Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बोस्टोनमा नेपाली दलित महिला र बालबालिकाकोलागि सहयोग उत्सब सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Saturday, 23 October 2010 08:43

Special: 19 photos, 2 videos & 1 audio: बोस्टोन- नेपालका दलित र निमुखा महिला र बालबालिकाहरुका निम्ती डेढ करोडभन्दाबेशी रुपैयाँ लगानी गर्न सफल संस्था Empower Dalit Women of Nepal (EDWON) को अमेरिकि राज्य मासाचुसेट्सको बोस्टोन शहरमा पहिलो सफल सार्वजनिक सहयोग उत्सब (Fundraising Festival) को आयोजना गरियो।



Empower Dalit Women of Nepal (EDWON) first Fundraising Festival held in Boston, MA, USA on October 22, 2010. Photos: eEyeCam.com

शुक्रबार बेलुकी ७ देखी १० बजे सम्पन्न उक्त कार्यक्रममा झन्डै २०० सय अमेरिकि र नेपालीहरुको सहभागिता रहेको थियो।

उक्त संस्थाको संस्थापक बिष्णुमाया परियार हुन् भने प्रेसिडेन्ट अमेरिकि नागरिक इभा क्यासेल हुन्।


EDWON Founder Bishnu Maya Pariyar. Photos: eEyeCam.com

कार्यक्रमको शुरुमा संस्थाकी स्कलर्शिप कोअर्डिनेटर जोन गोल्डम्यान स्वागत मन्तब्य ब्यक्त गर्दै उत्सबबारे प्रकाश पार्नु भयो भने संस्थापक परियारले आफ्नो जातीय उत्पिडानको अनुभब बताउँदै EDWON को काम र उद्देश्यकाबारे मन्तब्य ब्यक्त गर्नु भएको थियो।


EDWON Board Members: Joan Goldman, Bishnu Maya Pariyar, Eva Kassell, Ute Molitor, Amy Breiting, Gerry Frank & Chrisann Newransky. Photos: eEyeCam.com

उक्त कार्यक्रमको मन्तब्य सम्बन्धी भिडियो रेकर्ड हेर्नुहोस्:



त्यसैगरी, EDWON को बोर्ड सदस्य गेरी फ्रयाङ्कले EDWON क्रो माइक्रो फाइनान्सकाबारे जानकारी गराएका थिए भने EDWON Ambitious Girls Fund बारे बोर्ड सदस्य पास्टर उटे मोलिटर र समापन मन्तब्य बोर्ड कि स्कलर्शिप कार्यक्रम संयोजक जोन गोल्ड म्यान र जेस रोड्रिगेजले ब्यक्त गर्नु भएको थियो।


Joan Goldman, EDWON Sponsorship Coordinator & emcee. Photos: eEyeCam.com

कार्यक्रममा ग्रेटर बोस्टन नेपालीज कम्युनिटीका अध्यक्ष ध्रुब घिमिरे, डा. शिव गौतम, प्रह्लाद केसिलगायतका अतिथीहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो।


Greater Boston Nepalese Community's newly elected President Dhruba Ghimire. Photos: eEyeCam.com

कार्यक्रममा बिभिन्न नेपाली ह्यान्डी क्राफ्ट्सहरुको बिक्री र नेपाली खाना खुवाइएको थियो भने रमाइलो साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। न्यू योर्ककि चर्चित गायिका पबिता बाग्चन्द परियार र न्यू योर्क कै प्रतिभाशाली न्रित्याङ्गना बालिका सालीना श्रेष्ठको बिशेष प्रस्तुती रहेको उक्त साँझमा बोस्टोन शहरका नेपाली कलाकारहरु देबी थापा ओली, ओसिन घिमिरे, सन्ध्या धिताल, सन्जु धिताल र अनिशा कप्रीले बिबिध नेपाली न्रित्य प्रस्तुत गरेका थिए।


Singer Pabita Bagchand Pariyar from New York. Photos: eEyeCam.com


Dancer & model Shalina Shrestha, 8-year-old, from New York. Photos: eEyeCam.com

उक्त कार्यक्रमको साँस्कृतिक कार्यक्रम सम्बन्धी भिडियो रेकर्ड हेर्नुहोस्:



EDWON को सहयोग उत्सब (Fundraising Festival) अमेरिका, क्यानाडा र बेलायतका ९ वटा नेपाली अनलाइन न्यूज पोर्टल्सहरुद्वारा EDWON को बिशेष अनुरोधमा प्रतक्ष प्रसारण गर्ने प्रयास गरिएको थियो। तर कार्यक्रम स्थलमा वायरलेस इन्टरनेट अत्यन्त न्युन रहेको कारण प्रसारण शुचारु हुन सकेन। यस घटनाले प्रतक्ष प्रसारण गर्नु अघी कार्यक्रम स्थलमा इन्टर्नेटको पहुच रहे नरहेको अग्रिम जानकारी लिनु पर्ने शिक्षा मिलेको छछ। उक्त प्राबिधिक ट्रुटिका कारण पाठक बर्गमा पर्न गएको असुबिधाकोलागि हामी क्षेमा प्रार्थी छौं।

उक्त कार्यक्रम अबधिभरको अडियो रेकर्ड सुन्नुहोस्:



उक्त सहयोग उत्सबका मिडिया पार्टनरहरु हुन्:

1. www.usnepalonline.com
2. www.bostonnepal.com
3. www.presschautari.com
4. www.torontonepal.com
5. www.nepalmediacafe.com
6. www.hamrosamaj.net
7. www.nepalisamachar.com
8. www.sahityaghar.com
9. www.nepalicount.com

उक्त प्रतक्ष प्रसारणमा पंक्तिकारलाई युएस नेपाल अनलाइनका बिशेष सहयोगी प्रतिनिधि यम अधिकारीले साथ दिनुभएको थियो।


Devi Thapa Oli. Photos: eEyeCam.com

EDWON को अनुदान र त्यसका लाभकर्ता को हुन्?

सन् २००६ यता मात्र EDWON ले २ लाख २९ हजार २४९ अमेरिकि डलर (एक करोड ६२ लाख रुपैयाँ) अनुदान संकलन गर्न सफल भएको छ भने त्यसको प्रतक्ष लाभ उठाउन सफल भएका छन्- गोर्खा, ईलाम, झापा, अर्घाखाँची, बाग्लुङ, मुगू र सर्लाही जिल्लाका २५ सयभन्दा बेशी गरीब दलित र गैर दलित महिलाहरु र ३ हजार बेशी बालबालिकाहरु ।

EDWON महिलाहरुलाई माइक्रो फाइनान्स पद्दतीद्वारा आर्थिक सशक्तिकरणतर्फ उन्मुख हुन मद्दत गर्छ भने बालबालिकाकोलागि निशुल्क शिक्षाको र सहुलियत प्रदान गर्दछ।



EDWON को यो लगानी नेपालमा २० बर्षको कलिलो उमेर छँदा संस्थापक बिष्णुमाया परियारले सन् १९९६ मा स्थापना गरेको दलित महिला उत्थान संघमार्फत गरिन्छ।

EDWON संस्थापक परियार र उनको कामबारे युएस नेपाल अनलाइनले सहयोग उत्सबको पूर्वसन्ध्यामा बिशेष फिचर समाचार प्रकाशन गरेको थियो। पढ्नुहोस् उक्त समाचार:

-अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !

-Awards, Media coverage about EDWON & Bishnu Maya Pariyar's works | All Pages

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098.

This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 


Read our exclusive reporting on:

संघीयता || राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Read most popular feature stories by Pradeep Thapa:

-न्यू योर्कमा श्रीमानबाट कुटिदै र लुटिदै नयाँ जीवनको खोजीमाछिन् एक नेपाली नारी

-न्यू योर्कबाट बाँच्ने आशा लिएर धनमाया नेपाल फर्किन्

-"न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई"

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

-न्यू योर्कबाट नेपाली सरदारजिको सलाम !

-Manose Treats New Yorkers to Sounds of Nepalese Mountain Music

 



Osin Ghimire. Photos: eEyeCam.com



Sandhya Dhital & Sanju Dhital. Photos: eEyeCam.com


Dr. Shiva Gautam. Photos: eEyeCam.com



Jerry Frank.



Prahlad KC. Photos: eEyeCam.com



Ute Molitor.



EDWON President Eva Kasell with the artists. Photos: eEyeCam.com





EDWON Founder Bishnu Maya Pariyar with the guests. Photos: eEyeCam.com




Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?