Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलितलाई रक्षा बन्धनको धागा नबाध्दा जेल, दैलेखका ब्राम्हणहरुले कर्मकाण्ड नगर्ने घोषणा PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Geban Mijhar   
Wednesday, 22 April 2009 23:58
दैलेख- गत साउन ३२ गते रक्षा वन्धन चाडमा एक ब्राम्हणले दलितलाई रक्षा बन्धनको धागा नवाधेर विभेद गरेको भन्ने मुद्दामा जिल्ला अदालत दैलेखले ३ महिना कैद र १ हजार रुपैंयाँ नगद जरिवाना गरेको सर्न्दर्भलाई जोडेर पञ्चकोशी वैदिक सनातन धर्म सेवा समाज दैलेखले बुधवारदेखि सम्पूर्ण कर्मकाण्डको काम रोक्ने निर्णय गरेको छ ।
आजापूजा, विवाह, वर्तवन्ध, कृयाकर्म, आदि शुभ-अशुभ कार्यमा गरिने वैदिक कर्मकाण्डको काम बुधवारदेखि रोक्ने र कुनै ब्राम्हणले आफू खुशी कसैको विवाहर्-वर्तबन्ध लगायत शुभ-अशुभ कार्यममा कर्मकाण्ड गरेमा ब्राम्हणलाई कार्वाही गर्ने चेतावनी पञ्चकोशी वैदिक सनातन धर्म सेवा समाज दैलेखका अध्यक्ष माधवप्रसाद उपाध्याय र सचिव आत्मप्रसाद उपाध्यायद्वारा संयुक्त हस्ताक्षर गरी मंगलवार प्रकाशित प्रेस विज्ञप्तीमा जनाइएको छ ।
पञ्चकोशी वैदिक सनातन धर्म सेवा समाज दैलेखका अध्यक्ष माधवप्रसाद उपाध्यायको अध्यक्षतामा मंगलवार नै बसेको बैठकले बुधवारदेखि सम्पूर्ण वैदिक कर्मकाण्डको काम बन्द गर्ने निर्णय गरेपछि यो विज्ञप्ती प्रकाशित गरिएको हो ।
सदरमुकाम दैलेख बजारको गणेश मन्दिरमा भएको भेलामा ब्राम्हण र तागाधारीलाई मात्र प्रवेश दिइएको थियो ।
हिन्दूहरुको महान चाड रक्षा बन्धनको दिन जातका आधारमा विभेद गर्दै दलितलाई रक्षा वन्धनको धागा बाध्न इन्कार गर्ने दैलेखको रुम गाउँ विकास समिति वडा नं. ७ निवासी दीपक उपाध्यायलाई चैत ३० गते जिल्ला अदालतका जिल्ला न्यायाधीश ठाकूरप्रसाद शर्माको इजलासले ३ महिना कैद र १ हजार नगद जरिवाना गराएको थियो ।
हिन्दू भएर पनि आफूलाई जातका कारण पण्डित दीपक उपाध्यायले रक्षा बन्धन नबाँधेको भन्दै नारायण नगरपालिका-२ का जनकलाल सुनार र रुम गाविस-१ का नन्दबहादुर बिकले गत असोज १ गते जिल्ला अदालत दैलेखमा जातीय भेदभाव विरुद्धको मुद्दा दर्ता गराएका थिए ।
-Geban Mijhar in Surkhet

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?