Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जलवायू परिवर्तनसम्वन्धी शिखर सम्मेलन नेपालका लागि उपलव्धीमुलक नभएको प्रधानमन्त्रीको दाबी PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Santa Bagam   
Sunday, 20 December 2009 18:30

काठमाण्डौ- प्रधानमन्त्री माधवकुमार नेपालले जलवायू परिवर्तनसम्वन्धी शिखर सम्मेलन नेपालका लागि उपलव्धीमुलक नभएको स्विकारेका छन् ।

डेनर्माकको राजधानी कोपेनहेगनमा सम्पन्न शिखर सम्मेलनमा सहभागी भएर पुस ५ गते फर्केका प्रधानमन्त्री नेपालले सम्मेलनमा विकसीत देशहरुले गरिव देशको समस्या नसुनेका कारण सामुहिक निर्णय गर्न सम्मेलन असफल भएको धारणा राखे ।

शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री नेपालको परिवार तथा नाती, नातीनी सहित वन मन्त्री दीपक वोहोरा घरबाट मात्रै ९ सदस्यसमेत गरेर सरकारी ढुकुटी रित्याएर नेपालबाट त्यहाँ ८० भन्दा बढी पुगेका थिए । सम्मेलनमा आफुले कालापत्थर बैठक तथा जलवायु परिवर्तनबाट नेपालको हिमाली क्षेत्रमा परेका प्रभावको विषयमा विश्वकॊ ध्यान आकर्षण गराएको प्रधानमन्त्रीले जानकारी दिएका छन् ।

प्रधानमन्त्री नेपालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि पहल गर्ने भन्दै मुलुकको निकासकालागि सहमति र सम्बाद भन्दा अर्को बिकल्प नरहेको बताए । माओबादीलाई आमहड्ताल फिर्ता लिन आग्रह गर्दै उनले छिट्टै माओबादीका अध्यक्ष प्रचण्डसंग भेटेर निकासकालागि परार्मश गर्नेसमेत उल्लेख गरे ।

प्रधानमन्त्री नेपाललाई गौशलामा माओवादीले कालोझण्डा देखाएका थिए । वन्दका कारण वानेश्वर क्षेत्रमा तनाव भएपछि प्रधानमन्त्री नेपाल सहितको सरकारी टोली एयरपोर्टबाट गौशला, रातोपुल हुदै बालुवाटार तर्फ जानेक्रममा प्रदर्शनकारीले गौशलाचोकमा कालो झण्डा देखाए हुन् ।

प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबिच गौशला चोकमा दुइ पटक झडप भएको थियो । शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा परि द हिमालयन टाइम्सका फोटो पत्रकार नवेश चित्रकार घाईते भएका छन् ।

यता वन्दको अवज्ञा गर्दै सुरक्षा कर्मिका साथ सवारी साधनमा सिहदरवार जादै गरेका स्थानिय विकाश मन्त्री चढेको गाडिमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । मन्त्री क्वाटरवाट सिहदरवार हिडेका स्थानिय विकाश मन्त्री रविन्द्र श्रेष्ठलाई प्रदर्शनकारीले कुपण्डेालमा अवरोध पुर्याएका हुन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?