Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न अन्तराष्ट्रिय जगतलाई आह्वान गर्दै १० बुँदे सगरमाथा घोषणा पत्र जारी PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Friday, 04 December 2009 13:08

काठमाण्डौ- सगरमाथाको आधार शिविर कालापत्थरमा बसेको मन्त्री परिषद्को बैठकले जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न अन्तराष्ट्रिय जगतलाई आह्वान गर्ने निर्णय गर्दै १० बुँदे सगरमाथा घोषणा पत्र जारी गरेकॊ छ ।



१८ हजार १ सय ९२ फिट उचाईमा रहेको कालापत्थरमा मंसिर १९ गते बसेको बैठकले जलवायु परिवर्तनको प्रभावबाट प्रत्यक्ष रुपमा प्रभावित एसियाका पर्वतीय मुलक र अन्य पक्षराष्ट्रहरुसँग सहकार्य गर्ने प्रतिवद्धतासमेत जनाएको छ ।

बैठकपछि सोलुखुम्वुको स्याङ्बोचेमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री माधबकुमार नेपालले जलवायु परिवर्तनले स्थानीय जनजाति, दलित, महिला, पिछडिएका समुदायमाथि पर्नसक्ने असरकाबारेमा अध्ययन तथा न्युनिकरणका लागि राष्ट्रियस्तरको जनचेतना अभियान सुरु गरिने बताए।

घोषणापत्रमा जलवायु परिवर्तनको प्रारुपहरुको विकास एवं क्षमता अभिवृद्धिको अवलम्बन गर्ने, पर्यावरणको संरक्षण गर्न २० प्रतिशत संरक्षित भु-भागलाई २५ प्रतिशतमा बृद्धि गर्ने र ४० प्रतिशत बन क्षेत्रलाई सुदृढ गर्ने निर्णय गरेको छ । जस अनुसार गौरीशंकर र दार्चुलाका २१ गाविसलाई समेटेर अपिनपा संरक्षण क्षेत्र घोषणा गरिएको छ ।

बाँके राष्ट्रिय निकुजलाई नयाँ राष्ट्रिय निकुजको रुपमा घोषणा गर्ने बताइए पनि अन्तिम समयमा आएर स्थगित गरिएको छ । त्यसैगरी, विश्व समुदायको जलस्रोत, कृषि, जैविक विविधता, बन, मानव जिवन लगायतको क्षेत्रमा परेको प्रभावलाई सम्वोधन गर्न नेपालको कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न विश्व समुदायको सहयोग प्राप्त गर्ने अपेक्षासमेत गरिएको छ ।

यसैगरी, विकसित राष्ट्रले कूल गार्हस्थ उत्पादनको कम्तीमा एक दशमलब ५ प्रतिशत 'जलवायु अनुकूलन कोष'मा योगदान गर्ने प्रस्तावमा नेपालले समर्थन जनाएको छ ।

मानव कृयाकलापबाट जलवायु परिवर्तनबाट भयावह स्थिति सृजना हुन नदिन वायुमण्डलमा हरितगृह ग्याँसको मात्रा ३५० पीपीएम भन्दा घटी हुन नहुने र पृथ्वीको सतहको औसत तापक्रम १ दशमलब ५ सेन्ट्रिग्रेड भन्दा बृद्धि नगर्न हरित गृह ग्याँस उत्सर्जनकर्ता राष्ट्रहरुलाई नेपालले आग्रह गरेको छ ।

डेनमार्कको कोपनहेगनमा आगामि शनिबारबाट सुरु हुने जलवायु परिवर्तन सम्वन्धी १५ औं शिखर सम्मेलनमा पनि १ दशमलब ५ सेन्ट्रिग्रेड तापक्रम सम्बन्धि मुद्दा मुख्य एजेण्डा छ ।

विभिन्न उद्योगबाट उत्पादन हुने कार्वनका कारण विश्व जोखिममा परेकाले औद्योगीकरणलाई व्यवस्थित गर्न नेपालले सबै राष्ट्रहरुलाई आग्रह गर्ने भएको छ ।

मन्त्री परिषद्को बैठकका लागि प्रधानमन्त्री नेपाल १ सय ९ जनाको जम्बो टोलीसहित मंसिर १८ गते लुक्ला गएर बसेका थिए । बैठकका लागि २६ मन्त्री, ३८ राष्ट्रिय र १८ जना अन्तराष्ट्रिय सचारकर्मी लगायत चिकित्सक, सचिव र सुरक्षाकर्मीका साथै राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी कालापत्थर पुगेका थिए ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?