Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलित समुदायमा ब्याप्त गरिबी घटाउन आयमुलक सिप सिकाइने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Wednesday, 29 December 2010 17:29

काठमाडौं- उपेक्षित उत्पीडित र दलितवर्ग उत्थान विकास समितिले दलित समुदायमा रहेको ब्याप्त गरिबी घटाउन देशभरीका सबै जिल्लामा आयमुलक सिप सिकाउने भएको छ ।


उनीहरुलाई आयआर्जनको क्षेत्रमा सक्षम बनाउने मात्रै नभई उनीहरुको परम्परागत सीपको संरक्षण एवं आधुनिकीकरण गर्न विभिन्न कार्यक्रम संचालगन गर्न लागेको समितिका कार्यकारी निर्देशक कृष्णबहादुर विके रसाइलीले बताए ।

दलित समुदायलाई जडिवुटी उत्पादन, तरकारी खेती, सिलाइवुनाइ, फर्निचर, सवारी मर्मतलगायतका क्षेत्रमा अगाडि बढाउन सकिने निर्देशक रसाइलीको धारणा छ । यसकालागि रु. दुई करोड ९४ लाख विनियोजन गरीएको छ ।

रसाइलीकाअनुसार आर्थिक अभावका कारण उच्च शिक्षा प्राप्त गर्नबाट बन्चित दलित विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न सहयोग पुर्याउने उद्देश्यले रु ६२ लाखबराबरको उच्च शिक्षा छात्रवृत्ति सचालन गर्ने भएको छ भने सामाजिक चेतना अभिवृद्धिका कार्यक्रमअन्तर्गत रेडियो कार्यक्रम सचालनकालागि रु २८ लाख विनियोजन गरेको छ ।

विद्यालय जानबाट बन्चित एवं भर्ना भई अध्ययन गरिरहेका र बीचमै विविध कारणवश विद्यालय छाड्ने विभिन्न १३ जिल्लामा कक्षा १ देखि १० सम्म अध्ययनरत एक हजार ३०० बालबालिकालाई विद्यालय जान अभिपे्ररित गर्ने उद्देश्यले विद्यालय पोसाक, झोला, कपी, किताबलगायतका शैक्षिक सामग्री वितरणकालागि रु १३ लाख विनियोजन गरेको छ । दलित समुदाय लक्षित जति कार्यक्रम आएपनि जातीय एकाधिकारवादी चिन्तनले ग्रस्त समाजमा उनीहरुले अपेक्षाकृत उन्नती गर्न पाएका छैनन् ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?