Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपाल-भारत दलित मैत्री सङ्घको राष्ट्रिय दलित सम्मेलन काठमाडौंमा हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Saturday, 12 March 2011 21:06

काठमाडौं- नेपाल-भारत दलित मैत्री सङ्घको प्रथम राष्ट्रिय सम्मेलन तथा राष्ट्रिय दलित सम्मेलन फागुन २९ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ ।



सङ्घादरा फागुन २९ गते राजधानीमा आयोजित पत्रकारसम्मेलनमा दिइएको जानकारीअनुसार नेपाल तथा भारतका दलित नेता, दलित अधिकारकर्मी, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागिता रहने दुईदिने सम्मेलन दलित हक, अधिकारको विषयमा केन्द्रित हुने छ ।

नेपाल, भारतलगायत दक्षिण एसियामा रहेका करिब ३० करोड दलितमाथि भइरहेको जातीय भेदभाव अन्त्यका पक्षमा नेपालमा यस्तो सम्मेलन हुन लागेको हो ।

सङ्घका अध्यक्ष ओमप्रकाश भिके, नेकपा एमाले सभासद् रामप्रित पासवान, भारतीय पूर्व सांसद रामदास अठावले, भारतीय समाज विकास एकेडेमीका अध्यक्ष बाबाशाहेव जागडालेलगायतका वक्ताले दलितलाई शिक्षा र राजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउनुपर्ने र कर्मजीवी दलित समुदायमाथि हुने सबैखाले भेदभाव अन्त्यका पक्षमा आफूहरु होमिएको धारणा राखे ।

जातीय एकाधिकारवादीहरुकाकारण मानिसलाई मानिसको रुपमा व्यवहार नगरी तथाकथित दलितको संज्ञा दिइएको छ । दलित नेताहरुले अब पशुपति प्रवेशको आन्दोलनभन्दा सिँहदरबार प्रवेशको आन्दोलन गर्नुपर्ने विश्लेषकहरुको बताउँछन् ।

-Santa Bagam in Kathmandu

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?