Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

२० करोडको लागतमा नेचुरल एग्रीकल्चर कृषि फार्म PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Monday, 15 March 2010 18:20

रुपन्देही- कपिलवस्तुको जयनगर-१ ढिकेरीमा २० करोडको लागतमा नेचुरल एग्रीकल्चर फार्म बनाउन शुरु गरिएको छ ।
२० बिगाहा क्षेत्रमा फैलिएको फार्मको योजना शुरु भएको तिन वर्षसम्म २५ प्रतिशत काम भैसकेको छ । यस्तो योजना नेपालमा पहिलो पटक संचालन गर्न लागेको हुदा नमुना हुने फार्मका अध्यक्ष धुव्रकुमार तुलाचनले जानकारी दिए ।

रासायनिक मलको प्रयोगको नगरी अर्गानिक कृषि प्रणालिको विकास गर्ने उद्देश्यसहित फार्ममा बांसको प्रयोग गरेर व्यवस्थित तरिकाले स्थानिय जातको सय बढी बाख्रा पालन गरिएको छ ।

साथै बंगुर, पाडा, माछा पालन पनि भएको छ । फार्ममा ५ परिवारले कृषि पशुको स्याहार गर्दै आएका छन् । कपिलवस्तुको सर्प विषालु हुने हुदा त्यसको विष औषधीको रुपमा प्रयोगमा ल्याइने तरिकाले फार्म बनाइने छ । साथै हरेक तरिकाले काम लाग्ने ओष्ट्रिज जातको चरा पनि पाल्ने अध्यक्ष तुलाचनले बताउनुभयो । ओष्ट्रिजको मासु, छाला, प्वाख, हड्डी सबै महङगोमा बिक्री हुने गर्दछ । त्यसको लागि अण्डा ल्याएर कोरल्ने र ओष्ट्रिज उत्पादन हुने काम भैरहेको छ ।

स्नानिय युवालाइृ पुर्ण रोजगार दिई त्यहा लुम्बिनी र तिलौराकोट आउने पर्यटकलाई आकर्षित गर्ने पुर्वाधार बनाइने फार्म इन्जिनीयर के आर दाहालले बताए । विवाह मण्डप, भ्यू टावर, पार्क तथा पिकनिक स्थल बनाउने फार्म संचालकले जनाएको छ ।

-Chandrakant Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?