Inside

All Time Top 50 News

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 07 December 2010 23:03

काठमाडौं- मैथिली भाषाको पहिचानलाई अझ सुव्यवस्थित रुपमा विस्तार गर्ने उद्देश्यले पुस ७ र ८ गते अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने भएको छ ।

सम्मेलन व्यवस्थापनकालागि सभासद् विमलेन्द्र निधि, रामचन्द्र झा, रामनगीना सिँह, डा. रामावतार यादव, डा योगेन्द्रप्रसाद यादव र वृषेशचन्द्रलालको सल्लाहकार समिति र रामभरोस कापडिको संयोजकत्वमा १३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।

राजधानीमा मंसिर २१ गते दिइएको जानकारीअनसुार सम्मेलनमा नेपाल र भारतबाट गरी २०० प्रतिनिधि सहभागी रहनेछन् । मैथिली भाषा, साहित्य, संस्कृति र कलाको सर्वतोमुखी उत्थानकासाथै अन्य मातृभाषासमेतको उत्थानको उचित अवसरको खोजी गर्दै काठमाडौँ घोषणापत्रको नाउँले सार्वजनिक प्रस्ताव पारित गरिने पनि कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा 'मिथिलारत्न' र 'मिथिलाश्री' सम्मानकासाथै नेपाल-भारतका अति विशिष्ट कलाकर्मीद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको छ । राष्ट्रिय जनगणना २०५८ अनुसार नेपालमा २७,९७,५८२ अर्थात १२.३० प्रतिशत मैथिली भाषी छन् ।

-Santa Bagam in Kathmandu

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.