Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राजिखुशी बिहेगरेपनि नाबालिका भन्दै दलित दुलाहा प्रहरी हिरासतमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kamal Babu Pariyar   
Tuesday, 29 November 2011 00:34

खोटाङ- राजीखुसी बिहे गरेका खोटाङका एक दलित युवालाई प्रहरीले हिरासतमा राखेको छ ।
आफ्ना नाबालिका छोरीलाई फकाएर बिहेको नाटक गरी बलात्कार गरेको भन्दै केटीको आफन्तले केटाविरुद्ध प्रहरीमा मुद्दा दर्ता गराएपछि ती युवा अहिले प्रहरी हिरासतमा छन् । खोटाङ मात्तिम–३ की १३ वर्षीया अनिता खड्कालाई सोही गाविस–९, बस्ने १८ वर्षीय ओमराज परियारले फकाएर भगाएको आरोपसहित केटीका बाबु तुलबहादुर खड्का, दाजु बाबुराम खड्का र छिमेकी मनमाया भुजेलले केटाविरुद्ध प्रहरीमा बलात्कारको आरोपमा मुद्दा दर्ता गराएका हुन् ।

तर, यता तीन वर्षदेखिको प्रेम सम्बन्धपछि, गत कात्तिक १६ गते दुवैजनाले बिहे गरेका थिए । पछि सोही विषयमा समाजको रोहवरमा इलाका प्रहरी कार्यालय मात्तिममा छलफल गरी समाजले केटीलाई केटाकै घरमा बस्न भनेको भए पनि केटीका आफन्तले प्रहरीलाई घुस दिएर मुद्दा दर्ता गराएको आरोप केटा पक्षले लगाएको छ । केटाका दाजु अनिल परियारले केटीलाई भगाएर केटालाई प्रहरीमा जिम्मा लगाइएको बताए । केटा र केटी राजीखुसी भई बिहे गर्दा पनि आफ्नो भाइ प्रहरी हिरासतमा रहेको बताउँदै अनिलले नेपाल राष्ट्रिय दलित वर्ग उत्थान जिल्ला समन्वय समिति खोटाङमा निवेदन दिएका छन् ।



यता खोटाङका प्रहरी नायब उपरीक्षक वसन्तकुमार थापाले केटा र केटी सहमति गरेर कम उमेरमा विवाह गरेको गाउँ समाजमा थुप्रै घटना हुने भए पनि यस्तो कार्यविरुद्ध कसैले उजुरी दिएमा कानुनी कारबाही हुने बताए । सोह्र वर्षभन्दा कम उमेरमा भएको यस्तो कार्य बलात्कार नै भएको पुष्टि हुने बताउँदै प्रनाउ थापाले गल्ती गर्नेलाई कानुनतः ६ देखि १० वर्षसम्म जेल सजाय हुने व्यवस्था भएको बताए ।

-Kamal Babu Pariyar in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?