Inside

All Time Top 50 News

अन्तरराष्ट्रिय मातृभाषा दिवस काठमाडौंमा सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 21 February 2011 21:57

काठमाडौं- अन्तरराष्ट्रिय मातृभाषा दिवस राजधानीमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।


नेपाल प्रज्ञा प्रतिष्ठान र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले फागुन ९ गते कमलादीस्थित प्रज्ञा भवनमा विचार गोष्ठी आयोजना गरेको छ ।

गोष्ठीमा अधिकारकर्मी मल्ल के सुन्दर, अब्दुल सलाम र अमर तुम्याहाङले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्रमा मातृभाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिनुपर्नेमा जोड दिइएको छ । मातृभाषा प्रयोग गर्न नपाउनु मानवअधिकारको गंभिर उल्लघंन भएको सबै वक्ताहरु सहमत छन् ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँलाले भाषाको जीवन राजनीतिक दृष्टिकोणका कारण बाच्ने वा मर्ने बताउँदै प्रज्ञा प्रतिष्ठानले मातृभाषाको विकासमा धेरै काम गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले बहुभाषाको सम्मिश्रणबाटै राष्ट्रको उत्थान हुने विचार व्यक्त गरे । कार्यक्रममा अमरेसनारायण झा, प्रा. माणिकलाल श्रेष्ठ लोकबहादुर थापामगरलगायतले 'एक भाषा एक भेष' को पंचायतकालीन नीति अझै अन्त्य नभएकोमा खेद प्रकट गरेका छन् ।


कार्यक्रमको दोस्रो सत्रमा मातृभाषा कवि गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा अवधी, केबट, भोजपुरी, नेपाल भाषा, जिरेल, लिम्बु, सन्थाल, धिमाल, ल्होमी, डोल्पोसमेत २७ वटा कविता वाचन गरिएको थियो ।

यसैवीच, राष्ट्रिय स्वतन्त्रता र मातृभाषाका पक्षमा बलिदान दिने योद्धाहरुको स्मरणमा बङ्गलादेशी दूतावासले कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव माधवप्रसाद घिमिरे र परराष्ट्र सचिव डा. मदनकुमार भट्टराईले मातृभाषालाई सरकारले वेवास्ता गर्न नहुने धारणा राखे ।


नेपालकालागि बङ्गलादेशका राजदूत डा. नीमचन्द्र भोमिकले बङ्गला भाषा आन्दोलनका क्रममा हजारौं देशवासीले ज्यान गुमाएको ऐतिहासिक घटनाको सम्झनामा यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.