Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलितहरु दसैंमा सिनो खाने नखानेबारे बिबादमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Geban Mijhar   
Friday, 18 September 2009 23:44
बैतडी- जिल्लास्थित मन्दिरहरूमा दशैंको अवसरमा दिइने बलिको विषयमा हुँदै आएको जातीय विवाद रोक्ने विषयमा राष्ट्रसंघीय उच्चायुक्तको धनगढीस्थित क्षेत्रीय कार्यालय र नेपाल राष्ट्रिय दलित कल्याण संघ जिल्ला शाखा बैतडीले ०६६ भदौ ३० गते छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

दशैंको अवसरमा परापूर्वकालदेखि यस जिल्लाका महत्वपूर्ण शक्तिपीठ निंगलासैनी भगवती मन्दिर देहिमाण्डौं र उदयदेऊ मन्दिर पाटनमा मुख्यरुपमा सयौ संख्यामा खसी, बोका र राँगाको बलि चढाइन्छ । त्यसमध्ये बोका र खसी जसले भाकल गरी चढाएको हो उसैले व्यवस्थापन गर्ने र राँगाचाँहि दलित समुदायले प्रसादको रुपमा ग्रहण गरी खानुपर्ने परम्परा रहेको छ ।

दुई वर्षयता दलित समुदायका केही व्यक्तिले त्यसलाई सिनो भनी प्रसादको रुपमा नखाने भनी बहिष्कार गरेपछि कथित दलित र गैरदलित समुदायबीच विवाद उत्पन्न हुँदा देहिमाण्डौंमा कुटपिट र सोही कारणले विस्थापनका घटनासमेत भएका थिए भने उदयदेऊ मन्दिर रहेको उदयदेव गाविसमा १० जना दलित समुदायका पसलमा अन्य समुदायले लुटपाट गरी लाखौको सामान नष्ट गरेका थिए ।

यस वर्ष दशैंमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन जिल्ला प्रशासनले कडा सुरक्षा व्यवस्था गर्दै मन्दिरमा जसले भाकल गरी राँगाको बलि चढाउँछ, उसैले त्यसको व्यवस्थापन गर्ने निर्णय ०६६ भदौ २७ गते जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको सर्वपक्षीय बैठकले निर्णय गरी सम्बन्धित मन्दिर व्यवस्थापन समितिलाई परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी केशवराज धिमिरेले बताए । सोही अवधिमा कसैले कसैमाथि जबरजस्ती गर्न नपाइने र त्यस समयमा हुने हरेक घटनाको स्थलगत अध्ययन गर्ने तयारी इन्सेकको सहयोगमा हुसेक बैतडीले गरेको छ ।

जिल्लास्थित विभिन्न दलित अधिकारकर्मी संघसंस्थाले मन्दिरमा बलि चढाएका राँगाको मासुलाई सिनो घोषणा गर्न र त्यसलाई प्रसादको रुपमा खाने दलितमाथि कारबाही गर्ने मागसमेत राखेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSW0) का जिल्ला अध्यक्ष मानध्वज नेपालीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी गंगाधर पौडेलले मन्दिरमा बलि चढाएका राँगाको मासुलाई सिनो घोषणा गर्ने विषयमा बृहत राजनीतिक छलफल गरेपछि मात्रै निस्केको निष्कर्षका आधारमा मात्र भन्न सकिने बताए।
 
-Geban Mijhar in Surkhet 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?