Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट दलित नेता डिबी परियार सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 20 February 2010 15:57

काठमाडौं- दलित नेता डिबी परियार डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपालमा दलित मुक्ति र लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको महत्वपूर्ण योगदानको कदर गर्दै परियारलाई डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका हुन् । उनी उपेक्षित उत्पीडित र दलितवर्ग उत्थान विकास समितिका उपाध्यक्ष छन् ।

भारतका प्रख्यात दलित नेता जगजीवन राम कला संस्कृति र साहित्य प्रतिष्ठानद्वारा गत बिहीवार भारतको नयाँदिल्लीमा आयोजित सार्कस्तरीय दलित सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष डा. एन. एस. खोवाले उनलाई शिल्ड मेडल र प्रमाणपत्रबाट सम्मानित गरेको जानकारी सो समितिले दिएको छ ।

सम्मेलनमा सार्कस्तरीय दलित एकता र दलित अधिकारका बारेमा व्यापक छलफल भएको थियो । चार दिनसम्म चलेको सो सम्मेलनपछि सम्मानित व्यक्तित्व परियारलगायत नेपालबाट दिल्ली पुगेको दलित अधिकारकर्मीको टोलीले भारतीय लोक सभाका अध्यक्ष मीरा कुमारसँग भेटवार्ता गरेकोपनि बताइएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?