Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल दलित महिला उत्थान संघ (ADWAN) को १३ औं वार्षिक साधारण सभाद्वारा पाँच बुँदे काठमाडौं घोषणा पत्र जारी PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kamal Babu Pariyar   
Friday, 28 October 2011 23:35

Special: 6 photos: काठमाण्डौं- नेपाल दलित महिला उत्थान संघ (ADWAN) को १३ औं वार्षिक साधारण सभाद्वारा पाँच बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।


 

ADWAN Nepal founding President Bishnu Maya Pariyar addresing at 12th AGM of ADWAN in Kathmandu on October 13, 2011. Photos: eEyeCam.com

गत आईतवार काठमाडौंमा सम्पन्न उक्त साधारण सभा संस्थाकी संस्थापक तथा वर्तमान अध्यक्ष विष्णुमाया परियारको अध्यक्षतामा सम्पन्न भएको थियो।

अतिथिहरुको आसनग्रहणबाट सुरु भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार प्रदिप थापा मगरले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष पम्फा परियारले दिनु भएको थियो ।

२९ जना सदस्यहरुमध्ये २५ जना सदस्य तथा ३ सामाजिक सहजकर्ताहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा संस्थाका कर्मचारीहरुकोतर्फबाट राम नेपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो भने अतिथिकोतर्फबाट संस्थाका सल्लाहकार थापाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

ADWAN Members and guests at the AGM. Photos: Anil Pariyar, Kantipur FM

संस्थाकी सचिव विन्दु थापामगर परियारले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाकी कोषाध्यक्ष पम्फा परियारकोतर्फबाट आर्थिक प्रतिवेदन संस्थाका लेखाअधिकृत कमलबाबु परियारले प्रस्तुत गर्नुभएको थियो ।



संस्थाका भावि नीति तथा कार्यक्रम संस्थाकी उपाध्यक्ष गौरा नेपालीले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको नविन पाँच वर्षिय नमूना गाँउ परियोजनाकोवारेमा संस्थाका प्रमुख कार्यकारी निर्देशक खडगवीर थापा मगरले प्रकास पार्नु भएको थियो ।

ADWAN Secretary Bindu Thapa Magar Pariyar. Photos: eEyeCam.com

उक्त साधारण सभाको सन्चालन संस्थाकी उपाध्यक्ष गौरा नेपालीले गर्नुभएको थियो ।

सहभागी सदस्यहरुविच व्यापक छलफल पश्चात उक्त प्रस्तुत प्रतिवेदनहरु सभाद्वारा पारित भएपश्चात कार्यक्रमकी सभाध्यक्ष विष्णुमाया परियारले साधारण सभाले पारित गरेको पाँच बुँदे काठमाडौं घोषणा पत्र प्रस्तुत गर्दै सौहार्दपूर्ण वाताबरणमा कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो ।

ADWAN VP Gaura Nepali. Photos: eEyeCam.com

यस साधारण सभाले पारित गरेको घोषणा पत्रः

नेपाल दलित महिला उत्थान संघ (एड्वान) को बाह्रौं वार्षिक साधारण सभाद्वारा जारी
काठमाडौं घोषणा-पत्र

२०६८/०७/०६

१. ईडवन यूएसको आर्थिक सहयोगमा २०१२ देखि गाविसहरुलाई नमूना गाविस बनाउने अभियानलाई सफल बनाउन यस साधारण सभा प्रतिवद्धता जाहेर गर्दछ ।

१.१ ताक्लुंग गाविसलाई नमूना गाविस बनाउने हाम्रो संस्थाको अभियानलाई उक्त गाविसका गाविस कार्यालय, स्थानिय राजनैतिक दलहरु, महिला समूहहरु, सहकारी संस्थाहरु, स्थानिय क्लवहरु, आमा समूहहरु, विद्यालयहरु र स्थानिय जनताहरुद्वारा सफल बनाउन समर्थन तथा प्रतिवद्धता जाहेर गरिएकोमा यस संस्था हार्दिक आभार व्यक्त गर्दछ ।

२. ईडवन यूएसको आर्थिक सहयोगमा एड्वान्ले विकास गरेको पाँच वर्षिय प्रस्तावित अवधारणा पत्रलाई यस साधारण सभाद्वारा पारीत गर्दै सफल बनाउने प्रतिवद्धता जाहेर गर्दछ ।

३. नेपालमा दलित महिलाहरु, आदिबासी जनजाति, तेस्रो लिङ्गी, फरक क्षमता भएका व्यक्तिहरु तथा वालवालिकाहरुको सशक्तिकरण अभियानलाई निरन्तरता दिदैं उनीहरुको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक हक-अधिकारलाई सुनिश्चित गर्न यो साधारण सभा प्रतिवद्धता जाहेर गर्दछ ।

४. दलित समुदाय र महिलाहरुमाथि हुने सवैप्रकारका हिंसाको पूर्ण अन्त्य गर्न तथा दोषी उपर कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायहरुसंग यस साधारण सभा जोडदार मांग गर्दछ ।

५. नेपालमा विद्यमान जातिय, लिड्डीय, वर्गिय भेदभावको अन्त्यकालागि नयां संविधानमा संबैधानिक व्यवस्था सुनिश्चित गर्न यो साधारण सभा जोडदार मांग गर्दछ ।

ADWAN Treasurer Pampha Pariyar. Photos: eEyeCam.com

एड्वानले बिगत १० बर्षको दौरान झन्डै ५ लाख अमेरिकि डलर अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरको अनुदान सङ्कल्न गरी नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला, बालबालिका र अन्य बिपन्न समुदाय उत्थानकालागि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ। गत बर्ष सन् २०१० मा संस्थाले ७७ हजार ५ सय ६२ अमेरिकि डलर अनुदान संकलन गरेको थियो जसमध्ये ५७ हजार ९८९ अमेरिकि डलर सिधै नेपालमा लगानी गरिएको थियो।

संस्थाको अनुदानद्वारा नेपालका ७ जिल्लाहरु गोर्खा, ईलाम, झापा, अर्घाखाँची, बाग्लुङ, मुगू र सर्लाही जिल्लाका २५ सयभन्दा बेशी गरीब दलित र गैर दलित महिलाहरु र ३ हजार बेशी बालबालिकाहरु लाभान्बित भएकाछन्।

-Kamal Babu Pariyar in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?