Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

पहिलो हिमाली बैठक राजा बिरेन्द्रको पालामा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 04 December 2009 13:09

काठमाण्डौ- नेपालको इतिहासमा मन्त्री परिषदको बैठक दोश्रो पटक हिमाली क्षेत्र अर्थात सगरमाथाको पहिलो आधार शिविर कालापत्थरमा शुक्रबार बस्यो । धेरैले यसलाई उच्चस्थलमा भएको नेपालको पहिलो मन्त्री परिषद बैठकको रुपमा लिएका छन् । तर अधिकांसलाई थाहा नभएको कुरा के हो भने, यसअघि २०३१ सालमा हिमाली क्षेत्रमा यसरी मन्त्री परिषदको बैठक हिमाली क्षेत्रमा बसेको थियो ।



तत्कालिन राजा बीरेन्द्रको उपस्थितिमा मुस्ताङ्गमा यसरी मन्त्री परिषदको बैठक आयोजना गरिएको थियो । मुस्ताङ्गलाई आधारभूमि बनाएर छिमेकी चीनविरुद्ध सशस्त्र संघर्ष गरिरहेका खम्पाहरुलाई परास्त गरिएपछि तिब्बती खम्पा विद्रोहीहरुले आफ्नो हेडक्वार्टरको रुपमा प्रयोग गरेको मुस्ताङ्गको केशाङ्ग क्याम्पमा मन्त्री परिषदको बैठक बसेको थियो ।

दोश्रो पटक सगरमाथाको आधार शिविरमा आयोजना गरिएको हिमाली क्षेत्रमा बसेको दोश्रो मन्त्री परिषद बैठकले विश्वको ध्यान जसरी आकर्षित गर्न सफल भयो त्यो बेलाको खम्पा अपरेशनलेपनि विश्वको ध्यान आकर्षित गरेपनि यसरी काठमाडौं बाहिर त्योपनि उच्च हिमाली क्षेत्रमा मन्त्री परिषदको बैठक भएको कुरा सार्वजनिक भएको थिएन ।

तिब्बति धार्मिक नेता दलाई लामा तिब्बतबाट भारततर्फ लागेपछि नेपाल तथा भारतमा शरणार्थी जीवन बिताइरहेका शरणार्थीहरुले नेपाललाई आधारभूमि बनाएर चीन विरुद्ध संघर्ष थालेका थिए । करिव दुई दशकसम्म मुस्ताङ्गलगायतका हिमाली क्षेत्रबाट सशस्त्र संघर्ष सन्चालन गरेका उनीहरुलाई चीनको अनुरोधमा २०३१ सालमा नेपाल सरकारले निशस्त्रीकरण गरेको थियो ।

अधिकांस खम्पाहरु निशस्त्रीकरणकालागि तैयार भएपनि मुख्य कमाण्डर गे वाङ्गदी भने हतियार बुझाउन तैयार भएनन् । त्यसपछि खम्पाहरुबिरुद्ध तत्कालिन शाही नेपाली सेनाले अपरेशन थालेको थियो । मुस्ताङ्गको कैशाङ्गस्थित आफ्नो हेडक्वार्टरबाट भाग्न सफल भएका वाङ्गदीलाई नेपाली सेनाले दार्चुलाको लिपुलेकमा घेराहाली मारेको थियो । यसरी खम्पाहरुलाई पराजित गरेको खुसीयालीमा पहिलो पटक हिमाली क्षेत्रमा मन्त्री परिषदको बैठक बसेको थियो ।

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?