Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

निकुञ्जमा सेनाको गोलीबाट तीन महिलाको मृत्यु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Friday, 12 March 2010 02:01

सुर्खेत- बर्दिया राष्ट्रिय निकुञ्जमा काउलोको बोक्रा खोज्न गएका सुर्खेत हरिहरपुरका तीन स्थानीयको सेनाको गोलीबाट मृत्यु भएको छ ।

हरिहरपुर-२ बाँसपानीका ३३ वर्षिया अमृता बिक, १२ वर्षिया चन्द्रकला बिक र ३५ वर्षिया देवीसरा बिकको मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

उनीहरुको शव बिहीबार दिउँसो १ बजे कालिकास्थानमा भेटिएको स्थानीय नवराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान गाउँबाट ७ जनाको समूह काउलो खोज्नको लागि निकुञ्जमा गएको थियो ।

निकुञ्जमा बर्दिया ठाकुरद्धारास्थित ज्वालादल गणबाट गस्तीमा आएको नेपाली सेनाको टोलीले उनीहरुलाई भेटाएपछि तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेको केहीबेरमै उनीहरुको हत्या भएको भाग्न सफल स्थानीय गोपाल बिकले बताएका छन् ।

नेपाली सेनाले भने मृतकहरु चोरी सिकारी भएको दावी गरेको छ । सेनाको मध्यपश्चिम पृतनाले उनीहरुबाट तीन थान भरुवा बन्दुक र पासो, डोको, नाम्लोलगायतका सामानहरु बरामद गरेको जनाएको छ ।

सेनाले अर्का एक व्यक्ति कृष्णबहादुर बिक गोली लागी घाइते भएको र उनी निकुञ्जको हिरासतमा रहेको सेनाको मध्यपश्चिम पृतना स्रोतले जनाएको छ । पृतना मुख्यालयले चोरी सिकारीहरु करिब २५ जनाको समूहमा आएका जनाएको छ ।

यता स्थानीय बासिन्दाले भने सेनाको यस्तो विज्ञप्ती सुनेर महिला केटाकेटीसंग कसरी हतियार हुन सक्छ भनि अचम्ममा परेको तुला भारतीले बताउनु भएको छ ।

-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?