NEWS: बिबिसी नेपाली सेवा ::

Inside

संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dipak Thapa   
Wednesday, 13 May 2009 10:58
काठमाण्डौं- चुनाव हारेपछि एमाले पार्टीको हाइ कमान्डबाट सन्यास लिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एक पटक प्रधानमन्त्री भएर मात्रै मर्ने आफ्नो इच्छा पुरा गर्न अन्तिम तयारीका लागि न्वारनदेखीको बल लगाएर ३०१ को बहुमत जुटाउन लागि परेका छन्।

चुनावमा दुई ठाउँबाट हारे पनि फेरी संबिधान सभामा मनोनित हुन पुगेका नेपाल अन्तत: नयाँ संबिधान बनाउने समितिको सभापति बन्न पुगेका थिए। २०४७ सालको निकम्मा संबिधान निर्माता मध्येका एक सदस्य नेपालले कस्तो संबिधान बनाउन सघाउने हुन् र उनी नयाँ संबिधान समय मै बनाउन कती सम्बेदनशील छन् भन्ने कुरामा जनताले औंला ठड्याइ रहेकै बेला पद लोलुप उनी संबिधान बनाउने गहन जिम्मेवारीलाई चटक्कै छाडेर फेरी प्रधानमन्त्री बन्ने फोहोरी खेलमा लागे। नयाँ संबिधान भाडमा जावोस् होइन त माकुने जि?

संबिधान बनाउने मक्सद होइन प्रधानमन्त्री बन्ने गिध्धे धोको राखेका नेपाल जस्ता नेतालाई किन संबैधानिक समिती जस्तो निरन्तर खटेर लाग्नु पर्ने अत्यन्त सम्बेदनशील जिम्मेवारी दिइयो?

संबिधान जारी हुने पूर्व घोशित मिती २०६७ जेष्ठ १४ गतेलाई पत्याउने हो भने अब एक बर्ष १५ दिन मात्र बाँकी छ। संबैधानिक समितीको सभापतिको हैसियतले नयाँ नेपालमा बनाइने नयाँ स्वायत्त राज्य, तिनका साध सिमाना, प्राकृतिक साधन, स्रोतहरुको समुचित बाड्फाड, जनजातिय, महिला र सिमान्तक्रित जनताको माग र तिनको समाधानको मन्थन र चित्त बुझ्दो निर्क्योल निकाल्नतिर लाग्नु पर्ने जिम्मेवारी निक्कै जटिल कुरा हुन्।

युएस नेपाल कै रिपोर्टमा देखियो राजा ज्ञानेन्द्रलाई चादीको सिक्का राखेर ढोग्न मात्र होइन नारायणहिटी दरबारको पश्चिमी ढोकामा गएर प्रधानमन्त्री बन्न पाउ भनेर राजामा बिन्ती चढाउने पनि यिनै माकुने रहेछन्। यस्ता नेतालाई फेरी देशको मुली बनाएर नेपाली जनताले के आशा गर्ने हो? हामी नेपाली हुतिहारा भएर यि सब नौटक्ङ्की टुलुटुलु हेर्न बिबश बनेका छौ।

लौ न कोहिले केही त बोल- माकुने नयाँ नेपालको नयाँ संबिधान बनाउने जिम्मेवारी छोडेर किन अन्ततिर लागे भनेर।

-Dipak Thapa in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2477
Content : 5835
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?