Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

एनआरएन क्यानाडाको तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 16 August 2010 11:28
Article Index
एनआरएन क्यानाडाको तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न
More photos of opening ceremony, cultural event & Montreal City
All Pages

Exclusive: 43 photos, 9 video archive: मोन्ट्रेयल, क्यानाडा- गैर आबासिय संघ क्यानाडा (NRN Canada) को तेश्रो राष्ट्रिय सम्मेलन भब्यतापुर्बक सम्पन्न भएको छ।



The guests and organizers at the 3rd NRN Canada convention in Montreal, Quebec, Canada on August 14, 2010. Photos: eEyeCam.com

क्यानाडाको मोन्ट्रेयल शहरमा अगस्ट १४ र १५ मा सम्पन्न उक्त सम्मेलनमा क्यानाडाली नेपालीसंग सम्बन्धित बिभिन्न गोस्ठीहरुकासाथै बिबिध साँस्कृतिक कार्यक्रम र फुट्बल प्रतियोगिताको आयोजना गरियो।


Nepalese Ambassador to Canada Bhojraj Ghimire. Photos: eEyeCam.com

एसोसियसन अफ नेपालीज इन् क्युबेक (एएन्क्यु) सहआयोजक रहेको उक्त सम्मेलन उद्घाटन क्यानाडाकालागि नेपाली राजदूत महामहिम भोजराज घिमिरेले गर्नु भएको थियो। उदघाटन सत्रको सभापतित्व एएन्क्यु अध्यक्ष प्रकाश मुङ्गरातीले गर्नु भएको थियो भने स्वागत मन्तब्य एएन्क्युका पूर्व अध्यक्ष मुगा राजभन्डारीले दिनुभएको थियो।


NRN Canada President Nabaraj Gurung. Photos: eEyeCam.com

उद्घाटन सत्रका मुख्य बक्ता (key note speaker) राजदूत घिमिरे हुनुहुन्थ्यो भने अन्य बक्ताहरुमा एनआरएन अमेरिकाकि उपाध्यक्ष डा. बिद्द्या रन्जित, एनआरएन अमेरिकाज क्षेत्रिय संयोजक डा. अम्बिका अधिकारी, एनआरएन क्यानाडाका अध्यक्ष नबराज गुरुङ, सल्लाहकार डा. हेमन्त पौडेल आदी हुनुहुन्थ्यो।


Panelists of side event 'NRN Rights, Dual citizenship and NRN ID card'. Photos: eEyeCam.com

दोश्रो सत्रको पहिलो साइड इभेन्ट NRN Rights, Dual citizenship and NRN ID card का चेयर राजदूत भोजराज घिमिरे हुनुहुन्थ्यो भने प्रस्तुतकर्ताहरुमा डा. अम्बिका अधिकारी र एनआरएन क्यानाडा प्रबक्ता डा. राजु तुलाधर हुनुहुन्थ्यो। टिप्पणीकर्ताहरुमा मणिक दुग्गर, किशोर राजभन्डारी र राजेन्द्र प्रसाइ हुनुहुन्थ्यो। मोडरेटर एएन्क्युका सचिब हेमन्तकुमार दाहाल हुनुहुन्थ्यो।


Panelists of side event 'Youth Initiative Forum'. Photos: eEyeCam.com

दोश्रो साइड इभेन्ट Youth Initiative Forum का प्रस्तुतकर्ताहरुमा श्रीजना पन्त, पराग श्रेष्ठ र अन्जन छेत्री हुनुहुन्थ्यो। मोडरेटर सविन निम्लेखु हुनुहुन्थ्यो।

तेश्रो साइड इभेन्ट Women & Children Committee (WCC) Forum का प्रस्तुतकर्तामा डा. सारा छेत्री हुनुहुन्थ्यो। टिप्पणीकर्ताहरुमा एनआरएन क्यानाडा उपाध्यक्ष सुजाता राइ र एनसिसिएस अध्यक्ष सुसन भण्डारी हुनुहुन्थ्यो। मोडरेटर राधा बस्नेत हुनुहुन्थ्यो।


Panelists of side event 'Women & Children Committee (WCC) Forum'. Photos: eEyeCam.com

चौथो साइड इभेन्ट Sudarshan Gautam's Everest summit mission & Cross-Canada Driving Plan का प्रस्तुतकर्ताहरुमा डा. राजु तुलाधर र बिष्णुदत सुब्बा हुनुहुन्थ्यो।

पाँचौं साइड इभेन्ट Professional Mentoring for Nepalese in Canada का प्रस्तुतकर्तामा द्रोण रसाइली हुनुहुन्थ्यो। टिप्पणीकर्ताहरुमा झपेन्द्र पोख्रेल, इश्वर ढुङ्गेल, मान पौडेल र डा. गोबिन्द दाहाल हुनुहुन्थ्यो। मोडरेटर ज्ञानेन्द्र पोख्रेल हुनुहुन्थ्यो।

यस बाहेक चन्द्र राइले Promoting Nepal inCanada & internationally बिषयमा, पवित्रा उपाध्यायले Promoting & preserving Nepalese culture बिषयमा, मुगा राजभन्डारीले NRN immigration: Issues & Challenges बिषयमा, सुभाश दुतराजले Village Library Project बिषयमा र डा. कृष्ण गौतमले Education for the most disadvantaged section of population बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। चेयर राम पौडेल हुनुहुन्थ्यो भने मोडरेटर ज्ञानेन्द्र पोख्रेल हुनुहुन्थ्यो।

उता अगस्ट १३ मा क्यानाडाको राजधानी ओट्टवा शहरमा NRN ICC द्वारा प्रबर्धन गरिएको Open University project को बारेमा बिशेष संगोस्ठीको आयोजना गरिएको थियो।


Open University Project Coordinator Dr. Pramod Dhakal. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले NRN ICC Open University Project का को-अर्डिनेटर डा. प्रमोद ढकालसंग लिएको बिशेष भेटवार्ता:

Interview with Dr. Pramod Dhakal in Montreal, Canada on August 14, 2010:



एनआरएन क्यानाडाको राष्ट्रिय सम्मेलनको बन्द सत्रको सभापतित्व एनआरएन क्यानाडाका अध्यक्ष नबराज गुरुङले गर्नु भएको थियो भने महासचिब श्रीजना पन्तले वार्षिक प्रतिबेदन, सदस्यता सम्बन्धी प्रतिबेदन दुर्गा अधिकारीले र आर्थिक प्रतिबेदन भरत पौडेलले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको सन्चालन सचिब गोपीकृष्ण काफ्लेले गर्नुभएको थियो।

हेर्नुहोस् युएस नेपाल अनलाइनले एनआरएन क्यानाडाका अध्यक्ष नबराज गुरुङसंग लिएको बिशेष भेटवार्ता:

Interview with NRN Canada President Nabaraj Gurung in Montreal, Canada on August 15, 2010:



हेर्नुहोस् युएस नेपाल अनलाइनले एएन्क्यु अध्यक्ष प्रकाश मुङ्गरातीसंग लिएको बिशेष भेटवार्ता:



ANQ President Prakash Mungarati Magar. Photos: eEyeCam.com

Interview with ANQ President Prakash Mungarati Magar in Montreal, Canada on August 15, 2010:



उक्त सम्मेलनको पहिलो दिन बेलुकी क्यानाडाली नेपाली कलाकारहरुले बिबिध नेपाली साँस्कृतिक कोशेली पस्केर सम्मेलनमा उपस्थित प्रतिनिधि र अतिथीहरुलाई मनोरन्जन दिलाएका थिए भने दोश्रो दिन बिभिन्न ६ फुटबल टिम बिच खेलकूद प्रतियोगिताको आयोजना गरिएको थियो।


Performer Usha Mungarati. Photos: eEyeCam.com

साँगितिक साँझका कलाकारहरुमा स्वेच्छा पोख्रेल, इश्वर थापा मगर, उशा मगराँती, सोफी महर्जन, दीप बिष्ट, एजे भण्डारी, यशस्वी लम्साल लगायत थिए।

हेर्नुहोस् उक्त साँस्कृतिक साँझको केही भिडियो झलक:



कार्यक्रमको संयोजन श्रीजना पन्त, श्याम तामाङ, युबराज भण्डारी र उदय स्थापितले गर्नुभएको थियो भने उद्घोषण रामकाजी मोक्तान, हेमन्त दाहाल र ज्ञानेन्द्र पोख्रेलले गर्नुभएको थियो।

क्यानाडाली नेपाली बेली डान्सर स्वेच्छा पोख्रेलको प्रस्तुती:



अन्य साँगितिक भिडियो अर्काइभ तल हेर्नुहोस्।

उता फुटबल टिममा Team NCCS, Team NCNC, Team NJAC (Bramton), Team Ottowa, Team ANQ, Toronto Torpido र थिए। Team Ottowa प्रथम हुन सफल भयो भने Team NJAC दोश्रो भयो। म्यान अफ दि म्याच समिर राइ (ओट्टवा टिम) भए।



प्रथम बिजेता टिम Team Ottowa लाई राजदूत घिमिरेले ट्रफी र पाँच सय डलर नगद पुरस्कार प्रदान गर्नु भयो भने दोश्रो बिजेता टिम Team NJAC लाई अध्यक्ष नबराज गुरुङले पदक र तीन सय डलर नगद पुरस्कार प्रदान गर्नु भएको थियो।

खेलकूद प्रतियोगिताको संयोजन गणेश राइ, कमल पुन, सुभाश केसी, शङ्कर खड्का र सन्तोष कनेलले गर्नुभएको थियो।

 

-Pradeep Thapa Magar in Toronto, Canada. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 

Singer Ishwar Thapa Magar's performance:


Montreal City, Quebec, Canada. Photos: eEyeCam.com

 

Places of Interest in Montreal City, Quebec, Canada:


 

एनआरएन क्यानाडाको तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न
More photos of opening ceremony, cultural event & Montreal City
All Pages

Page 1 of 2

 

 



 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?