Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

राष्ट्रिय दलित आयोगद्वारा अन्तरजातीय बिहेको निहुमा हत्या गर्नेहरु उपर कार्यबाहीको माग PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by National Dalit Commission   
Saturday, 03 September 2011 01:04

काठमाडौं- "...अन्तरजातीय विवाह भएको विषयलाई लिएर मिति २०६८ साल भाद्र १३ गते वेलुका अंन्दाजी ९ बजेको समयमा स्थानीय कृष्णबहादुर खत्रीको नेतृत्वमा आएको हतियारधारी समुहले खुकुरी प्रहार गरी केटाको वावु सेते दमाईको हत्या गरिएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनाप्रति घोर भत्स्रना व्यक्त गर्दछौं ।"



मिति २०६८/०५/१५

प्रेश विज्ञप्ती

दैलेख जिल्ला टोली गा.वि.स. वार्ड नं. २ निवासी सन्ते दमाई र सोही गा.वि.स. निवासी राजकुमारी शाही वीच अन्तरजातीय विवाह भएको विषयलाई लिएर मिति २०६८ साल भाद्र १३ गते वेलुका अंन्दाजी ९ बजेको समयमा स्थानीय कृष्णबहादुर खत्रीको नेतृत्वमा आएको हतियारधारी समुहले खुकुरी प्रहार गरी केटाको वावु सेते दमाईको हत्या गरिएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी उक्त घटनाप्रति घोर भत्स्रना व्यक्त गर्दछौं ।



घटना विवरणअनुसार विवाहित जोडी घरमा भएको मौका पारि स्थानीय कृष्णबहादुर खत्रीको नेतृत्वमा करिव १५ देखि २० जनाको समहुले केटाको बावु सेते दमाईलाई खुकुरी प्रहार गरेको र उपचारको क्रममा सुर्खेत अस्पलातमा निजको मृत्यु भएको छ ।

तसर्थ उक्त घटनाको सम्वन्धमा स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गर्नको लागि आयोगको तर्फबाट सदस्य गोविन्द नेपालीको नेतृत्वमा अध्ययन टोली खटाईएको व्यहोरा जानकारी गराउदै निम्न विषयहरुमा नेपाल सरकारको ध्यानाकर्षण गराउदछौं ।

१. निष्पक्ष छानविनका लागि उच्च स्तरिय छानविन आयोग गठन गरियोस् ।
२. घटनामा संलग्न कृष्ण बहादुर खत्री समेतका सम्पूर्ण व्यक्तिहरुलाई यथाशिघ्र कानूनी कठघरामा ल्याई कानूनी कारवाही गरियोस् ।
३. मृतकको घरपारिवारको तत्काल जीवनको सुरक्षाको ग्यारेन्टीका साथै उचित क्षतिपूर्तीको व्यवस्था गरियोस् ।

जीवन परियार
सदस्य सचिव
राष्ट्रिय दलित आयोग
National Dalit Commission
Government of Nepal

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

avatar Ashok Pariyar
0
 
 
why you post his cast DAMAI i don't like this. please correction. you can write Pariyar and ohters. you know Bahun always wrote Bahun? they write ghimire, and ohter. so dalit member and communities please see....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?