Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जलवायु परिवर्तन (climate change) सम्बन्धी छलफल अब जिल्लातिर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devika GM   
Thursday, 04 March 2010 13:26

दाङ- जलवायु परिवर्तनका विषयमा विश्वव्यापी बहस चलिरहेको बेला दाङमा जलवायु परिवर्तन (climate change) सम्बन्धी काम गर्नका लागी जिल्लास्तरिय गैरसरकारी संस्थाहरुको संजाल निर्माण गरिने भएको छ ।

जैविक विविधता अनुसन्धान तथा विकाशका लागी स्थानिय पहल 'लिबर्ड' को आयोजनामा बिहिवार दाङको घोराहीमा 'जलवायु परिवर्तन, असरहरु र समाधानका बाटोहरु' विषयमा जिल्लाका संचारकर्मी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुबिच गरेको कार्यक्रममा जिल्लामा जलवायु परिवर्तनको विषयमा काम गर्नका लागी संजाल गठन गरिने निर्णय भएको हो । जसका लागी स्वान देउखुरी र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङलाई कोर्डिनेशनको जिम्मा दिईएको छ ।

जलवायु परिवर्तन सम्बन्धी गैर सरकारी संस्थगाहरुको नेतृत्व गर्ने गरी यि दुई संस्थाहरुलाई जिम्मा दिईएको हो ।

सो अवसरमा जलवायु कार्यपत्र प्रस्तुत गर्दै लिबर्डका कार्यक्रम अधिकृत केशव थापाले प्रति दशक नेपालको तापक्रम ०.४१ डिग्री सेिल्सयस प्रतिशतले बृद्धि भैरहेको जानकारी दिनुभएको थियो । जलवायु परिवर्तन सम्बन्धी हालसम्म देखिएका केही तथ्यहरुको वारेमा जानकारी दिँदै उहाँले विगत २५ वर्षमा नेपालको तापक्रम बृद्धि ०.०४ देखी ०.०९ डिग्री सेल्सीयस ०.०६ डिग्री सेल्सीयस औसतमा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा नेपालको औसत वर्षा १३ मिलिमिटरले घटेको जानकारी दिईएको थियो । जलवायु परिवर्तनका केही उदाहरणहरु दिदै सन् १९०६ देखी २००५ सम्म विश्वको औसत तापक्रम ०.७४ डिग्री सेल्सीयसले बृद्धि भएको र सन् १९८० देखी २००५ सम्म ०.४४ डिग्री सेल्सीयसले बृद्धि भएको जानकारी दिईएको थियो ।

मानवनिर्मित तथा प्राकृतिक कारणहरुले गर्दा जलवायु परिवर्तनका असरहरुमा बृद्धि भैरहेको उल्लेख गर्दै बृद्धि भैरहेको हरितगृह ग्यास (green House gas) हरुको मात्रामा कम गर्न सके जलवायु परिवर्तनलाई केही मात्रामा रोक्न सकिने बताईएको थियो ।

कार्यक्रममा जलवायु परिवर्तनका असरहरु; पानी, हिमताल फुटेर बाढी आउने बाढी र खडेरी, प्राकृतिक स्रोतहरुमा असर, कृषि तथा चरन भुमिमा असर, मानव स्वास्थ्य तथा भौतिक पुर्वाधारहरुमा क्षति हुने बताउँदै यसको असरलाई कम गर्नका लागी हरितगृह ग्यासको मात्रामा कम गराउँने, हरितगृह ग्यासको उत्पादनमा कम गर्ने असरहरुलाई कम गर्ने, जीवीकोपार्ज सहज बनाउने, जोखिम कम गर्ने जस्ता कार्यहरु गर्न सके जलवायु परिवर्तनका असरहरुलाई केही रुपमा कम गर्न सकिने जानकारी दिइएको थियो ।

कार्यक्रमको सहजीकरण लिबर्डका अपार पौडेल, पुष्प शर्मा, जिवनाथ शर्मा लगायतले गर्नुभएको थियो ।

-Devika GM in Dang

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?