Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आधुनिक संचार माध्यमको कारण गन्धर्बहरु बैकल्पिक पेशाको खोजीमा PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Saturday, 07 January 2012 16:40

रुपन्देही- देशका शहर र गाउँमा भएका घटनाक्रमलाई गीतको माध्यमबाट सुन्नेको मन छुने गरि र्‍याईं र्‍याईं सारगी रेट्दै घरघरमा डुलेर सुचना दिने गन्धर्बहरु आधुनिक संचार माध्यमको कारण बैकल्पिक पेशाको खोजीमा लाग्न वाध्य भएकाछन्।

पछिल्लो पटक विकासकोक्रमसंगै उनिहरुले गाउने गीत, सुचना रेडियो, टेलिभिजन र पत्रपत्रिकाममाआउन थालेपछि उनीहरुको पुख्र्यौली पेशा धरापमा परेको हो ।

जिल्लाका अर्घा सिद्धारालगाएतका स्थानमा बस्दै आएका गन्धर्व जातिहरुको पेशा लोप हुन लागेको हो ।

अर्घाखाँचीको अर्घा गाविसमा रहेका झण्डै २५ घर परिबार मध्ये दुईचार जना मात्र अहिले गाईने पेशामा छन् । अरु कोही रोजगारीको सिलसिलामा बिदेश पुगेका छन् त कोही मजदुरीमा । गन्धर्बहरु अहिले गीत पनि देशको शान्ति प्रकृया सम्बन्धि गाउन थालेका छन् । देशमा शान्ति नआएको र संबिधान निर्माण नभएको कुरा अनि गाउँमा विकास नभएको कुरा गीत मार्फत उनीहरु गाउने गर्छन् । समय र परिस्थितिसंगै गन्धर्बहरुको गीत पनि फेरिएको हो ।

परापुर्वकालदेखि गर्दै आएको पेशा सकंटमा परेपछि मजदुरी र रोजगारकालागि विदेश जानेको संख्यासमेत बढ्न थालेको छ । उनिहरुले गीत गाए वापत अरुले दिने अन्न, घयु, तरकारी र पैसाले जीवन निर्वाह गर्दै आएका थिए । पेशा विगत ६/७ वर्षदेखि नै हराउदै गएको छ तर सारगी बनाउन छाडेका छैनन् । उनीहरुले आफनो सस्कृती जोगाउनकालागि केही भद्र मान्छे र पर्यटकलाई उपहार स्वरुप सारगी पठाईदिने गरेको गन्धर्बहरु बताउन्छन् ।

अझैपनि कुनै कुनै विशिष्ट समारोहमा सारगीको माग हुने गरेको बताउदै 'हाम्रो लोकपि्रयता कहिल्यै हराउँदैन' अर्घाका बेगमान गन्र्धवले भने 'पेशा लोप हुँदै गए पनि सस्कृतीकॊ रक्षा र हाम्रो ईतिहासलाई जोगाउन अभियान शुरु गर्नुपर्छ ।'

पहिला जस्तो घरघरमा गएर गीत गाउने प्रचलन हटेपनि सभा समारोहमा अझै महत्व रहेकाले इृतिहास र सस्कृती जोगान लागि परेको बेगमान गन्र्धवले जानाकारी दिए । 'केही वर्ष अघीसम्म घरमा रहेका लोग्ने मान्छेहरु सारगी रेटेर अन्न र पैसा संकलन गर्थे तर अहिले त्यो स्थीती छैन' रेमबहादुरले भने 'यसलाई प्रविधीको विकाससंगसगै ढालेर नजान्नेहरुलाई सिकाउदै सस्कृतीको जगेर्ना गर्न थालेको' । अर्घाका नीमबहादुर गन्धर्बले बताए- 'हाम्रो पुख्खौली पेशा लोप भयो परापुर्वकालदेखि नै हाम्रा बाजेबाबुले गदै आएको पेशा र सस्कृती संकटमा पर्न लागेको छ, त्यसलाई बचाई राख्नकोलागि सारगी युवा पुस्तालाई सिकाउन सबैको कर्तव्य भएको छ।'  

-Chandrakanta Khanal in Butwal

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?