Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्यानाडामा पाँचौं नेपाली मेला Himalayan Festival सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Rashmi Thapa Magar & Chanda Pun Magar   
Monday, 23 August 2010 16:44

क्यानाडा- नेपालीज क्यानाडियन कम्युनिटी सर्भिसेस (NCCS) ले बिगत ५ बर्षदेखी आयोजना गर्दै आएको पाँचौं हिमाली मेला क्यानाडाको टोरन्टो शहरमा सम्पन्न भएको छ।



Famous Nepali musician and singer Shambhujeet Baskota performing at the 5th Annual Himalayan Festival in Toronto, Canada on August 22, 2010. Photos: Rashmi

उक्त मेलाको उद्घाटन क्यानाडाकालागि नेपाली राजदूत डा. भोजराज घिमिरेले गर्नु भएको थियो । वहाँले 'नेपाली कला र सँस्कृतिलाई हामीहरु जहाँ, जुन देशमा गए पनि बचाउनु पर्दछ । हाम्रो पहिचान नेपालीपनलाई चिनाई राख्न आजको यो मेलाले ठूलो भूमिका खेल्ने छ' भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।



स्वागत मन्तव्य मेलाका कोअडिनेटर विना बर्माले गर्नु भएको थियो । त्यसको साथै एनआरएन क्यानाडाका अध्यक्ष नवराज गुरुङ्ग, विश्व बर्मा, टोरोन्टोका एमपीपी माईक कालेले कार्यक्रमलाई आवश्यक परेका खण्डमा सहयोग गर्ने आश्वासन दिनु भएको थियो ।


Nepali belly Dancer Swechchha Pokhrel. Photos: Rashmi

नेपाली कला सँस्कृति झल्कने विभिन्न नाँचगानकासाथै नेपालका चर्चित सँगितकार सम्भुजित बासकोटाले करिब डेढ घण्टा गीत गाएर उपस्थित कयानाडाली नेपालीहरुलाई भरपुर मनोरन्जन दिन सफल भएका थिए। वहाँको गीतमा पूर्ण मनोराजन लिदै नेपालीहरु मँच नै उचाल्ला जस्तै गरी कम्मर भाँची भाँची नाचेका थिए ।

उक्त मेलाको युएस नेपाल अनलाइन र टोरन्टो नेपाल डट कमले प्रतक्ष प्रसारण गरेको थियो, हेर्नुहोस्:



कार्यक्रमको अन्तमा नेपालीज क्यानाडियन कम्युनिटी सर्भिसेस (NCCS) लाई विशेष सहयोग पुर्याउनेहरुलाई सम्मान पत्र सँस्थाका अध्यक्ष सुरज भण्डारी र राजदूत डा.  घिमिरेले प्रदान गर्नु भएको थियो । सम्मान पत्र पाउने व्यक्तिहरुमा सँगितकार सम्बुजित बास्कोटा, संजीव रिजाल, सुरज श्रेष्ठ, संस्थापक NCCS अध्यक्ष विश्व बर्मा, आलोक श्रेष्ठ र मदन केसी हुनुहुन्थ्यो।


Ambassador Dr. Bhojraj Ghimire distributing appreciation letters to honorees.

मेलामा विभिन्न नेपालीपन झल्काउने परिकारहरु मःम, सेल रोटी, आलुदम, सेकुवा आदि र नेपाली व्यवसायीहरुको स्टाल राखेका थिए । मेलामा करिब ३००-४०० नेपाली र क्यानाडालीहरुको सहभागीता रहेको थियो ।

-Rashmi Thapa Magar & Chanda Pun Magar in Toronto, Canada

Read related news from Canada:

-क्यानाडाको टोरन्टोका नेपाली ब्याबसायीहरुसंग जम्काभेट: भाग-१

-एनआरएन क्यानाडाको तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न

More at: http://www.usnepalonline.com/canada-nepalese-news/



Photos: Rashmi








Photos: Rashmi








Photos: Rashmi Thapa

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?