Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

चुल्हो छोएको निहुमा हत्या भएको विरोधमा रुपन्देही बन्द PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Chandrakanta Khanal   
Friday, 23 December 2011 10:11

रुपन्देही- कालिकोट जुविथा ६ का मनविर सुनारको चुल्हो छोएको निहुमा हत्या भएको विरोधमा संयुक्त संघर्ष समिति रुपन्देहीले शुक्रबार रुपन्देही बन्द गरेका छन् ।

बन्दका कारण लामो तथा छोटो दुरीका सबारी साधान, कलकारखना, बिद्यालय सबै बन्द रहेका छन् । बन्दकाकारण यस क्षेत्रको जनजीबन ठप्प रहेको छ । बिद्यालय जाने बिद्यार्थीहरु सडकमा कि्रेकेट खेल मैदान बनाएका छन् ।

रुपन्देहीका विभिन्न दल निकटका जनबर्गिय संगठनहरुले संयुक्तरुपमा रुपन्देही बन्दको आह्वान गरेका हुन् । उनीहरुले मनविर सुनारलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति र दोषीलाई कडा कारवाहिको माग गर्दै बन्द आहवान गरेका हुन् ।

बुटवलमा प्रदर्शनी संचालन अवधिभर बन्द नगर्ने माउ पार्टिहरुले प्रतिबद्धता जनाएपनि सुनारको हत्यामा सरकार र दलहरु कसैले पनि वास्ता नगरेको भन्दै बन्द गरिएको दलित मुक्ति मोर्चाका पदम विश्वकर्माले बताउनुभयो । दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, उत्पीडित जातिय मुक्ति समाज, समता समाजसहितका विभिन्न जनबर्गिय संगठन र दलित अधिकारकर्मिहरुले संयुक्तरुपमा बन्द आह्वान गरेका हुन् ।

छुवाछुत्त मुक्त राष्ट्र घोषणा भईसकेको अवस्थामा चुल्हो छोएको निहुँमा हत्या हुदासम्म सरकारले यो घटनालाई गम्भिरताका साथमा नहेरेको मुक्ति समाजका नन्दलाल खड्काथोकीले बताउनुभयो । उहाले प्रशाशसनलाई दवाव दिनकोलागि बन्द आह्वान गरिएकाले एम्बुलेन्स, दुध बोक्ने गाडी, प्रेस लगायतका अत्यावश्यक सवारी साधनबाहेक अन्य यातायातका साधन संचालन रोकिएकाहुन्।

यसैविच, संघर्ष समितिले प्रदर्शनीकालागि बुटवल आएका वेला प्रधानमन्त्रि डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझेपनि प्रधानमन्त्रिले कुनै पनि जवाफ नदिएको भन्दै सरकारले यो घटनालाई वेवास्ता गरेको संघर्ष समितिले जनाएको छ । यस्तै, रुपन्देही बन्दको पुर्वसन्ध्यामा दलितहरुले विहिबार बुटवल र भैरहवामा मसाल जुलुश प्रदर्शन गरेका थिए ।

-Chandrakanta Khanal n Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?