Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

तीन जना दलित महिलाहरु मारिएपछि मानव अधिकार आयोगले सरकार र नेपाली सेनासँग जानकारी माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 12 March 2010 16:06

काठमाडौं- नेपाली सेनाको गोलीबाट विहीबार राति सुर्खेत-बर्दिया सीमानामा तीन जना दलित महिलाहरु मारिएपछि राष्ट्रिय मानव अधिकार आयोगले सरकार लगायत नेपाली सेनासँग स्पष्ट जानकारी माग गरेको छ ।



राष्ट्र संघीय उपमहासचिव नेपाल भ्रमणमा रहेका बेला भएको यो घटनाबाट अप्ठेरोमा परेको सरकार र सेना मानव अधिकार आयोगलेसमेत स्पष्टिकरण मागेपछि झन अप्ठेरोमा परेका छन् ।

आयोगले शुक्रबार प्रधानमन्त्री कार्यालय, नेपाली सेना र गृहमन्त्रालयसँग स्पष्ट पार्न माग गरेको हो । घटना सार्वजनिक भएलगत्तै आयोगले तीन वटै निकायलाई पत्राचार गरी जानकारी मागेको हो । घाँस-दाउराकालागि बर्दिया राष्ट्रिय निकुन्ज प्रवेश गरेका सुर्खेतका दलित महिलाहरुलाई नियन्त्रणमा लिई सेनाले हत्या गरेको थियो । सेनाबाट मारिएकामा बालिकासहित ३ महिला छन् ।

निकुन्जको सुरक्षामा रहेका सेनाको ज्वालादत्त गणका सेनाले गोली चलाउँदा १२ वर्षीया चन्द्रकला बिक, ३३ वर्षीया अमृता बिक र ३५ वर्षीया देवीसरा बिक छन् । उनीहरु बर्दियाको सीमावर्ती सुर्खेत हरिहरपुरका बासिन्दा थिए । नियन्त्रणमा लिएर उनीहरुको हत्या भएपछि सेनाले उनीहरु चोरी शिकारी रहेको र उनीहरुको साथबाट चार थान भरुवा बन्दुकपनि फेला पारेको दावी गरेको छ । तर स्थानीयबासीहरुले सेनाको दावी झुठ भएको बताएका छन् ।

जानकारी अनुसार, घटनाबारे समाचार सार्वजनिक भएपछि आयोगको नेपालगन्ज क्षेत्रीय कार्यालयले एक अनुसन्धान टोली घटनास्थलतर्फ  पठाएको छ । आयोगले घटना सम्बन्धमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम अबिलम्ब कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई आग्रहसमेत गरेको छ । मानवअधिकार हननकाकारण आलोचित बन्दै आएको सेना यो घटनाका कारण थप आलोचित भएको छ ।

-Sitaram Baral in Kathmandu

 

Comments

avatar ashbahadur
0
 
 
Khabardar, sabai dalit bagh hun . sayabarsadekhi annyaya khapdai
aayeka aba sahanewala chainna.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?