Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मोटरबाटो पुगेपछि कृषि उत्पादनको मूल्य दोब्बर PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Devika GM   
Thursday, 04 February 2010 14:52

दाङ- गाउँ गाउँमा मोटरबाटो पुग्न थालेपछी अहिले कृषि उत्पादनमा पनि बृद्धि भएको कृषकहरुले अनुभव गर्न थालेका छन् ।

आफूले घरमै जमाएको दही प्रतिमाना बीस रुपैयामा बिक्री हुन थालेपछि दाङ टुनापानीका आशाराम बुढा हिजोआज मख्ख पर्न थालेका छन् । करीब छ महिना अघिसम्म प्रतिमाना सात रुपैयामा दिदासमेत बिकि् नहुने दहीको मूल्य बीस रुपैयामा घरमै बिकि् हुन थालेपछि बुढा मख्ख भएका हुन् ।

आशाराम बुढा मात्र होइन आँगन छेउको करेसाबारीमा रोपिएको तरकारी घरबाटै महङ्गो मुल्यमा बिकि् हुन थालेपछि तुलसीपुर-अम्वासकी इन्द्रकुमारी बिष्टपनि खुसी भएकिछिन् । तरकारी घरबाटै बिकि्र हुन थालेपछि बिष्टले छोरा छोरीलाई कापीकलम, घरका लागि नुनतेल किन्न कसैको भर पर्नु नपर्ने बताउनुभयो । आशाराम र इन्द्रकुमारी त उदारहणका पात्र मात्र हुन्। आफूहरुले उत्पादन गरेका कृषिजन्य उत्पादनले सजिलै बजार पाएपछि तुलसीपुर-७ का स्थानीयवासीले आफ्नो आर्थिक अवस्था उकस्न लागेको अनुभव सुनाउँछन् ।

नगरपालीका भएपनि छ महिना अघिसम्म सो वडामा मोटरबाटो पुगेको थिएन जसका कारण वडावासी चारघण्टाको पैदलबाटो हिडेर बजार आउने जाने गर्दथे । यातायातको राम्रो प्रवन्ध नहुँदा सो क्षेत्रमा उतपादन हुने कृषिजन्य वस्तुहरुले उचित मूल्य पाउन सकेका थिएनन् । स्थानीयवासी र तुलसीपुर नगरपालीकाको संयूक्त पहलमा केही महिना अगाडि मोटरबाटो निर्माण गरीएपछि त्यहा उत्पादन हुने कृषिजन्य वस्तुले उचित बजारभाउ पाउन थालेका हुन् । बजारको अभाव र ढुवानीको समस्याका कारण कम मूल्यमा बिकि् हुने कृषि उत्पादनले यातायातको सुविधासँगै दोब्बर मूल्य पाउन थालेपछि वडावासीले राहतको महसुस गरेका छन् ।

वडालाई मोटरबाटोले जोड्नुभन्दा अगाडि सात रुपैया माना रहेको दहीको मूल्य आजभोली बीसरुपैया माना पुगेको छ । त्यस्तै १ सय ३० रुपैया प्रतिकिलो बिकि् हुने कुखुरा आजभोली २ सय ५० रुपैया, १ सय १० रुपैया प्रतिकेजी पाइने जिउँदो खसी हिजोआज ३ सयमा विक्री हुनेगरेको छ । यी त उदारहण मात्र हुन्, अन्य कषि जन्यवस्तुहरुको मूल्य वृद्धि पनि यही दरले भएको स्थानीयवासीहरु बताउँछन् । 'गाउँमा बाटो पुगेपछि मूल्य पनि बढ्यो ग्राहक पनि यही आउँछन् बजारसम्म जानैपर्दैन' वडा विकाश सरोकार मचका अध्यक्ष यज्ञबहादुर बुढाले भन्नुभयो ।

-Devika GM in Dang

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?