Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

क्यानाडामा भानु जयन्ति सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Gopikrishna Kafle   
Tuesday, 20 July 2010 08:28

टोरन्टो- गैरआवासीय नेपाली संगठन (NRN) क्यानाडाको भाषा, साहित्य तथा संस्कृति विभागद्धारा भानु जयन्ति सम्पन्न गरिएको छ।



"हामी दु:खीका दु:खी छौं
पुजा गरिरहेकाछौं भगवानको
भगवान हाम्रालागि केही गर्दैनन्
वा
भगवान एउटा मिठो भ्रम हो"

गैरआवासीय नेपाली संगठनका भाषा साहित्य तथा संस्कृति विभागद्धारा आयोजित भानु जयन्ति मनाउन सय जना नेपालीहरुका माझ राष्ट्रिय प्रमुख मुक्ति गौतम यसरी क्यानाडाको टोरन्टोको स्कार्बरोमा कविता पढिरहेका थिए ।

एनआरएन क्यानाडा सचिव कवि गोपी काफ्लेले भानुभक्तको योगदान र महत्वकोवारेमा प्रकास पार्दै एनआरएनहरुकावीचमा नेपाली भाषाको प्रचारकालागी नयाँ भानुभक्तको आवश्यक भएको बताउनु भयो । नेपाली क्यानडियाली सन्जालका संयोजक किरण पन्त नेपाली संकृति र भाषा साहित्यको उन्ययनको लागी यस्ता कार्यक्रम भविश्यमा पनि निरन्तर गरिने प्रकास पार्दै आफ्नो कविता वाचन गर्न भएको थियो ।

कविता वाचनसंगै मन्तब्यका क्रममा जन सास्कृतिक महासंघका विदेश विभाग सचिव कुसुम ज्ञवालीले नेपाली साहित्य अब नेपाली भाषामा मात्र लेखिएर नपुग्ने भएकाले नयाँ एनआरएन पुस्ताले अन्य भाषामासमेत नेपाली साहित्यको लेखनको सुरुआत भएको बताउनु भयो ।

नेपाली क्यानडाली सामुदायिक सेवाका उपाध्यक्ष रामपौडेल, डा. तुलसी धरेल, कवि भावना पोखरेलले आआफ्ना कविता सुनाउनु भएको थियो । यसै गरी नविन बैध्य, गोपी काफ्ले, मेधावी गौतम, ऋषी वास्ताकोटी, जनकराज गौतम, राधिका खरेल, साधना रिसाल, स्वर्णिम गुरुङ, अनुसयाना गौतम, अनि भट्टराइलगायत दुइ दर्जन बढी साहित्यकारले कविता बाचन गरे । भानु जयन्तिकै अबसर पारेर नेपाली युवा समुदाएका विचमा मैत्री पूर्ण फुटवल म्याच पनि सम्पन्न भयो ।

-Gopi Krishna Kaphle

Editor-in-Chief
Chautari magazine
Canada

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?