Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलितहरुको प्राकृतिक स्रोत साधानमाथिको अधिकार स्थापित गर्न सम्मेलनको आयोजना गरिने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Wednesday, 11 May 2011 17:23

काठमाडौँ- नेपालमा रहेका दलित समुदायको प्राकृतिक स्रोत साधानमाथिको अधिकार स्थापित गर्न राजधानीमा राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

समावेशिकताको मुद्दा स्थापित भए पनि दलित अधिकार स्थापित हुन नसकेको बताउँदै दलितका मुद्दालाई एकीकृत गरी दवाव सृजना गर्न आगामि जेठ ९ गतेदेखि तीन दिनसम्म प्राकृतिक श्रोतकालागि दलित अधिकार मन्च (डानार) नेपालले सम्मेलनको आयोजना गर्न लागेको हो ।

सम्मेलनमा समुदायमा आधारित बन र दलितको सवाल विषयमा छलफल हुने आयोजक संस्थाका अध्यक्ष सुनिलकुमार परियारले बताएका छन् । सम्मेलनमा एक सयजना बनमा आश्रीत समुदाय सभासदहरु, नीति निर्माणकर्ताहरु, प्राकृतिक श्रोत राष्ट्रिय परिसंघ, दातृनिकायका प्रतिनिधि आदिको सहभागिता रहने जनाइएको छ ।

उता, मुलुकको सबैभन्दा पिछडिएको क्षेत्रको रुपमा लिईने कर्णाली क्षेत्रको दीगो विकासकालागि युवा परिचालनको रणनीति बनाउन आगामी जेठ २० र २१ गते कर्नाली युवा सम्मेलन आयोजना हुने भएको छ । मुगु जिल्लाको रारा ताल क्षेत्रमा हुने सम्मेलन राष्ट्रिय युवा संस्था महासंघले आयोजना गर्न लागेको हो ।

सम्मेलनमा कर्नालीको विकासकालागि पर्यटक र युवा, दीगो शान्ति स्थापनामा युवाको भूमिका, कर्नालीका स्रोत साधन र उपयोगितामा युवा, कर्नालीको एकीकृत विकासको परिकल्पना र युवा, राष्ट्रिय युवा नीति २०६६ र कर्नालीका युवा र कर्नाली अपाङ्गगता भएका युवा र तिनीहरुको नीति निर्माणमा पहुँच लगायतका विषयमा छलफल हुने बताइएको छ ।

-Sitaram Baral in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?