Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कू प्रकरणमा सेनापति, काङ्ग्रेस, एमाले र माओवादीको भूमिकालाई कसरी हेर्ने ? PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Bisham Nepali   
Monday, 27 April 2009 14:22
Canada, अहिलेको 'कू' र कार्वाही प्रकरणलाई प्रतिकृयाबादीहरुको माओबादीलाई 'सुधार्ने' सुनियोजित प्रयासको एउटा खुड्किलोको रुपमा हेरिनु उचित हुन्छ। नयां ‘राजा’ रुक्माङ्गद कट्टुवालले नेतृत्व गरेको (शाही) नेपाली सेना परम्परागत राजतन्त्रको अवसानसंगै सम्पूर्ण प्रतिकृयाबादीहरुको नया मियो बनेको छ।
बर्गबिहिन समाजको चाहना राख्नेहरु, बर्गीय समाज रहेसम्म आफ्ना प्रत्येक कृयाकलापहरुलाई बर्ग संघर्षको रुपमा हेर्ने गर्दछन्। एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओबादी) साम्यबादलाई आफ्नो अन्तिम लक्ष बनाएको राजनैतिक दल भएकोले यसको प्रतिकृयाबादी सत्ताको सरकारमा उपस्थितिलाई पनि बर्ग संघर्षको नयां मोर्चाको कमाण्ड समालेर छेडिएको नया युद्धको रुपमा हेरिनु पर्दछ। यदी यो तेहि खाले युद्ध हो भने, उचित तयारी र बिशेष चनाखो नहुने हो भने यो खाले टाउकोमा टेकेर ढाडमा हान्ने कालिदाशबादी नीतिले या त आक्रमणकारी आफैलाई भष्म पार्न सक्छ, या प्रतिकृयाबादी विष बृक्षको टुप्पोमा बसेर जरा काट्ने कोशिस गर्ने कालिदाशरुपि माओबादी नेतृत्व स्वयम बृक्षको कुरुप ऐजेरुमा परिणत हुन सक्छ।
माओबादी नेतृत्वको भनाइलाई पत्याउने हो भने, उनिहरू अझै पनि बर्ग संघर्षको मैदानमा नैं छन् र यो सत्ता आरोहण दश बर्षे जनयुद्धकै नया कडी हो, तर ब्यबहारले तेसो भनि रहेको छैन। एमाले, काङ्ग्रेस लगायत प्रतिकृयाबादी र यथास्थितिबादी शक्तिहरु पनि आधा मनले माओबादी नेतृत्व अझै क्रांतिकारी नै छ कि भनेर सङ्का गरेर उसको बचेखुचेको क्रांतिकारितालाई कसरी समाप्त गर्ने भन्नेमा तल्लिन छन् भने आधा मनले अब माओबदी पनि एमालेकै बाटोमा गयो भनेर ढुक्क छन्। एमाले ले आफ्नो घोसित नीति नै माओबादीलाई 'सुधार्ने' बनाएको छ। यथास्थितिबादी र पुनरोत्थानबादी पश्चगामी शक्तिहरु सेना र कर्मचारीलाई उचालेर 'नसुध्रे राजनैतिक भविश्य नहुने' सङ्केत माओबादी तर्फ प्रसारण गरिरहेका छन्।
पशुपतिको पूजारी भरणा प्रकरणमा होस या (शाही) नेपाली सेनाले सरकारका प्रत्येक आदेशहरुलाई उल्लङ्घन गर्ने र अन्तत: राज्य बिप्लवको तयारी गर्ने सम्मका कुरामा प्रतिकृयाबादीहरुको एउटै स्वर र  समर्थन सैनिक तानाशाही तर्फ लक्षित छ।
अहिलेको 'कू' र कार्वाही प्रकरणलाई पनि प्रतिकृयाबादीहरुको माओबादीलाई 'सुधार्ने' सुनियोजित प्रयासको एउटा खुड्किलोको रुपमा हेरिनु उचित हुन्छ। यसै आधारमा हेर्दा नेपाली राजनैतिक दलहरुको वर्ग संरचना र वर्ग पक्षधरता पनि प्रष्ट देखिएको छ। नयां ‘राजा’ रुक्माङ्गद कट्टुवालले नेतृत्व गरेको (शाही) नेपाली सेना परम्परागत राजतन्त्रको अवसानसंगै सम्पूर्ण प्रतिकृयाबादीहरुको नया मियो बनेको छ। आधारभूत रुपमा आफ्नो वर्गीय आधार सामन्तबादी भएको राप्रपाका बिभिन्न अवतारहरु, दलाल नोकरशाही पूँजीबादी वर्ग प्रधान आधार भएको नेपाली काँग्रेस र यसका अवतारहरू र मद्ध्य वर्गीय खिचडीबाद हाबी भएको एमाले आदी सबै नेपाली राजनैतिक दलहरुले आआफ्नो चरित्र प्रष्ट देखाए।
शाही सेनाले सामन्तबाद, साम्राज्यबाद र दलाल नोकरशाही पूँजीबादको नेतृत्व गरे पनि, यसले महेन्द्रबादी राष्ट्रबादको समेत पक्षपोषण गर्ने भएकोले तराइका प्रतिकृयाबादी वर्गहरुको प्रतिनिधित्व राम्ररी गर्न सकेको छैन। यसर्थ सरकारका साझेदार मधेशबादी दलहरुले नायां राजा कट्टुवाललाई कार्वाही गर्ने कुराको खुलेर बिरोध गरेनन्। बांकी राजनैतिक दलहरुको वर्ग पक्षधरता प्रष्टै भएकाले चर्चा गरिरहनु आवश्यक भएन। तर, एमाले नामक प्रतिकृयाबादी र सुधारबादी वर्गको राजनैतिक खिचडीले भने आफ्नो खिचडी गुण प्रष्ट उजागर गर्यो। एमालेको प्रतिकृयाबादी पक्षले सेनाको साथ दियो र सुधारबादी पक्षले अर्को राजनैतिक दलको सुधारबादी पक्षको साथ दियो, परिणामत: जो बढी थिए उनैको जित भयो एमाले भित्र। पेण्डुलम हल्लिइ रह्यो।
अब, प्रश्न उठ्छ, सबै तयार हुंदाहुंदै पनि 'कू' किन भएन? भारतको साथ थियो, अमेरिकाको साथ थियो,  तिनिहरुका नेपाली दलाल दलहरु र नेपाली दलहरु भित्रका दलालहरुको साथ थियो र पनि खुलारुपमा 'कू' भएन। किन राकेश सूदले एउटा हातले शाही सेनालाई धाप मार्दै अर्को हातले प्रचण्डलाई चेतवनी दिए? किन गिरिजाले असफल प्रचण्ड कुर्सी छोड सिधै भनेनन् र यतिदिन पछि मात्र सरकारको नेतृत्व गर्न सक्ने प्रष्टीकरण गरे?
यी सबै प्रश्नहरुको एउटै उत्तर हो - एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओबादी) लाई 'सुधार्ने'। माओबादी भित्रको सुधारबादी धार र एमाले भित्रको सुधारबादी धारको माथिबाट गरिने 'क्रान्ती' को 'नयां' 'प्रयोग' अहिले स्थगित भएको 'कू' ले जगजाहेर रुपमा गलत 'प्रयोग' प्रमाणित हुने थियो। त्यो, प्रकारान्तमा, प्रतिकृयाबादीहरुको क्रान्तिकारी बिचारमाथिको बैचारीक युद्दको पराजय हुने थियो र नेपाली र अन्तरराष्ट्रीय साम्यबादी आन्दोलनमा क्रान्तिकारी धारको बिजय हुने थियो।
यस प्रकरणले माओका तिन जादुगरी हतियारहरुको आबश्यकतालाई प्रष्ट्याको छ र जनसागरका माछा रुपी जनसेनाको महत्व दर्शाएको छ। यदी जनसेना जनताको बीचमा अझै पनि काम गरिरहेको हुन्थ्यो भने, पार्टी स्थानीय जनसरकारहरु मार्फत जनताका दैनिक समस्यहरु समाधानार्थ जुझीरहेको हुन्थो भने र तुष्टीकरणको राजनितिको सट्टा क्रान्तिकारी बर्गहरुको संयुक्त मोर्चालाई दर्बिलो बनाइएको हुन्थ्यो भने जनपृय दलको जनअनुमोदीत सरकारको आदेशलाई उल्लङ्घन गर्ने हुती शाही सेनासंग हुने थिएन।
जब कुनै साम्यबादी दलले माओको 'जनता र मात्र जनता ईतिहासका निर्माता र सम्बाहक हुन्' भन्ने उक्तिलाई भुलेर पूँजी, बिदेशी शक्तिहरु र कुनै ब्यक्ती र उसको चेतनालाई इतिहासको निर्माता मान्न थाल्छ, उसको अधोगती सुरु हुन्छ। नेपालका साम्यबादी भनाउन चाहने सुधारबादीहरुले पनि आर्थिक क्रान्तीको नाममा बिदेशी पूँजीको दलाली र बिदेशी शक्तिहरुको चाकडी, राजनैतिक दाउपेचको नाममा प्रतिकृयाबादी वर्गसंग सांठगांठ र वर्ग मित्रहरु बीचमा चाणक्य नितिका कुटिल खेललाई आफ्नो राजनैतिक कर्मको मुख्य पाटो बनाएका छन्।  यस्तो तरीकाले क्रान्ती हुने भए भारतको पश्चिम बङ्गाल संसारकै नमूना राज्य हुने थियो, नर्डिक देशहरु अहिले साम्यबादमा पदार्पण गरिसकेका हुने थिए र एमाले नेपालको सबै भन्दा क्रान्तिकारी दल हुने थियो।
साम्यबादी आन्दोलन भित्रका सुधारबादीहरुको बिदेशी पूँजीको भरमा गरिने आर्थिक क्रान्तीको हावादारी गफ र सहमतीको राजनितिका नाममा गरिने बर्ग समन्वयबादी अबस्तुबादी राजनैतिक कार्यदिसालाई मलजल गरेर नै प्रतिकृयाबादीहरुले नेपाली क्रान्तीलाई अस्थाइरुपमा रोक्न र विश्व क्रान्तिमा भ्रम छर्न सक्छन्। यसो गर्नलाई सुधारबादीहरुलाई अलिकति क्रान्तिकारी जस्तो र अलिकति सफल जस्तो पनि देखाउनु पर्ने हुन्छ। यो नीति माओबादी आन्दोलनमा लपेटिंदै गएको भारतकालागी भारतिय क्रान्तिलाई  मत्थर पार्ने सबैभन्दा अचुक नीति हुन सक्छ।
उपरोक्त कुराहरु प्रष्टरुपले बुझेका प्रतिकृयाबादीहरु साम्यबादी नामधारी सुधारबादीहरुलाई देखिनेगरी पराजित गरेर क्रान्तिकारी धारलाई दर्बिलो बनाउन चाहंदैन थे। तसर्थ, बाहिरबाट हेर्दा उनिहरुले सरकारलाई तर्साए मात्रै। तर, भित्री रुपमा हेर्ने हो भने 'कू' पुरा भैसकेको छ र 'कू' ले आफ्नो उद्देश्य पुरा गरीसकेको छ। आइन्दा कुनै पनि सरकारले प्रतिकृयाबादी सेनाको सर्बोच्चतामाथि प्रश्न चिन्ह सोझ्याउने चेष्ट गर्ने छैन। कुनै पनि राजनैतिक सक्तिले यथास्थितिको प्रगती, समानता र सामाजिक न्यायको पक्षमा काम गर्ने कोसिस गर्ने छैन। यदि कुनै माओका तिन जादुगरी हतियारहरु नबोकेको राजानैतिक दलले बर्तमान वर्ग सत्तालाई बदलेर नया श्रमजीबि वर्गको सत्ता स्थापना गर्ने चेष्टा गरे शाही सेनाले तर्साएरै ठिक लगाउने छ।
यही मेसोमा एकिकृत नेकपा (माओबादी) ले कट्टुवाललाई कार्बाही गरेरै छोड्ने निर्णय गरेको छ भने साम्यबादीहरु भित्रको सुधारबादी खेमाले यस्तो कार्यबाही सबैको सहमतीमा गरिने बताएको छ। बर्तमान बर्ग शक्ति सन्तुलनलाई हेर्ने हो भने सहमतीमा कार्यबाही गर्ने भनेको नाक जोगाउने अभिब्याक्ती भन्दा बढी केही पनि हुन सक्दैन। जुन शक्तीले अप्रत्यक्ष 'कू' को सफल मन्चन गर्यो त्यही शक्तिलाई जनताका तिन जादुगरी हतियार बिनै कार्यबाही गर्छु भन्ने सुधारबादी खेमाको बकम्फुसे गफ मात्रै हो। कथम कदाचित कट्टुवाल सुधारबादीहरुलाई सफल देखाउन तथाकथित राजनैतिक सहमतिलाई बाटो दिने नाममा आफ्नो पदबाट हटे भने पनि प्रतिकृयाबादीहरुको साझा मियो, शाही सेनालाई अझ बालियो र अझ निरङ्कुश बनाएर मात्र बिदा लिने छन्।
निचोडमा, नेपाली क्रान्तिका सम्बाहकहरुले जनसेनालाई अघोसित कारागारबाट बाहिर निकालेर जनकार्यमा लगाउनु, स्थानिय जनसरकारहरुको पुन: निर्माण गर्नु र क्रान्तिकारी वर्गहरुको सम्युक्त मोर्चालाई दर्बिलो गरी बिकास गर्नु अत्यन्त आवश्यक भईसकेको छ। अन्तिम बिजय नभएसम्म निरन्तर वर्ग संघर्ष र आबश्यकता अनुसारको जनयुद्धको बिकाल्प छैन।
-Bisham Nepali in Canada

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?