Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर कि ८ हजार ८ सय ४४ मिटर ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 10 April 2010 15:21

काठमाडौं- सन् १९६२ मा नेपाल चीनबीच सीमा सम्झौता हुनुअघि सबैभन्दा ठूलो विवाद सगरमाथाको बिषयमा भएको थियो । अहिले यसको उचाइको बिषयलाई लिएर बिबाद चर्किएकोछ।

सगरमाथा कसको भागमा पर्छ भन्ने विवाद सगरमाथाको उत्तरी पाटो चीनको भागमा र दक्षिणी पाटो नेपालको भागमा पारेर सल्ट्याएको थियो । तर अहिले सगरमाथाको उचाई कति भन्ने विवाद दुई देशबीच चर्किएको छ । हिउँको भाग घटाएर सगरमाथाको उचाई घटाउनु पर्ने चीनको प्रस्तावमा नेपालले असहमति जनाएपछि दुई देशबीच सगरमाथाको उचाईबारे विवाद चुलिएको हो ।

सगरमाथाको उचाईका सम्बन्धमा देखिएको दुई देशबीचको विवाद द्विपक्षीय सिमा संबन्धी संयन्त्रको सातौं बैठकले पनि टुङ्ग्याउन सकेन । काठमाडौंमा यसै हप्ता भएको बैठकमा नेपालले नक्सामा सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर राख्नुपर्ने अडान पेश गरेको थियो भने मित्रराष्ट्र चीनले हिउँ बाहेक सगरमाथाको उचाई ८ हजार ८ सय ४४ हुनुपर्ने बताएको थियो ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव मुक्ति भट्ट र चीनको तर्फबाट बिदेश मन्त्रालयका बरिष्ठ सिमा सल्लाहाकार लि क्वाङयाउ गरेका थिए । नेपाली टोलीमा परराष्ट्र मन्त्रालयका साथै नापी विभाग र गृहमन्त्रालयका अधिकारीहरु सामेल थिए भने चिनिया टोलीमापनि विदेश, गृह मन्त्रालयलगायतका अधिकारीहरु रहेको बताइएको छ । यसअघि यससम्बन्धी बैठक चीनको राजधानी बेइजिङ्गमा भएको थियो ।

दुबै पक्षले आ आफ्नो प्रस्तावमा अडान लिएपछि एक हप्ता लामो द्धिपक्षीय बैठकले यसबारे कुनै निर्णय लिन सकेन । गत आइतबारदेखि सुरु भएको बैठक शुक्रबार विना निष्कर्ष टुङ्गिएको हो । २०६६ मंसिर भित्रै बस्ने प्राबिधिक समितिको बैठकले सगरमाथाको उचाईबारे टुङ्गो लगाउने निर्णय गरेको छ । सन् १९६० मा देखिएको विवाद दुई देशका प्रधानमन्त्री तहमा भएको आपसी समझदारीका आधारमा सल्ट्याइएको थियो ।

प्रत्येक १० बर्षमा दुई देशबीचको सीमा अद्यावधिक गर्नुपर्ने प्रावधान अुनसार सन् २००६ मा नेपाल चीन संयुक्त सिमा प्राबिधिक समितिले सीमा अध्ययन सुरु गरेको थियो । ५ वटा संयुक्त टोली बनाएर दुबै देशले दुई देशबीचको सीमा निरीक्षण गरेका थिए । त्यसमध्ये दोलखामा रहेको ५७ र ६२ नम्बरको सीमा पिल्लर हराएको भेटिएपछि केही असमझदारी बढेको थियो । यद्यपी त्यस सम्बन्धी असमझदारीको अन्त्य भैसकेको छ ।

ती टोलीहरुले अध्ययनपछि तयार गरेका नक्साका नमुनाहरुलाई सीमा संयन्त्रको बैठकमा पेश गरिएको थियो । सगरमाथाको उचाईबारे विवाद भएपछि सन् २०१० भित्रै सीमाङ्कनमा देखिएका समस्या टुङ्ग्याउने सहमति दुवै देशका अधिकारीहरुले गरेका छन् । श्रोतका अनुसार सिमा सम्बन्धी संयुक्त प्राबिधिक समितिले तयार गरेको सिमा नक्साका नमुनाहरु आगामी २०६६ मंसिर भित्रै सम्पादन भैसक्नेछ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?