Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलितलाई पेशागत आधारमा नभई थर र गोत्रका आधारमा नागरिकता प्रदान गर्न निर्देशन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 04 February 2010 13:03

काठमाडौं- 'दलित समुदायलाई पेशागत आधारमा नभई थर र गोत्रका आधारमा नागरिकता प्रदान गर्न  व्यवस्थापिका संसदको महिला, बालवालिका र समाज कल्याण समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ ।

सो समितिले बिहीबार गृह मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । नागरिकता गृह मन्त्रालय अन्तर्गतका जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयहरुले बितरण गर्दै आएका छन् ।

गृहमन्त्रालयले २०५२ सालमै दलित समुदायलाई थर र गोत्रको आधारमा नागरिकता प्रदान गर्न सबै जिल्ला प्रशासन कार्यलयहरुलाई निर्देशन दिएको थियो । निर्देशिका बनाएर नै यस्तो निर्देशन दिइएको गृह श्रोतले बतायो । तर केही जिल्लाहरुमा यो निर्देशिका लागु नगरिएको भेटिएपछि समितिले गृहमन्त्राललाई फेरि यस्तो निर्देशन दिएको हो ।

व्यवस्थापिका संसदको सो समितिले बुधबार यस्तो निर्देशन दिएपछि मन्त्रालयले ७५ वटै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी दलित समुदायलाई थर र गोत्रका आधारमा नागरिकता उपलव्ध गराउन निर्देशन दिएको गृह श्रोतले बतायो । श्रोतका अनुसार पहिले पेशाका आधारमा दिइएको नागरिकता सच्चाई थर र गोत्र लेख्नसमेत गृहले नागरिकता वितरण गर्ने मातहतका कार्यालयहरुलाई निर्देशन दिएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?