Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्यानाडामा मगरहरुले माघे सँक्रान्ती पर्ब मनाए, अन्य नेपाली दङ्ग PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Rashmi Thapa Magar   
Wednesday, 26 January 2011 04:40

Special: 25 photos: क्यानाडा- मगर सघं क्यानाडाको आयोजनामा गत जनवरी १६ का दिन मिस्सिस्सागा, टोरन्टोमा पहिलो चोटी मगरहरुको मौलिक महान पर्ब माघे संक्रान्ती धुमधामसंग मनाइएकोछ।

 



Maghe Sankranti celebration in Toronto, Canada on Jan 16, 2011. Photos: Rashmi

उक्त पर्ब मनाउन क्यानाडाको टोरन्टो शहर निवासी अन्य नेपालीहरुलाईसमेत निम्त्याइएको थियो।

बिशेसरूपमा कंदमूल तरुल, सेलरोटी मासको बारा (बटुक) रोटी, आलू, चुकाउनिको अचार आदि परिकारको स्वादद्वारा पाहुनाहरुले भरपुर आनन्द लिएकाथिए।



नेपाली कला झल्कने साँस्कृतिक कार्यक्रमसहित मनाइएको उक्त पर्बमा संघका सचिब गिरीप्रशाद बुढाथोकी मगरले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।

अतिथीहरुकोतर्फबाट मन्तब्य ब्यक्त गर्नेहरुमा प्रमुख अथिति NRN Canada  का अध्यक्ष नबराज गुरुङ, डॉ. तूलसी धरेल, नेपाल क्यानाडा जनजाति संघ (NCJA) का अध्यक्ष पर्सुराम राइ, NCJA का निबर्तमान अध्यक्ष आङवारु शेर्पा , NCANC का अध्यक्ष  सुजन भन्डारी, समाजसेवि बिना बर्मा, NCANC का कोशाध्यक्ष मोहन अर्याल, पत्रकार गोबिंदसिहं रावतआदि हुनुहुन्थ्यो।


NRN Canada President Nabaraj Gurung at Maghe Sankranti celebration in Canada. Photos: Rashmi

अतिथी बक्ताहरुले नेपाल निर्माणण इतिहास कालदेखि प्रथम सहीद लखन थापा मगरलगायत  हालसम्म महाबिर पुन मगर जस्तै थुप्रै मगरहरूको योगदान रहेको र नेपालको जनजातिमा सबैभन्दा बढी कला, संस्क्रिती र बाहुल्यता रहेको जाति मगर भएको उल्लेख गर्दै क्यानाडा जस्तो पश्चिमा मुलुकमा पनि माघे सँक्रान्ती जस्तो पर्ब मनाउन सफल भएकोमा मगर संघ क्यानाडालाई धन्यवाद ज्ञापन गर्नु भयो।

उक्त पर्बकाअबसरमा आयोजित कार्यक्रममा NRN Canada का अध्यक्ष नबराज गुरुङले कलाकार, स्वयमसेवक र कार्यक्रमकोलागि आर्थिक सहयोग गर्ने दाताहरुलाई प्रमाण पत्र प्रदान गर्नुभएको थियो।



मगर संघ क्यानाडाका अध्यक्ष हेमबहादुर थापा मगरले कार्यक्रमको अन्तमा धन्यवाद ज्ञापन ब्यक्त गर्नुभएको थियो।

कार्यक्रमको संचालन रामकाजी मोक्तान र एन्जिला शेर्पाले साँस्कृतिक कार्यक्रम रोचक तरिकाले गर्नुभएको थियो।

डिजे संचालन कमल पुन मगर र गणेश राइले गर्नुभएको उक्त कार्यक्रमका कलाकारहरू नित्यतर्फ- आकृति थापामगर, पूनम थापामगर, संगीता थापामगर, निकिस्ता थापामगर, बिकिस्ता थापामगर, संगीता भट्ट, रूपा भट्ट, हस्याकलाकर- गोविंदा रावत, गायनतर्फ- रामकाजी मोक्तान, तेंजिग भोटिया, इश्वर थापा मगर हुनुह्न्थ्यो।

उक्त पर्ब सम्पन्न गर्नमा राजन थापामगर, घन थापामगरलगायत अन्य ब्यक्तित्वहरुको बिशेष सहयोग रहेको थियो।

-Rashmi Thapa Magar in Canada

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 

Read related news from Canada:

http://usnepalonline.com/canada-nepalese-news/


Magar Association Canada Secretary Giriprasad Buthathoki Magar. Photos: Rashmi





Photos: Rashmi









Photos: Rashmi





Photos: Rashmi











Photos: Rashmi








Photos: Rashmi

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?