Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अमेरिकामा नेपालका दलित अगुवा सुभाश दर्नालको कार दुर्घटनामा असामयिक निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 15 August 2011 01:35

Exclusive: 2 photos: न्यू योर्क- समता फाउन्डेसनका कार्यकारी निर्देशक तथा जागरण मिडिया सेन्टरका संस्थापक अध्यक्ष सुभाश दर्नालको अमेरिकाको वासिङ्टन डिसीस्थित डलस इन्टर्नेशनल एयर्पोर्टदेखि १० माइल्स पर डलस एक्प्रेस हाइवेमा एक कार दुर्घटनामा दुखान्त निधन हुन पुगेको खबर प्राप्त भएको छ।


डलस एयर्पोर्ट पुलिसले युएस नेपाल अनलाइनलाई दिएको जानकारीअनुसार उक्त दुर्घटना सोमबार (आज) बिहान ७:३० बजे क्यालिफोर्नियाबाट डलस एयर्पोर्टमा ओर्ली बाहिर जाँदै गर्दा एपोर्ट सटल ट्याक्सी दुर्घटनामा पर्दा दर्नालको घटना स्थल मै निधन हुन पुगेको थियो। उक्त दुर्घटनापछि एयर्पोर्ट पुलिसले दर्नालको शबलाई वेष्ट भर्जिनियास्थित रेस्टोन अस्पतालमा पुर्याएको थियो। हाल उक्त अस्पतालमा उनको शब परिक्ष्यणकोलागि राखिएको छ।

यस अघी डलस एयर्पोर्ट पुलिसले वासिङ्टन डिसीस्थित नेपाल राजदूताबासलाई दर्नालको दुर्घटनामा मृत्‍यु भएको खबर गरेको थियो भने दूताबासले नेपाली कम्युनिटीलाई खबर गरेको थियो।

दर्नाल किन अमेरिका आएका थिए?

इम्पावर दलित वुमन अफ नेपाल (एड्वोन) बोस्टोन मासाचुसेट्सकि संस्थापक बिष्णु माया परियारकाअनुसार दर्नाल केही दिन मात्र नेपालबाट क्यालिफोर्नियास्थित स्टान्डफोर्ड विश्व बिद्यालयमा समर रिसर्च फेलोकोरुपमा अध्ययन गर्न अमेरिका आएका थिए।

परियारले आफुसंग स्व. दर्नालको फेसबुक मेसेजमा पछिल्लो पटक अगस्ट ११ मा उनले आफ्नो फोन नम्बर 650 924 5736 छोडेर कल गर्न भनेको तर आफुले फोनमा कुरा गर्न नपाउँदै दर्नालको असामयिक निधन भएकोमा आफू अत्यन्त स्तब्ध र दुखित हुन पुगेको कुरा युएस नेपाल अनलाइनलाई बताइन्।

Suvash Darnal. Photos courtesy: from his facebook profile

को हुन् सुभाश दर्नाल?

स्व दर्नालको जन्म पाल्पामा सन् १९८० को जुन ८ मा भएको थियो। उनकि श्रीमती सरिता परियार र २ बर्शिय छोरी छिन्।

उनी जागरण मिडिया सेन्टर र समता फाउन्डेसनका अलावा  Collective Campaign for Peace (COCAP) को पूर्व अध्यक्ष, एक्सन एड नेपालको कार्यकारी सदस्य र वासिङटन डिसीस्थित Advocacy Project को बोर्ड सदस्य थिए।

सन् २००८ मा न्यू योर्क आउँदा आफ्नी श्रीमती सरितासंग खिचेको फोटो जुन उनको फेसबुक प्रोफाइलमा छ, त्यहाँ उनले लेखेको यो भनाइबाट पनि स्व. दर्नाल दलितहरुका नेपालका अगुवा युबा मात्र होइन अन्तरराश्ट्रिय जगतमासमेत उनी स्थापित हुँदै गएका ब्यक्तिव थिए भन्ने देखिन्छ:

"Last week, i and my wife sarita went in New York,Where i gave a talk on Dalit rights in New School University, I was in Columbia University and NewYork University.We meet the Dalit people living in NY." December 23, 2008

स्व दर्नालको दुर्घटनाको अप्डेट जारी छ।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?