Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रिय दलित आयोगद्वारा पनि सेना नै दोशी ठहर PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 08 April 2010 15:40

काठमाडौं- तीन जना दलित मारिएको सुर्खेत घटनामा नेपाली सेना दोषी रहेको निष्कर्ष राष्ट्रिय दलित आयोगले पनि निकालेको छ ।

आयोगले घटनामा संलग्नलाई तत्काल न्यायिक कठघरामा उभ्याई कारबाही गर्न सरकारसँग मागसमेत गरेको छ । गत फागुन २६ गते सुर्खेतमा सेनाले काउलो टिप्न गएका दलित महिलाहरुलाई हत्या गरी उनीहरु बन्य जन्तु शिकारी भएको प्रचार गरेको थियो ।

राजधानीमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरी आयोगले घटनास्थलको अध्ययन शवको पोष्टमार्टम रिपोर्ट र घटनाको प्रकृति हेर्दा सेना दोषी पाइएको भन्दै तत्काल कार्वाही गर्न सरकारलाई आग्रह गरेको हो ।

आयोगले मृतकका परिवारलाई १०-१० लाख रुपैयाँ क्षतिपूर्ति दिन, मृतक महिलाहरुको नावालकहरुलाई भरणपोषण गर्न र घटनाबारे सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न पनि माग गरेको छ ।

मृतकहरुको पारिवारिक पृष्ठभुमि हेर्दा उनीहरु चोरी शिकारी नभएको बताउँदै आयोगले सेनाले निहत्थामाथि गोली चलाएको दावी गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै आयोगका अध्यक्ष बिजुल बिश्वकर्माले नेपाली सेना अझैपनि लोकतान्त्रिक बन्न नसकेको भन्दै घटनाका दोषीलाई तत्काल निलम्वन गरी कारबाहीको माग गरेका थिए । विश्वकर्माले आयोगको आग्रहलाई बेवास्ता गरिए सदन र सडकदेखि आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोग र व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाज कल्याण समितिले पनि बर्दिया घटनामा सेना दोषी रहेको निष्कर्षसहित कारबाही गर्न सरकारलाई सिफारिस गरिसकेका छन् । तर सरकारले भने यी मागको सुनुवाई गरेको छैन ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?