members of US Nepal Media Center at the 2nd Anniversary of USNepalOnline.com in New York on December 6, 2009. Photo: eEyeCam.com.

उक्त कार्यक्रममा नेपालकि सुप्रसिद्ध अभिनेत्री बसुन्धारा भुसाललाई बिशेष सम्मानित अतिथी (Guest of Honour) को रुपमा निम्त्याइएको थियो। उहाँ आफ्नो श्रीमान चेतनारायण भुसालसंग उपस्थित हुनु भएको थियो।

कार्यक्रममा न्यू योर्कमा कृयाशिल ३० भन्दा बेशी नेपाली संघ संस्थाका अगुवा र प्रतिनिधिहरुले आ-आफ्नो शुभ-कामना मन्त्बयद्वारा  USNepalOnline.com ले सामुदायीक प्रकारिता (Community Journalism) मार्फत पुर्याएको योगदानको मुक्त कन्ठले प्रसंसा गरे।

 

>>Read more>>

 

न्यू योर्कमा युएस नेपाल अनलाइनको प्रथम वार्षिकोत्सब सम्पन्न

न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator
Monday, 08 December 2008 18:40
Article Index
न्यू योर्कका २७ नेपाली संघसंस्‍थाहरुका अगुवाहरु युएस नेपाल अनलाइनको वार्षिकोत्सबमा जुटे
Photos of Guest speakers
1st Anniversary program schedule
All Pages
Page 1 of 3

कबिता मै भनियो-"समय पनि टक्क अडेर, गरोस् सलाम युएस नेपाल अनलाइनलाई !!"
"स्पर्श विनै सबको, मुटु छुन सक्छ, युगौं देखिको चिनारी झैं, आफ्नो हुन सक्छ"

Exclusive: 46 photos: न्यू योर्क- हिजो आईतवार साँझ न्यू योर्क शहरको क्विन्समा आयोजित यस सामुदायिक न्युज पोर्टलको प्रथम वार्षिकोत्सब समारोहमा पहिलो पटक न्यू योर्कमा कृयाशिल २७ वटा नेपाली संघसंस्‍थाहरुका अगुवाहरु एउटै मन्चमा उभिएर प्रबासमा नेपाली हुनुको गर्ब र एकताको उदाहरण प्रस्तुत गर्दै USNepalOnline लाई सफलताको शुभ-कामना प्रदान गरे।


US Nepal Media Center board members and guests at the 1st anniversary celebration in New York. Photos: Ang Kami Sherpa (PhotoHera.Com) for USNepalOnline.Com


उक्त समारोहमा नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचन्ड' (Read Message), संबिधान सभाका अध्यक्ष सुभाश चन्द्र नेम्बाङ (Read Message), परराष्ट्र मन्त्री तथा मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव (Read Message) द्वारा जारी शुभ-कामना पढेर सुनाइएको थियो।

>>Read more>>


Read 0 Comments... >>
 


Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?