Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

जलवायु परिवर्तनलाई रोक्न सार्क राष्ट्रहरुलाई परमाणु मुक्त क्षेत्र बनाउन माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Wednesday, 30 December 2009 17:59

रुपन्देही- प्रकृति मानव केन्द्रित जन सार्क सम्मेलनले सार्क राष्ट्रहरुमा जलवायु परिवर्तनको असर कम गर्न ती देशहरुलाई तत्काल परमाणु मुक्त क्षेत्र बनाउन माग गरेको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पन्न दोस्रो जन सार्क सम्मेलनले सबैभन्दा बढी कार्वन उत्सर्जन गर्ने राष्ट्र अमेरिकाको प्रभाव दक्षिण एशियामा रोक्नुपर्ने निष्कर्ष निकाल्दै सार्क देशहरुको आपसी टकरावलाई हल गरेर खुला व्यापार र आवतजावतको बाटो खोल्नुपर्ने र त्यसका लागि भिषा पर्मिटको प्रावधान बन्द गर्नुपर्ने माग गरेको छ ।

जलवायु परिवर्तन सम्बन्धी कोपेनहेगन सम्मेलन अति कम विकसित मुलुकहरुका लागि पूर्णरपले असफल रहेको निचोड पनि जनसार्क सम्मेलनले निकालेको छ ।

जलवायु परिवर्तन सम्बन्धी विभिन्न प्रस्ताव पारित गर्दै् सम्मेलनले जलवायु परिवर्तनलाई रोक्न कार्बन उत्सर्जनको प्रकि्रयालाई तत्काल रोक्नुपर्ने ठहर गर्दै त्यसका लागि सबभन्दा बढी कार्बन उत्सर्जन गर्ने देशहरु अमेरिका, युरोप, चीन, क्यानडा, अष्ट्रेलिया, जापान, ब्राजिल, दक्षिण अफ्रिका र भारत जस्ता देशहरुलाई कार्बन उत्सर्जनमा रोक लगाउने प्रावधानको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

विश्वका लागि सबभन्दा ठूलो खतरा परमाणु, रासायनिक र जैविक हतियारहरुको रहेको ठहर गर्दै सम्मेलनले आत्मघाती हतियारहरुलाई समाप्त गर्न सबै देशका सैनिकहरुलाई पर्यावरण सम्वद्र्धन र मानवीय सहायता गर्ने संगठनहरुमा रुपान्तरण गर्दै सुरक्षा बजेटमा गरिने लगानीलाई सामाजिक सुरक्षा एवं वातावरण संरक्षणमा लगाउनुपर्नेमा जोड दिएको छ । प्रत्येक देशको ५० प्रतिशत भन्दा बढी बजेट कृषिमा लगानी गर्नुपर्ने र किसानहरुलाई सहकारितामा आधारित कृषि एवं कृषिमा आधारित उद्योगहरुमा विकसित गर्नको लागि प्रेरित गर्न पनि सम्मेलनले सुझाव दिएको छ ।

सम्मेलनले गरेका निर्णयहरु आज बुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । प्रकृति मानव केन्द्रित विकास मोडलको व्याख्या गर्दै सम्मेलनले पर्यावरणीय टिकाउपन, लोकतन्त्र, उचित समानता, उत्पादकता एवं चौतर्फी पारदर्शीताको सिद्धान्त अवलम्बन गर्न पनि सार्क राष्ट्रहरुलाई सुझाव दिएको छ ।

कार्यक्रममा सम्मेलन आयोजक समितिका संयोजक डा. डिबी िसंहले जलवायु परिवर्तनको समस्यालाई बजारको समस्याको रुपमा नलिइ जीवन र मृत्युको समस्याको रुपमा नबुझेसम्म यसको असर रोक्न नसकिने बताउनुभयो ।

चार दिनसम्म चलेको सम्मेलनमा सार्क राष्ट्रहरु नेपाल, भारत, बंगलादेश र भुटानका गरी ४ सय प्रतिनिधिको सहभागिता रहेको थियो । जन सार्कको तेस्रो सम्मेलन सन् २०१० को डिसेम्बरमा बंगलादेशमा गर्ने प्रस्ताव पनि सम्मेलनले पारित गरेको छ ।

-Chandrakant Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?