Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

कतै चुलो छुँदा दलितको ज्यान गयो, कतै चुलो बनाउन दलितलाई निम्तो ! PDF Print E-mail
Share
User Rating: / 5
PoorBest 
Written by Kamal Babu Pariyar   
Friday, 23 December 2011 17:29

Exclusive: 4 photos: काठमाडौं- हालका प्रधानमन्त्री डा. बाबुराम भट्टराई अर्थमन्त्री छँदा नेपाल सरकारले जारी गरेको २०६५/६६ को ९० बुँदे निति तथा कार्यक्रमको ७६ औं बुँदामा "नेपाललाई 'छुवाछुतमुक्त मुलुक' कोरुपमा घोषणा गरी कार्यान्वयन गरिनेछ । दलित विरुद्धको सामाजिक भेदभाव र छुवाछुतलाई दण्डनीय कसुरको रुपमा परिभाषित गरी कडा कानूनी सजायको व्यवस्था गरिनेछ" भनेर उद्घोश गरिएको थियो तर त्यसयता ठीक उल्टो नेपालमा दलितलाई दोश्रो दर्जाको नागरिक बनाउने, सार्वजनिक स्थलमा बन्देज लगाउने र तथाकथित उपल्लो जातकालाई छुँदासम्म दुर्व्यबहार गर्ने र ज्यानै लिने अमानवीय कार्य रोकिएको छैन बरु बढ्दो छ।



कही चुलो छोएको निउँमा दलितको हत्या गरिन्छ,
कही चुलो बनाउन दलितलाई घरघरमा निम्तो गरिन्छ


उता कालिकोटमा चुरोट सल्काउन लाग्दा तथाकथित उपल्लो जातको चुलो छोएको आरोपमा मनबिरे सुनारको कुटपिटबाट ज्यान गएको छ भने यता गोर्खाको ताक्लुङमा धुँवारहित आधुनिक चुलो निशुल्क बनाइदिने घोषणा गरेकी गीता परियारलाई उपल्लो जातका महिलाहरुले आफ्नो घरमा प्रबेश गर्न दिएर चुलो बनाउन दिएकाछन्।

सरकारको ध्यान जतासुकै गएको भएपनि नेपाली माटोमा यि दुई बिरोधाभास घटना र परिबर्तन दलित समुदायभित्र घट्दो छ।

अँध्यारो पक्ष

मङ्सीर २७ गतेको कान्तिपुरमा छापिएको "चुलो छोएको आरोपमा कुटपिटले मृत्यु" शिर्षक समाचारअनुसार दिनभरी दाउर काटेर साँझ घरमा आएका थकित मनबिरे सुनार गाँउकै जसबहादुर शाहीको चिया पसलमा चुरोट किनी चिया पकाउने चुलोमा चुरोट सल्काउन लाग्दा पसल मालिक्नी बालकुमारी शाहिले तथाकथित शब्दहरु प्रयोग गरे पश्चात भएको दोहोरो भनाभनको क्रममा त्यही पसलमा मदिरा सेवनगरी मत्थ भएका माओवादिका ईलाका सदस्य मिमबहादुर शाही र अर्का दिपबहादुर शाहीले कुट्पिट गर्दा सोही गाउँका ३१ वर्षिय मनबिरे सुनारको ज्यान गएको छ । कुटपिटपछी मरणासन्न अवस्थाका मनबिरेलाई छिमेकिले बोकेर स्थानिय मेडिकलमा लागेका थिए तर उक्त मेडिकलले नसकी जिल्ला हस्पिटल रेफर गरेपछी हस्पिटल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । पोस्टमार्टम रिपोर्टअनुसार मनबिरेको आन्द्रामा धेरै क्षती पुगेको भनिएको छ ।

 

Manbire Sunar who was killed by the upper caste men. They accused him of touching the stove of a so-called upper caste woman in Kalikot, Nepal. Photo courtesy: Kantipur daily

आफ्नै पार्टीका उपल्लो जात भनाउँदा युबाहरुबाट एक निर्दोश दलितको म्रुत्यु हुँदा र आफ्नो पार्टीको सरकारले ३ बर्ष अघि गरेको नेपाललाई 'छुवाछुतमुक्त मुलुक' सम्बन्धी घोषणाको अबहेलना हुँदा प्रधानमन्त्री डा. भट्टराईको सरकार सम्बेदनशील हुन नसक्नु कम्ती बिडम्बना होइन त?

उज्यालो पक्ष

अर्कोतिर सरकारको मुख नताकी दलित समुदायले आफै गैरदलित समुदायसंग हातेमालो गर्दै चेतना र शसक्तिकरण अभियान छेड्ने हो भने साँचो अर्थमा छुवाछुतको अन्त हुन सक्दो रहेछ भन्ने द्रिटान्त गोर्खा जिल्लाको ताक्लुङ गाबिसमा देखिएको छुवाछुतरहित बातावरणले बिकास र सामाजिक परिबर्तनको ठुल्ठुलो कुरा गर्ने नेताहरुलाई बलियो जवाफ दिएको छ।

Gita Pariyar, a Dalit woman, making smoke-free stove in Taklung, Gorkha. Photo: eEyeCam.com

नेपाल दलित महिला उत्थान संघ 'एड्वान' (ADWAN) को गोर्खाको ताक्लुङ गाबिसमा "ताक्लुङ नमुना गाबिस परियोजना" अन्तर्गत सन्चालित धुंवारहित सुधारिएको चुलो निर्माण कार्यकी प्रमोटर गीता परियारले गैरदलितहरुको घरमा आधुनिक धुँवारहित सुधारिएको चुलो बनाइ धन्यवादकी पात्र बनेकिछिन्।

उनले गैर दलितले घर भित्र पसी चुलो बनाउन दिए नि:शुल्क चुलो बनाउने अभियान चलाएकिछिन् । गत २ महिना यता उनले २८ वटा चुलो बनाइ सकेकिछिन् । उक्त २८ मध्ये ६ चुलो गैर दलितको घरमा बनेको उनले जानकारी गराएकिछिन् । उनले पहिलो चुलो ब्राह्मण (हरी माया खनाल) को घरबाट सुरु गरेकी थिईन् भने टकनारायण श्रेष्ठ, कमलीमाया थापा मगर तथा अन्यको घरमा बनाई सकेकीछिन् साथै दर्जनौं गैरदलितको घरमा चुलो बनाउने लक्ष लिएकी गीताको भनाइअनुसार सयौं गैर दलितहरुले चुलो निर्माणकोलागि नाम दर्ता गराइ सकेका छन् ।

Harimaya Khanal, a brahmin woman who invited Gita to buid smoke-free stove at her house in Taklung. Photo: Kamalbabu

छुवाछुत अन्त्य गर्ने नमूना तरिका

गीता परियारलाई गैर दलितहरुले त्यत्तिकै आफ्नो घर भित्र छिर्न दिएका भने होइनन्। यो चेतना जाग्रित गराउन नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) र एड्वानको अमेरिकि बहिनी संस्था इम्पावोर दलित वुमन अफ नेपाल (Empower Dalit Women of Nepal-EDWON) को बिगत ११ बर्षदेखिको निरन्तर सामाजिक र आर्थिक अभियानको देन रहेको छ।

यि दुई संस्थाको सहयोगमा अहिले उक्त गाउँ नमूना गाउँ बन्ने तरखरमा छ। गाउँका सबै जातका महिला मिलेर सहकारी बैक खोलेकाछन्। कृषिमा आधुनिकिकरण गरेर खाध्यान्नमा आत्मनिर्भर मात्र होइन आर्थिक उपार्जन गर्दैछन्।

Empower Dalit Women of Nepal (EDWON) founder Bishnu Maya Pariyar speaking at the inaugural program of Taklung Model Village project in Taklung, Gorkha, Nepal on October 18, 2011. Photo: Khadgabir Thapa Magar

संस्थाकी संस्थापक तथा वर्तमान अध्यक्ष विष्णुमाया परियार हुन्। उनी EDWON अमेरिकाकि संस्थाकि पनि संस्थापक हुन्। उनले अमेरिकाको क्लार्क विश्व बिद्यालयबाट 'अन्तरराश्ट्रिय बिकास र सामाजिक परिबर्तन' बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन् भने नेपालमा गरेको प्रसंसनीय कार्यकालागि एक दर्जनभन्दाबेशी अन्तरराष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित हुन सफल भएकिछिन्।

एड्वोन अमेरिकाले बिगत ५ बर्षदेखी झन्डै आधा मिलियन (५ लाख) अमेरिकि डलर अर्थात ३ करोड ७५ लाख रुपैयाँ बराबरको अनुदान सङ्कलन गरी नेपालमा महिला शशक्तिकरण सम्बन्धी नेपालका दलित महिला, बालबालिका र अन्य बिपन्न समुदाय उत्थानकालागि बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आएको छ।

संस्थाको अनुदानद्वारा नेपालका ७ जिल्लाहरु गोर्खा, ईलाम, झापा, अर्घाखाँची, बाग्लुङ, मुगू र सर्लाही जिल्लाका २५ सयभन्दा बेशी गरीब दलित र गैरदलित महिलाहरु, ३ हजारबेशी बालबालिकाहरु र दशौं हजार जनता लाभान्बित भएकाछन्।

निस्कर्श

दलित समुदाय उपर हुने भेदभाव र छुवाछुतको अन्त्यकोलागि सरकारले गरेको घोषणाले मात्र कुनै परिबर्तन ल्याउन सक्दैन। गाउँमा दलित र गैरदलित समुदायबिच निरन्तर सामुहिक चेतनामुलक अभियान, आर्थिक र शैक्षिक अभिब्रिद्दी गर्न सकेमा मात्र समाजमा परिबर्तन आउन सक्छ।

-Kamalbabu Pariyar in Kathmandu

Read related news:

-चुल्हो छोएको निहुमा हत्या भएको विरोधमा रुपन्देही बन्द

-राज्य पुनस्रंरचना आयोगमा दलित प्रतिनिधित्व नभएकोमा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी

-अमेरिकि जनताको सहयोगमा गोर्खा जिल्लाको ताक्लुङ गाबिसलाई नमूना गाउँ बनाउने तयारी

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5821
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?