Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्वको तेश्रो अग्लो टावर CN Tower बाट टोरन्टो शहर चियाउँदा PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Administrator   
Monday, 23 August 2010 17:03

Special video feature & photos: टोरन्टो- क्यानाडाको टोरन्टो शहरस्थित विश्वको तेश्रो अग्लो टावर CN Tower बाट टोरन्टो शहरलाई ३६० डिग्री हेराइबाट नियाल्दाको मजा अर्कै हुन्छ। टोरन्टो स्थित युएस नेपाल अनलाइनकि प्रतिनिधि चन्दा पुन मगरले त्यस्तै मजा लुटेकिछिन्, हेर्ने होइन उक्त रोमान्चक भिडियो?



World's 3rd tallest CN Tower in Toronto, Canada. Photos: eEyeCam.com

यो टावरको सबैभन्दा माथिल्लो हेर्ने तल्ला स्काइ पोड (Sky Pod) ४४७ मिटर अर्थात १४६५ फिट उचाइमा अबस्थित छ। यहाँबाट टोरन्टो शहरको ३६० डिग्री हेराइ गर्न सकिन्छ।

त्यो मुनिको लूक आउट (Look Out) अब्जर्भेसन डेक ३४६ मिटरमा अबस्थित छ। यो डेकसंगै ३६० रेस्टुरेन्ट छ।


Look Out Observation Deck, Glass Floor & 360 Restaurant are located at this deck.

यो टावरको टुप्पो सम्मको उचाइ ५५३.३ मिटर अर्थात १८५५ फिट रहेको छ। बर्षमा २० लाखभन्दा बेशी मान्छेले यो टावर हेर्न जान्छन्।

सन् १९७३-७६ बिच निर्माण गरिएको यो CN Tower दुबइको बुर्ज खलिफा ८२८ मिटर (२७१७ फिट) र चिनको ग्वाङ्जु टिभी तथा साइट्सिन टावर ६०० मिटर (१९६८.५ फिट) पछि विश्वको तेश्रो अग्लो टावर हो।

टावरको एलेभेटर २२ किलोमिटरप्रति घण्टाको दरले हुइकिन्छ। टावरको तलदेखी लूक आउट तल्लासम्म पुग्न ५८ सेकेन्ड मात्र लाग्दछ।

टावरको माथिल्लो तल्लाबाट कति टाढा सम्म देख्न सकिन्छ ? न्यू योर्क राज्यकोको रोचेस्टर शहर देख्न सकिन्छ।

टावरको आकर्सण सिसै सिसाको भुइँ भएको तल्ला ३४२ मिटर उचाइमा रहेको छ। सिसामा हिड्दा र उफ्रिदा आङ नै सिरिङ्ग हुन्छ। किन कि त्यहाँबाट ३४३ मिटर मुनी रहेको जमिन र घर साना देखिन्छन् भने मान्छेहरु कमिला जस्ता देखिन्छन्।

हाम्रा प्रतिनिधि चन्दा पुनले मजाक गर्दै सिसाको भुइँमा उफ्रिएर आत्महत्या गर्न लागेको भिडियो रमाइलो छ। हेर्नुहोस्:

CN Tower- World's 3rd tallest, Toronto, Canada, August 16, 2010-I



CN Tower- World's 3rd tallest, Toronto, Canada, August 16, 2010-II

 

-Pradeep Thapa Magar in Toronto, Canada. Comments? 917-570-1098. Or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Find us at: http://www.facebook.com/usnepalonline
http://twitter.com/pradeepthapa

Read related news from Canada:

-क्यानाडामा पाँचौं नेपाली मेला Himalayan Festival सम्पन्न

-विश्वको तेश्रो अग्लो टावर CN Tower बाट टोरन्टो शहर चियाउँदा

-क्यानाडाको टोरन्टोका नेपाली ब्याबसायीहरुसंग जम्काभेट: भाग-१

-एनआरएन क्यानाडाको तेश्रो राष्ट्रिय सम्मेलन सम्पन्न



Toronto City


Chanda Pun Magar. Photos: eEyeCam.com


Chanda Pun Magar with Bishnu Pokhrel & his wife Hasina Shrestha. Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?