Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

दलितहरुलाई प्रचन्डको आश्वासन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Monday, 25 January 2010 17:49

काठमाडौं- एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायका अधिकार र मागका विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल गरी सहमति जुटाउने प्रतिवद्धता जनाएका छन् ।

दलितका विभिन्न मागसहित ज्ञापनपत्र बुझाउन प्रचण्ड निवास नयाँबजारमा पुगेका सात दलित सङ्गठनको साझा संयन्त्रका प्रतिनिधिसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् ।

नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारको नेतृत्वमा माघ ११ गते दलित समुदायका माग लिएर त्यहाँ पुगेका थिए । ज्ञापनपत्रमा नयाँ बन्ने संविधानमा ऐतिहासिक क्षतिपूर्तिबाफत् समानुपातिक प्रतिनिधित्वमा १० प्रतिशत दलित अधिकार सुनिश्चित गर्नुपर्ने, वैज्ञानिक भूमिसुधार लागू गरी दलित सुकुम्बासीहरुलाई प्राथमिकताको आधारमा जग्गा वितरण गर्नुपर्ने, जातीय विभेदलाई राज्यले गम्भीर सामाजिक अपराधको रुपमा लिनुपर्ने, दलित आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका माग राखिएको छ ।

संयन्त्रमा आबद्ध नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, मुक्ति समाज, नेपाल दलित सङ्घ, जातीय समता समाज, उत्पीडित जाति उत्थान सङ्घ, एकीकृत नेपाल सद्भावना दलित सङ्घ र नेपाल राष्ट्रिय दलित केन्द्र आवद्ध छन् । सो ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाइसकिको र अन्य राजनीतिक दलका प्रतिनिधिलाई पनि बुझाउने कार्यक्रम रहेको नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तिलक परियारले जानकारी दिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?