Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलित अधिकार सुनिश्चतताकालागि सुझाव संकलन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Thursday, 03 September 2009 00:30
रुपन्देही - नया संविधानमा दलित अधिकार सुनिश्चतताकालागि रुपन्देहीको १० स्थानमा सुझावहरु संकलन गदै आज बुटवलमा सम्पन्न भएको छ ।
नागरिक समाजका तर्फबाट संकलन गरिएका सुझावहरु सहितको कार्यपत्र जागरण मिडिया सेन्टरका उमा पौडेलले प्रस्तुत गर्नु भएको थियो । कार्यपत्रमा नया बन्ने संविधानमा जातीय विभेद र छुवाछुत अन्त्य, मौलिक हक तथा अधिकार सुनिश्चितता, शैक्षिक अधिकार सुनिश्चितता, आर्थिक पछौटेपन र भुमिहिनता अन्त्य, स्वास्थ्य अधिकार, महिला अधिकार सुनिश्चितता, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, न्याय प्रणाली, संवैधानिक निकाय, प्राकृतिक श्रोतमा पहुच र अधिकार, राज्य पुनःसंरचना र संघीय शासन ब्यवस्था, संस्कृति, सम्पदा र परम्परा लगायतका मुद्वाहरु समोवश गर्न माग गरिएको छ ।
सुझावहरु रुपन्देहीको दुई नगरपालिका र ८ गाविसमा संकलन गरिएको थियो ।
एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्माले अव बन्ने संविधानमा दलितहरुलाई समानुपातिक क्षतिपुर्ती सहितको सहभागिता हरेक क्षेत्रमा गरिनु पर्ने बताउनुभएको छ ।
जागरण मिडिया सेन्टरले बुटवलमा आयोजना गरेको जिल्ला स्तरीय नागरिक संवाद कार्यक्रममा बोल्दै उहाले राज्यले हालसम्म दलितहरुको अधिकार शोषण गरेकाले उनीहरु पछाडी परेको धारणा राख्दै अव बन्ने संविधानमा सम्बोधन गरी प्रभावकारी कार्यान्वयनको सुनिश्चतता हुनुपर्ने बताउनुभयो । विश्वासको वातावरण बनाएर दलित आन्दोलनलाई निष्कर्षमा पुर्याएमा मात्र दलितहरु हरेक क्षेत्रमा अगाडी आउने भनाइ पोलिटब्युरो सदस्य बिकको रहेको थियो ।
जागरण मिडिया सेन्टरका महासचिव दिपक परियारको सभापतित्वमा भएको कार्यक्रममा एमाले रुपन्देही अध्यक्ष लिला गिरीले अवको संविधानमा दलित, महिला, पिछडीएका जनजातिका अधिकारहरुलाई प्राथमिकताका साथ समावेश गरिनुपर्ने बताउनुभयो ।
त्यस्तै, नेपाली कांग्रेसका रामबहादुर कार्कीले पुरानो संस्कारलाई अभियान संचालन गरेर परिवर्तन गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा राष्टीय जनमोर्चाका बद्रे आलम, माओवादीका रवी नेपाल, राष्ट्रिय दलित मुक्ति मोर्चाका ज्योतीलाल विश्वकर्मा, जिविस रुपन्देहीका सामाजिक अधिकृत दुर्गा श्रेष्ठ, आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष होमबहादुर गलामी मगरलगायतले बोल्दै दलित भित्र पनि पछाडी पारिएका वास्तविक दलितहरुलाई प्राथमिकताका साथ अगाडी बढाउनु पर्ने बताएका थिए ।
-Chandrakanta Khanal in Butwal

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?