Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रधानमन्त्री ३ मिनट बोल्न ३८ जनाको लस्कर लिएर कोपेन्हेगनतिर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 14 December 2009 15:21

मन्त्री दीपक बोहोराको घरबाट मात्रै उनका नाती, भान्जा, भान्जी सहित ९ जना कोपनेहेगनमा
काठमाडौं- प्रधानमन्त्री माधवकुमार नेपाल जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलनमा भाग लिन डेनमार्कको कोपनेहेगन प्रस्थान गरेका छन् ।



मंसिर २९ गते ३८ जनाको जम्बो टोली सहित प्रधानमन्त्री नेपाल त्यसतर्फ लागेका हुन ।

थाई एवरवेजको विमानबाट उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री नेपालले विकाशील देशहरुले जलवायु परिवर्तनले पारेको प्रभावको बारेमा कुरा उठाउने जानकारी दिए । उनले पुस १ गते नेपालको तर्फबाट ३ मिनेट सम्मेलनमा सम्बोधन गर्ने छन् ।

शिखर सम्मेलनमा नेपालका तर्फबाट ४ जनाले मात्रै भाग लिन पाउने भएपनि झण्डै ८० जना त्यहाँ पुगी सकेका छन् । ४ वाहेकबाँकीले टिभी स्क्रीनबाट मात्रै सम्मेलनको अवलोकन गर्न पाउने छन् । विश्वका १९२ मुलुकले सहभागीता जनाउने शिखरसम्मेलनमा नेपाल सबैभन्दा बढी व्यक्ति लाने मुलुकमा दरिएको छ । वन मन्त्री दीपक बोहोराको घरबाट मात्रै उनका नाती, भान्जा, भान्जी सहित ९ जना कोपनेहेगन पुगेका छन् ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?